२०८२, २६ चैत्र बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खोटाङ्ग - KTG

नेवा देय् दबूको अध्यक्षमा सैंजु

२०७५, ६ पुष शुक्रबार ०३:५७

चिसाङ शेर्पा | पुष ६, खोटाङ | नेवा देय् दबू खोटाङको अध्यक्षमा नुरकाजी सैजु सर्वसम्मत चयन भएका छन् । नेवार समुदायको संस्कार सस्कृतीको जर्गेना र उत्थानमा काम गर्दै आएको नेवा देय् दबूको पहिलो जिल्ला कार्य समितिमा सैंजु चयन भएको हो ।

यसअघि नेवा देय् दबूको तदर्थ समिति रहेकाले जिल्लाभरीको नेवार समुदायको उपस्थिती र दबूका केन्द्रिय अध्यक्ष नरेश कुमार ताम्राकारको प्रमुख उपस्थितीमा बिहीबार दिक्तेलस्थित समिक्षालय हलमा भएको प्रथम जिल्ला अधिबेशनले सैंजुलाई अध्यक्ष बनाउदै १३ सदस्यीय नयाँ कार्य समिति गठन गरेको नेवा देय् दबू प्रदेश नं.१ का सदस्य ईन्द्र कसजुले जानकारी दिए । समितिको उपाध्यक्षमा रमेशराज भण्डारी, सचिवमा गोपाल श्रेष्ठ, सह सचिवमा मन्दिप श्रेष्ठ र कोषाध्यक्षमा अम्बर श्रेष्ठ चयन भएका छन् ।


अधिवेशन अघि नेवार समुदाय आफ्नो भेषभूषामा सजिएर दिक्तेलबजार परिक्रमा गरेको थियो । अधिवेशनको उद्घाटन सत्रमा विभिन्न वक्ताहरुले सवै मिलेर आ–आफ्नो संस्कार संस्कृतीको जर्गेना गर्नमा लाग्नुपर्ने बताएका थिए । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाभीत्र यस वर्षवाट नेवार समुदायको लाखे जात्रामा सार्वजनिक विदा दिनका लागि कार्यपालिकासँग छलफल गरिने नगरप्रमुख दिपनारायण रिजालले बताए । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
शैक्षिक सत्र–२०८३ र विद्यार्थी भर्ना वैशाख १५ बाट सुरु हुने संघीय संसद्को दुवै सदनको अधिवेशन भोलिदेखि अन्त्य हुने प्रधानमन्त्री शाहले तत्कालका लागि श्रम मन्त्रालयको जिम्मेवारी आफैँसँग राख्ने प्रधानमन्त्री शाहले गराए स्वास्थ्यमन्त्री निशा मेहतालाई सचेत एमाले अध्यक्ष ओलीको पित्तथैलीको शल्यक्रिया सोमबार गर्ने श्रम मन्त्री दीपककुमार साह पदमुक्त नेप्से परिसूचक ४८.७१ अंकले बढ्यो मानव बेचबिखन तथा ओसारपसारमा संलग्न चार जना पक्राउ प्रतिनिधिसभाको उपसभामुख पदमा राप्रपाकी सरस्वती र श्रम संस्कृति पार्टीकी रुबी कुमारी उम्मेदवार मुद्दा चलाउने आधार र प्रमाण नपुगेपछि अन्ततः म रिहा भएको छु: केपी शर्मा ओली सरस्वती लामालाई उपसभामुखको उमेदवार बनाउने राप्रपाको निर्णय कांग्रेसलाई जनतासँग अझ नजिक बनाउँदै विश्वास जित्ने दिशामा अघि बढ्ने छौँ: गगन थापा ओली र लेखक हाजिरी जमानतमा रिहा हुने सुनचाँदीको मूल्य घट्यो सरकारले बढाएको गाडी भाडा विद्युतीय सवारीसाधनको हकमा लागू नहुने विद्यार्थीबाट गैरकानूनी रुपमा संकलन गरिएको शुल्क फिर्ता गर्न निर्देशन नयाँ सरकार हुनु भनेको निरन्तरताबाट विच्छेद हुनु होइन: प्रधानमन्त्री वालेन्द्र शाह प्रधानमन्त्री शाहसँग नेपालस्थित विभिन्न देशका राजदूत तथा कूटनीतिक नियोग प्रमुखहरूबीच सामूहिक भेट कारागारमा झडप हुँदा पाँच कैदीबन्दी घाइते शुक्रबारसम्मका लागि प्रतिनिधिसभा बैठक स्थगित