२०८२, २३ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दाङ्ग - DNG

एमाले दाङ भित्र दुई धार, सच्चिन इन्चार्ज चौधरीको आग्रह

२०७२, २७ पुष सोमबार १७:२८

Dang UML

सन्तोषकुमार गुप्ता । पुस २७, दाङ । नेकपा एमाले दाङले जिल्ला सचिब सहितका कार्यकर्ताहरुलाई पार्टीको निर्णय विपरित नजान आग्रह गरेको छ । एमाले दाङले सोमबार पार्टी कार्यालय भरतपुरमा पत्रकार सम्मेलन गरि पुस २१, २२ र २३ गते बसेको जिल्ला कमिटिको बैठकले गरेका निर्णयलाई उल्ट्याएर गुटबन्दीको सृजना गरेको भन्दै सचिब सहितका कार्यकर्ताहरुलाई सच्चिन आग्रह गरेको हो ।

उक्त बैठकले गरेका प्रस्तावहरुलाई ध्वनीमतका साथ पास गरिएको भए पनि निर्णय लेख्दा सचिब हुकुमबहादुर बस्नेत सहित राप्ती अञ्चल इन्चाज खेममान खड्का लगाएतकाको सकृयतामा बैठकले गरेका निर्णय भन्दा फरक निर्णय लेखिएको भन्दै तत्काल सच्चिन एमाले दाङले आग्रह गरेको हो । बैठकले आगामी जेठ ६ गते जिल्ला अधिबेसन गर्ने र १८ जना जिल्ला सदस्यको नाम अनुमोदन गर्ने निर्णय गरेको थियो । तर सचिब पक्षका नेताहरुले भने उक्त प्रस्ताब बैठकबाट अस्विकृत भएको भनि गएको २४ गते पत्रकार सम्मेलन गरेर जानकारी दिएको थियो ।

निर्णय बाँझिएर आएपछि पार्टी भित्र दुई धार देखिएको छ । पत्रकार सम्मेलनमा बोल्दै बैकल्पीक केन्द्रिय सदस्य एवं जिल्ला इन्चार्ज मेटमणि चौधरीले पार्टीमा चरम लापर्वाही र गुट देखा परेको भन्दै पार्टीलाई अप्ठेरोमा पार्ने बिरुद्ध कडारुपमा प्रस्तुत हुने चेतावनी दिनु भयो । साथै उहाँले दाङको एमालेलाई बलियो बनाउने जिम्मा केन्द्रिय कमिटिले आफुलाई दिएको भन्दै राप्ती अञ्चल इन्चार्ज खेममान खड्का र सह इन्चार्ज गुलावजंग शाहलाई अनाबश्यक हस्तक्षेप नगर्न आग्रह समेत गर्नु भयो । त्यस्तै गरि पार्टी कार्यबहाक अध्यक्ष जोगबहादुर रानाले पार्टी भित्र चरम मनपरिको सृजना भएको भन्दै गलत बाटोमा नजान नेताहरुलाई आग्रह गर्नु भयो । माईन्यूट कार्यालयमा नभएको भन्दै उनले व्यक्तिको झोलामा रहने गतल कार्य भएको समेत बताउनु भयो । यसैबिच एमालले पार्टीको सदस्यमा मनोनित गरेका १८ जना सदस्य मध्य ११ जनाले सोमबार सपथ लिएका छन् । जिल्ला सदस्यमा मनोनित भएर सपथ लिनेहरुमा डिल्ली डाँगी, रामप्रसाद चौधरी, पदम केसी, तारा देबकोटा, मेघराज भुसाल, शुसिला बुढाथोकी, विष्णु केसी, कृष्णगोपाल गुप्ता, होमबहादुर बस्नेत, विजय बिक र तोरण केसी रहेका छन् । अन्य सदस्यहरु कुलबहादुर लामिछाने, केशब न्यौपाने, गेहेन्द्र बस्नेत, एमएन शाह, टंक बिक, बिकिरण गौतम र मानबहादुर बस्नेत भने उपस्थित भएनन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
श्रम स्वीकृति रोक्का र शुल्क कडाइको असर: वैदेशिक रोजगारको माग क्रमश खुम्चदै विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी