२३ मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बाँके - BNK

‘रातभरि थुन्ने अभियान’ शुरु

७ पुष २०७५, शनिबार ०५:४१

पुस ७, बाँके | कोहलपुरमा चोरीका घटना बढ्न थालेपछि प्रहरीले ‘रातभरि थुन्ने अभियान’ शुरु गरेको छ । राति १० बजेपछि अत्यावश्यक कामबाहेक त्यसै हिँड्नेलाई रातभर थुन्ने गरिएको कोहलपुर प्रहरीले जनाएको छ । 

“लागुपदार्थ प्रयोगकर्ता, लामो कपाल पालेका व्यक्ति राति भेटिए थुन्ने गरेका छौँ”, कोहलपुर इलाका प्रहरी कार्यालयका प्रवक्ता मानबहादुर विसीले भन्नुभयो, “भोलिपल्ट फोटो खिच्ने र आफन्तको जिम्मा लगाउँछौँ ।” यो अभियान चलाउँदा दैनिक पाँच÷छ जना नियन्त्रणमा परिरहेको उहाँले बताउनुभयो । 

प्रहरीले राति पक्राउ परेकालाई बिहान परिवारका सदस्य बोलाएर लामो कपाल काट्न लगाउने, फोटो खिचेर पठाउने गरेकामा फेरि त्यही मान्छे राति फोकटमा हिँडेको फेला परे कारवाही गरिने भएको छ । प्रहरीले चोरी नियन्त्रण र बिना काम राति हिँड्नेलाई नियन्त्रण गर्न तीन टोली परिचालन गरेको छ । जस्मा दुई ‘क्यूआरटी’ र एउटा नियमित गस्ती टोली छ । 

जिल्लाको दोस्रो ठूलो शहर कोहलपुरमा लागुपदार्थ प्रयोगकर्ताको सङ्ख्या बढ्दै गएको र अधिकांश चोरीमा लागुऔषध प्रयोगकर्ता नै संलग्न हुने गरेको प्रहरीले जनाएको छ । “रातभरि राखेर बिहान छोडेपछि फेरि भेटिएमा कारवाही गर्ने चेतावनी दिएर छोड्ने गरेका छौँ”, प्रवक्ता विसीले भन्नुभयो, “हामीले पुराना चोरीको अभियोग लागेका व्यक्ति पनि खोजी गरिरहेका छौँ ।” चोरीका घटना बढ्दै गएकाले स्थानीयवासीले प्रहरीप्रति आक्रोश पोख्दै आएका थिए । 

प्रहरी कार्यालयकै आसपासमा चोरी हुन थालेपछि प्रहरीले यस्तो अभियान चलाएको उहाँले जानकारी दिनुभयोे । राति हिँड्नेलाई थुन्ने अभियान थालिएपछि कतिपय व्यक्ति त ताला खोल्न प्रयोग गर्ने ‘सब्बल’सहित पक्राउ पर्न थालेको पनि प्रहरीले जनाएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य