कुटपिटबाट दाङमा एक युवकको मृत्यु

Posted on: 12 Jan, 2016

पुस २८, दाङ । कुटपिटवाट घाइते एक जना व्यक्तिको पाँच दिन पछि उपचारका क्रममा मृत्यु भएको छ । श्रीगाउँ–४ थपगाउँ निवासी ४१ वर्षे ध्वजवहादुर केसीको स्थानीय युवाहरुको कुटपिटवाट मृत्यु भएको ईलाका प्रहरी कार्यालय तुलसीपुरले जानकारी दिएको छ ।

केसीलाई पुस २३ गते स्थानीय चारजना मदिरा सेवन गरेका यूवाहरुले कुटपिटगरी शक्त घाइते वनाएका थिए । घाईते केसीको उपचारका क्रममा मंगलवार विहान सवा १ बजे कोहोलपुर मेडिकल कलेज वाँकेमा मृत्यु भएको प्रहरीले बताएको छ ।

मदिरा सेवनगरेका युवाहरुको कुटपिटवाट मृतक केसीको टाउकोमा गंभिर चोट लागेको थियो । राप्ती अंचल अस्पताल तुलसीपुरमा प्रारम्भिक उपचार पछि थप उपचारका लागि केसीलाई कोहलपुर रेफर गरिएको र उनको उपचारका क्रममा मृत्यु भएको प्रहरीले बताएको छ । श्रीगाउँ—४ थपगाउँमा रहेको कृष्ण केसीको किराना पसलमा पुस २३ गते मृतक केसी सहित पसल संचालक माथि स्थानीय चार जना यूवाहरुले कुटपिट गरेका थिए । कुटपिटमा सम्लग्न चार जना युवाहरुलाई प्रहरीले यसअघि नै पक्राउ गरिसकेको छ । पक्राउ पर्नेमा श्रीगाउँ(५ सिमठाना निवासी प्रविण चौधरी, सुमन चौधरी, रमेशलाल महतो र सुमन खड्का रहेको प्रहरीले वताएको छ । पक्राउ परेका सबैको उमेर २० देखि २३ वर्ष सम्मको रहेको प्रहरीले वताएको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!