२२ मंसिर २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खोटाङ्ग - KTG

नेवा देय् दबूको अध्यक्षमा सैंजु

६ पुष २०७५, शुक्रबार ०३:५७

चिसाङ शेर्पा | पुष ६, खोटाङ | नेवा देय् दबू खोटाङको अध्यक्षमा नुरकाजी सैजु सर्वसम्मत चयन भएका छन् । नेवार समुदायको संस्कार सस्कृतीको जर्गेना र उत्थानमा काम गर्दै आएको नेवा देय् दबूको पहिलो जिल्ला कार्य समितिमा सैंजु चयन भएको हो ।

यसअघि नेवा देय् दबूको तदर्थ समिति रहेकाले जिल्लाभरीको नेवार समुदायको उपस्थिती र दबूका केन्द्रिय अध्यक्ष नरेश कुमार ताम्राकारको प्रमुख उपस्थितीमा बिहीबार दिक्तेलस्थित समिक्षालय हलमा भएको प्रथम जिल्ला अधिबेशनले सैंजुलाई अध्यक्ष बनाउदै १३ सदस्यीय नयाँ कार्य समिति गठन गरेको नेवा देय् दबू प्रदेश नं.१ का सदस्य ईन्द्र कसजुले जानकारी दिए । समितिको उपाध्यक्षमा रमेशराज भण्डारी, सचिवमा गोपाल श्रेष्ठ, सह सचिवमा मन्दिप श्रेष्ठ र कोषाध्यक्षमा अम्बर श्रेष्ठ चयन भएका छन् ।


अधिवेशन अघि नेवार समुदाय आफ्नो भेषभूषामा सजिएर दिक्तेलबजार परिक्रमा गरेको थियो । अधिवेशनको उद्घाटन सत्रमा विभिन्न वक्ताहरुले सवै मिलेर आ–आफ्नो संस्कार संस्कृतीको जर्गेना गर्नमा लाग्नुपर्ने बताएका थिए । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाभीत्र यस वर्षवाट नेवार समुदायको लाखे जात्रामा सार्वजनिक विदा दिनका लागि कार्यपालिकासँग छलफल गरिने नगरप्रमुख दिपनारायण रिजालले बताए । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य