२८ पुष २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दाङ्ग - DNG

माघी महोत्सव सुरु नहुँदै दाङका थारु समुदायमा रमाइलो सुरु

२८ पुष २०७२, मंगलवार २०:३७

magi4 (2)

सन्तोषकुमार गुप्ता । पुस २९, दाङ । थारु समुदायको महान पर्व माघीका अबसरमा दाङका थारुहरुले नाँचगान गरेर यो पर्व मनाउन सुरु गरेका छन् । माघ १ गते देखी तीन चार दिन सम्म धुमधामका साथ मनाईने माघी पर्वको केही दिन अघिबाटै थारु गाउँहरुमा रमझम छाएको छ ।

यसै क्रममा माघी मिलन कार्यक्रमको आयोजना गरि रमाईलो र सुभकामना आदानप्रदान गर्ने क्रम चलेको छ । मंगलबार दाङको घोराही २ गुलरियामा थारुहरुका बिभिन्न संघ संस्थाहरुको आयोजनामा माघी महोत्सवको आयोजना गरिएको छ । थारु भेषभुषामा विभिन्न गाउँबाट आएकाहरुले विभिन्न नृत्य तथा गित प्रस्तुत गरेर रमाईलो गरेका छन् । थारु पत्रकार संघको बार्षिक उत्सवका अबसरमा अन्य बिभिन्न थारु सामाजिक संस्थाहरुको आयोजनामा माघि महोत्सव गरिएको हो ।

magi (2)

थारु पत्रकार संघ दाङका अध्यक्ष सन्तोष दहितको अध्यक्षता एवं थारु अगुवा शुशिल चौधरीको प्रमुख आतिथ्यता एवं मटहवा महासंघ दाङका अध्यक्ष चन्द्रप्रकाश चौधरीको बिशिष्ट आतिथ्यतामा माघी महोत्सवको आयोजना गरिएको हो । माघी महोत्सवमा थारुहरुको कला र संस्कृतिलाई बचाउने उदेश्यले विभिन्न् गाउँबाट आएका नृत्यहरुलाई प्रतियोगिताको रुपमा प्रस्तुत गरिएको थियो । थारु युवा युवतीहरुको नृत्य हेर्ने तथा कलाकारहरुको गित सुन्नेहरुको निक्कै भिड रहेको थियो । कार्यक्रममा बोल्दै अतिथिहरुले थारु समुदाय कला र संस्कृतीमा निकै धनि रहेको भन्दै यसको गजेर्ना गर्न सके मात्रै पहिचान बच्ने बताएका थिए । युवा पुस्ताहरुले आफ्नो कला संस्कृतीको जगर्ना गर्दै थारु पहिचानलाई बचाउन आबस्यक रहेको र सरकारले पनि लगानी गर्नुपर्नेमा जोड दिएका थिए ।

magi3 (2)

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विशेष महाधिवेशन मङ्गलबारसम्म लम्बिने राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन आह्वान महामन्त्री शर्माको प्रस्तावः ‘पार्टीको विधान, कार्यशैली र कार्यक्रमलाई समयानुकूल बनाऔँ’ पाकिस्तान–अफगानिस्तान सीमा बन्द हुँदा अरबौंको घाटा, व्यापार र अर्थतन्त्रमा ठुलो झट्का त्रिवि शिक्षण अस्पतालद्वारा स्वास्थ्य बिमा कार्यक्रम बन्द प्रधानमन्त्री कार्कीसमक्ष इजरायली राजदूतको शिष्टाचार भेटवार्ता ग्रोकमाथि मलेसिया–इन्डोनेसियाको प्रतिबन्ध कांग्रेसलाई युवापुस्ताले विश्वास गर्नसक्ने बनाउने महामन्त्री थापाको प्रस्ताव नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट मुस्ताङमा ४८ घण्टादेखि विद्युत् सेवा अवरुद्ध महामन्त्री थापाद्वारा समसामयिक राजनीतिक प्रस्ताव पेस अमेरिकाले ग्रिनल्यान्डलाई ‘कुनै न कुनै तरिकाले’ लिनेछ : ट्रम्प इरान तनाव चर्किँदै, मृतक सङ्ख्या ५४४ पार्टीलाई विभाजन होइन, एकताबद्ध गरेर लैजान आवश्यक छ : नेता डा कोइराला कांग्रेस विशेष महाधिवेशन कार्यविधि पारित कांग्रेस विशेष महाधिवेशनको बन्दसत्र सुरु जिप दुर्घटना हुँदा तीनको मृत्यु कृत्रिम खुट्टाकै सहारामा सातै महादेशका शिखर आरोहण सुनचाँदीको मूल्य बढ्यो अल्पायुमै अस्ताए प्रशान्त…