२०८२, २२ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

जाजरकोट - JKT

रक्तस्राव नरोकिएपछि हेलिकप्टर चार्टर गरेर नेपालगञ्ज

२०७५, ६ पुष शुक्रबार १०:५९

पुस ६, जाजरकोट | रक्तस्राव नरोकिएपछि जाजरकोट भेरी नगरपालिका– ३ की प्रतिभा थापाको जहाज चार्टर गरेर उपचारका लागि नेपालगञ्ज मेडिकल कलेज ल्याइएको छ । 

चार दिनअघि भेरी अञ्चल अस्पतालमा छोराको जन्म दिनुभएकी भेरी नगरपालिका– ३ की प्रतिभा थापाको रक्तस्राव नरोकिएपछि तारा एयरलाइन्सको जहाजमार्फत रुकुमको चौरजहारीबाट आज बिहान नेपालगञ्ज ल्याइएको उहाँका श्रीमान् पदम थापाले जानकारी दिनुभयो । 


अहिले प्रतिभाको उपचार जारी रहेको उहाँले बताउनुभयो । रु दुई लाख तिरेर जहाज चार्टर गरिएको थियो । बिहीबार मात्र जाजरकोट ल्याइएकी प्रतिभाको रातिदेखि रक्तस्राव शुरु भएको थियो । स्थानीय स्वास्थ्य संस्थामा उपचार सम्भव नभएपछि ज्यान बचाउन जहाज चार्टर गर्नुपरेको थापाले बताउनुभयो ।

पचास श्याको जाजरकोट अस्पताल भए पनि विशेषज्ञ चिकित्सक र उपकरणको अभावमा सधैँ यहाँका स्थानीयवासी महङ्गो शुल्क तिरेर नेपालगञ्ज, काठमाडौँमा उपचारका लागि आउन बाध्य भएका छन् । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते