2026-09-13 02:31 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

महोत्तरी - MHT

जलेश्वरका नगरवासी एक महीनादेखि खानेपानीबाट वञ्चित

पुस ५, गौशाला | महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वर नगरपालिकाका बासिन्दा विगत एक महीनादेखि खानेपानीबाट बञ्चित रहेका छन् । 

नेपाल खानेपानी संस्थान शाखा कार्यालय महोत्तरी जलेश्वरबाट खानेपानी धाराको लाइन लिएका जलेश्वर नगरपालिकाका एक हजार १८१ उपभोक्ता विगत एक महीनादेखि खानेपानी पाउन नसकेर हैरान छन् । 

जलेश्वर नगरपालिकाको साविक वडा १, २, ३, ४, ५, ६, ७ र १० मा खानेपानीको ग्राहक रहेकोमा ती कुनै पनि वडामा विगत एक महीनादेखि पानी नआएकाले र उपभोक्ता काकाकूल भएका छन् । 

ग्राहक खानेपानीको अभावमा टाढा टाढाबाट चापाकल, मोटर र बोरिङजस्ता स्रोतबाट पानी खान बाध्य रहेको जलेश्वर–२ का राजकिशोर साहले बताउनुभयो । करीब एक महीनादेखि खोपानीबाट पानी नपाउँदा पिउन, खाना पकाउन, नुहाउन, लत्ताकपडा धुनलगायतका कामकाजमा निक्कै समस्या भएको जलेश्वर–४ का राजु श्रेष्ठले बताउनुभयो । 

यस सन्दर्भमा नेपाल खानेपानी संस्थान जलेश्वरका प्रशासन प्रमुख अजयकुमार प्रसादले जलेश्वर नगरपालिकाको मुख्य बाटो भएरै शहरी विकास मन्त्रालयको कार्यक्रमअन्तर्गत एपेक्स जेभी रोशन कन्सट्रक्सनले ह्युम पाइप राखेर नाला निर्माण गर्न लागेको क्रममा खानेपानीको पाइप ठाउँठाउँमा तोडेकाको कारण खानेपानी कार्यालयले पानीको सप्लाइ रोक्नुपरेको र सोही कारण उपभोक्ता खानेपानीबाट वञ्चित हुनुपरेको बताउनुभयो । 

उहाँले खानेपानीको कुनै गल्ती कमजोरी नरहेको, खानेपानीमा पानी पर्याप्त मात्रामा जम्मा रहेको र खानेपानी कुनै पनि बेला पानी तयार रहेको बताउनुभयो । तर नाला निर्माणको लागि ह्युम पाइप राख्नको लागि स्काइभेटरले बाटो खन्दा ठाउँठाउँमा खानेपानीको छ इन्च र आठ इन्चका पाइपका साथै मुख्य पाइपसमेत तोडेको र अहिलेसम्म पनि तोड्ने क्रम जारी रहेकाले पानी सप्लाइ दिएपछि पूरै शहर नै जलमग्न हुने भएकाले पानीको सप्लाइ रोकेको बताउनुभयो । 

खानेपानी कार्यालयले जलेश्वर नगरपालिकाका प्रमुख रामशङ्कर मिश्र र महोत्तरीका प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकाललाई पनि खानेपानी उपभोक्ताको समस्याबारेमा जानकारी गराउँदा उहाँहरुले ठेकेदार कम्पनीले खानेपानीको पाइप फुटाएकै बखत मर्मतसम्भार गर्नुपर्ने र खानेपानी उपभोक्ताले निर्वाधरुपमा पानी खानुपर्ने बताउनुभयो, तर ठेकेदार कम्पनी आफ्नो कामप्रति मात्रै केन्द्रित भई खानेपानीको पाइप मर्मतमा खासै चासो नदेखाएको नगरवासीले गुनासो गरेका छन् । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मलेसियाको FWCMS भित्र छिरेका २५० म्यानपावरको पूर्वस्वीकृति रोक्का, छानबिन सुरु ब्रिक्स समूह कसैको विरुद्धमा छैन : मोदी विपद्को पूर्वतयारी र प्रभावकारी व्यवस्थापन नहुँदा ठूलो मानवीय क्षति भयो : कुलमान घिसिङ महाधिवेशनको तयारीका लागि देउवा समूहले खटायो ७७ जिल्लामा प्रतिनिधि संविधान रक्षाका लागि सबै परिवर्तनकारी शक्ति एक हुनैपर्छ: माधव नेपाल भोटेकोशी बाढीले बगाएको गरगहनासहित एक जना पक्राउ नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्दै यूएईलाई हराउँदै नेपाल एसिया कपमा कम्युनिस्ट पार्टीहरू एकीकरण र सुदृढीकरण गर्दै नयाँ कार्यदिशामा अघि बढ्नुपर्छ : झलनाथ खनाल भोटेकोशी बाढीले १२ बैंकका १७ शाखामा क्षति भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार ३८४ पुग्यो, ४ हजार ८९ अझै बेपत्ता युएईमा अलपत्र नेपालीको उद्धार गर्न मन्त्री महावीर पुनको आग्रह तीन दिनभित्र कृष्णभीर सडक खण्डमा यातायात सञ्चालन गर्ने तयारी धादिङको परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १३ अर्ब २३ करोड रुपैयाँ विज्ञ र विदेशी प्राविधिक समयमै परिचालन गरेको भए अझ धेरैको ज्यान बच्थ्यो : प्रचण्ड प्रधानमन्त्री शाहले राष्ट्रसङ्घीय महासभालाई असोज ८ गते सम्बोधन गर्ने अब विदेश भ्रमणको विवरण नागरिक एपबाटै प्राप्त गर्न सकिने चिलिमे टनेलमा उद्धार टोली प्रवेशको तयारी अर्थसचिवले राष्ट्र बैंकमा अनावश्यक हस्तक्षेप गर्ने भन्ने हुँदैन : अर्थमन्त्री वाग्ले