पुस ५, नवलपरासी । पूर्व–पश्चिम महेन्द्र राजमार्गअन्तर्गत नवलपरासीको चालिस किलो जगंलनजिक यात्रुवाहक बस दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ । दुर्घटनामा १० भन्दा बढी घाइते छन् ।
काँकडभिट्टाबाट बुटवलका लागि छुटेको ना ४ ख ७०४६ नम्बरको बस दुर्घटनामा एक जनाको मृत्यु भएको नवलपुर प्रहरीले जनाएको छ । प्रहरीका अनुसार, मंगलबार बिहान ८ बजे भएको दुर्घटनामा पुरुषको मृत्यु भए पनि सनाखत हुन सकेको छैन ।
दुर्घटनाका घाइतेहरुको विभिन्न अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । १ जनालाई भने चितवनको भरतपुर लगिएको छ ।
अनियन्त्रित भएर पल्टेको बस सडकबाट तल खसेको छ ।