२०८२, २२ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

ललितपुर - LLT

पानीको स्रोतको खोजी शुरु

२०७५, ६ पुष शुक्रबार ०९:४४

 पुस ६, ललितपुर (रासस) | वर्षौदेखि रहेको खानेपानीको समस्या समाधानका लागि महालक्ष्मी नगरपालिकाले नगरपालिका र आसपासका नगरपालिकामा रहेका पानीको स्रोतको खोजी शुरु गरेको छ । 

खानेपानीको समस्या समाधानका लागि अल्पकालीन र दीर्घकालीन दुबै समाधानको खोजी भइरहेको नगरपालिकाले जनाएको छ । नगरपालिकाभित्र रहेका स्रोतको परिचालन र सुधारलाई जोड दिइएको उपप्रमुख निर्मला थापाले बताउनुभयो । अल्पकालीन योजनामा विभिन्न स्थानमा डिप बोरिङ र आकाशे पानी सङ्कलन गरेर पानी निकाल्न लागिएको छ । 

दीर्घकालीन योजनामा दोस्रो चरणको मेलम्चीका लागि सरकारसँग अनुरोध भइरहेको छ । उहाँले भन्नुभयो, “अहिले धेरै नगरवासीले खानेपानीको समस्या चाँडो समाधान होस् भन्ने चाहेका छन् ।” 

नगरपालिकाभित्रै पर्ने सिंहऋषि मुहानमा रहेको पानीको स्रोतको विस्तृत परियोजना अध्ययन (डिपिआर) भइसकेको नगरपालिकाले जनाएको छ । लाँकुरीभञ्ज्याङमा रहेको स्रोतका लागि प्रदेश र सङ्घ दुबैले बजेट विनियोजन गरेका छन् । 

नगरपालिकाले ग्वालिन दह र चापाखर्कमा रहेका पानीको स्रोत सुधारका लागि बजेट छुट्टाएको छ । उहाँले भन्नुभयो, “नगरवासीको अपेक्षाअनुसार हामीले नगरपालिकाबाट गर्ने काममा खानेपानीलाई बढी जोड दिएका छौँ ।” 

महालक्ष्मी नगरपालिकाका धेरै वडामा खानेपानीको समस्या छ । नगरपालिकाभित्र भएका स्रोत पर्याप्त नभएको र भएका स्रोत समेत सुधार गर्नुपर्ने अवस्थामा भएकाले नगरवासीले खानेपानी अभाव झेल्दै आएका छन् ।  


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते