२८ पुष २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दाङ्ग - DNG

एमाले दाङ भित्र दुई धार, सच्चिन इन्चार्ज चौधरीको आग्रह

२७ पुष २०७२, सोमबार १७:२८

Dang UML

सन्तोषकुमार गुप्ता । पुस २७, दाङ । नेकपा एमाले दाङले जिल्ला सचिब सहितका कार्यकर्ताहरुलाई पार्टीको निर्णय विपरित नजान आग्रह गरेको छ । एमाले दाङले सोमबार पार्टी कार्यालय भरतपुरमा पत्रकार सम्मेलन गरि पुस २१, २२ र २३ गते बसेको जिल्ला कमिटिको बैठकले गरेका निर्णयलाई उल्ट्याएर गुटबन्दीको सृजना गरेको भन्दै सचिब सहितका कार्यकर्ताहरुलाई सच्चिन आग्रह गरेको हो ।

उक्त बैठकले गरेका प्रस्तावहरुलाई ध्वनीमतका साथ पास गरिएको भए पनि निर्णय लेख्दा सचिब हुकुमबहादुर बस्नेत सहित राप्ती अञ्चल इन्चाज खेममान खड्का लगाएतकाको सकृयतामा बैठकले गरेका निर्णय भन्दा फरक निर्णय लेखिएको भन्दै तत्काल सच्चिन एमाले दाङले आग्रह गरेको हो । बैठकले आगामी जेठ ६ गते जिल्ला अधिबेसन गर्ने र १८ जना जिल्ला सदस्यको नाम अनुमोदन गर्ने निर्णय गरेको थियो । तर सचिब पक्षका नेताहरुले भने उक्त प्रस्ताब बैठकबाट अस्विकृत भएको भनि गएको २४ गते पत्रकार सम्मेलन गरेर जानकारी दिएको थियो ।

निर्णय बाँझिएर आएपछि पार्टी भित्र दुई धार देखिएको छ । पत्रकार सम्मेलनमा बोल्दै बैकल्पीक केन्द्रिय सदस्य एवं जिल्ला इन्चार्ज मेटमणि चौधरीले पार्टीमा चरम लापर्वाही र गुट देखा परेको भन्दै पार्टीलाई अप्ठेरोमा पार्ने बिरुद्ध कडारुपमा प्रस्तुत हुने चेतावनी दिनु भयो । साथै उहाँले दाङको एमालेलाई बलियो बनाउने जिम्मा केन्द्रिय कमिटिले आफुलाई दिएको भन्दै राप्ती अञ्चल इन्चार्ज खेममान खड्का र सह इन्चार्ज गुलावजंग शाहलाई अनाबश्यक हस्तक्षेप नगर्न आग्रह समेत गर्नु भयो । त्यस्तै गरि पार्टी कार्यबहाक अध्यक्ष जोगबहादुर रानाले पार्टी भित्र चरम मनपरिको सृजना भएको भन्दै गलत बाटोमा नजान नेताहरुलाई आग्रह गर्नु भयो । माईन्यूट कार्यालयमा नभएको भन्दै उनले व्यक्तिको झोलामा रहने गतल कार्य भएको समेत बताउनु भयो । यसैबिच एमालले पार्टीको सदस्यमा मनोनित गरेका १८ जना सदस्य मध्य ११ जनाले सोमबार सपथ लिएका छन् । जिल्ला सदस्यमा मनोनित भएर सपथ लिनेहरुमा डिल्ली डाँगी, रामप्रसाद चौधरी, पदम केसी, तारा देबकोटा, मेघराज भुसाल, शुसिला बुढाथोकी, विष्णु केसी, कृष्णगोपाल गुप्ता, होमबहादुर बस्नेत, विजय बिक र तोरण केसी रहेका छन् । अन्य सदस्यहरु कुलबहादुर लामिछाने, केशब न्यौपाने, गेहेन्द्र बस्नेत, एमएन शाह, टंक बिक, बिकिरण गौतम र मानबहादुर बस्नेत भने उपस्थित भएनन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
महामन्त्री थापाद्वारा समसामयिक राजनीतिक प्रस्ताव पेस अमेरिकाले ग्रिनल्यान्डलाई ‘कुनै न कुनै तरिकाले’ लिनेछ : ट्रम्प इरान तनाव चर्किँदै, मृतक सङ्ख्या ५४४ पार्टीलाई विभाजन होइन, एकताबद्ध गरेर लैजान आवश्यक छ : नेता डा कोइराला कांग्रेस विशेष महाधिवेशन कार्यविधि पारित कांग्रेस विशेष महाधिवेशनको बन्दसत्र सुरु जिप दुर्घटना हुँदा तीनको मृत्यु कृत्रिम खुट्टाकै सहारामा सातै महादेशका शिखर आरोहण सुनचाँदीको मूल्य बढ्यो अल्पायुमै अस्ताए प्रशान्त… विशेष महाधिवेशन : आज बिहानैदेखि प्रतिनिधिको नाम दर्ता सुरु निर्वाचनका लागि कर्णालीमा नौ हजार सात सयभन्दा बढी ‘म्यादी’ प्रहरीको माग आयल निगम प्रतिस्पर्धी बन्नुपर्नेमा मन्त्री सिन्हाको जोड निर्वाचनमैत्री वातावरण बनाउनमा अध्यक्ष ओलीको जोड ‘बालेन-रवि सहयात्राले निर्वाचन सुनिश्चित भएको छ’ ग्रिनल्याण्डसँग अमेरिकाले ‘सजिलो’ वा ‘कडा’ तरिका प्रयोग गर्नेछ : राष्ट्रपति ट्रम्प कठिन परिस्थितिमा पनि प्रहरी सुरक्षामा प्रतिबद्ध छः प्रहरी महानिरीक्षक कार्की चार खानी मजदुरको निस्सासिएर मृत्यु एमालेको दोस्रो केन्द्रीय कमिटी बैठक सुरु निर्वाचन सुरक्षामा कुनै ‘कम्प्रोमाइज’ हुँदैन, ढुक्क भएर निर्वाचनमा भाग लिनुहोस्ः सशस्त्र प्रहरी प्रवक्ता थापा