बागमारेवासीले चार वर्ष देखि एउटा ट्रान्फर्मर नपाउँदा अन्धकारमा बस्न बाध्य

Posted on: 12 Jan, 2016

सन्तोष कुमार गुप्ता । पुस २८, दाङ । चारवर्ष अघि विद्युत विस्तारका पोल गाड्ने र तार तान्ने काम पुरा भएपनि बाघमारेवासीले अझैं विजुली वत्ति वाल्न पाएका छैनन् । विधुत ट्रान्सफर्मर जडान नहुदा बाघमारे गाविस अन्तर्गत पर्ने गुन्डले,अमुवा र छोटेगाउँका बासिन्दाहरु चरवर्ष देखि विजुली वत्ति वाल्ने सपना साँचेरै वस्दै आएका छन् ।

चार वर्ष पहीले गाउँमा विधुत लाइन बिस्तार गर्नको लागि विधुतपोल संगै तार पनि जडान गरिएको थियो । तर चारवर्ष देखि छिट्टै ट्रान्सफर्मर आउने आशामा वसेका स्थानीय तीन गाउँका बासिन्दाहरुको उक्त आषा अहीले सम्मपनि आषामै सिमित हुन पुगेको छ । स्थानीय समाजसुधार युवा क्लबका अध्यक्ष नेत्रबहादुर बुढामगरले भने ‘अबको केही दिनमा ट्रान्सफर्मर जडान हुन्छ भन्ने आश्वासन पाएका थियौं । त्यसैले ६ महिना पहीले नै गाउँका २ सय ५० घरपरिवारले घरमा वायरिङ पनि गरिसकेका छन् तर, अझैं ट्रान्सफर्मर आएन । हामी झनै निराश भएका छौं ।’ उनका अनुसार मिटरबक्सको लागि स्थानीयले नेपाल बिधुत प्राधिकरण कार्यालय तुलसीपुरमा निबेदन दिए पनि हाल सम्म पनि मिटरबक्स समेत उपलब्ध गराइएको छैन । विद्युत कार्यालयले ट्रान्सफर्मर उपलब्ध नभएको वताउँदै मिटरवक्स पनि वितरण गरेको छैन ।

यस बारेमा नेपाल विधुत प्राधिकरण तुलसीपुरका कार्यालय प्रमुख टंकराज गिरीले टान्सफर्मरको लागि आवस्यक बजेट उपलब्ध नभएको तथा जारी नाकाबन्दीको कारणले समस्या भइरहेको बताएका छन् । तर उनले गत साउन महिनामा मिटरबक्सको मागगर्दै आबेदन दिएकाहरुलाई छिट्टै मिटरबक्स उपलब्ध गराउने आश्वासन दिएका छन् ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!