२०८२, २२ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

सप्तरी - SPT

राजविराज कारागारमा एक बन्दीको मृत्यु

२०७५, ७ पुष शनिबार ०७:३५

पुस ७, सप्तरी | राजविराज कारागारमा बन्दी रहेका ३९ वर्षीय भारतीय नागरिक सतिश अग्रवालको शुक्रबार साँझ मृत्यु भएको छ । 

नागरिकता कीर्ते प्रकरणमा पुर्पक्षका लागि थुनामा रहेका अग्रवालको उपचारका लागि ल्याउँदा बाटोमै मृत्यु भएको गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पताल राजविराजले जनाएको छ । अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा चुमनलाल दासका अनुसार अस्पतालमा ल्याउँदा अग्रवालको मृत्यु भइसकेको थियो । 

मधुमेह, उच्च रक्तचाप र मुटुरोगका बिरामी अग्रवाललाई अकस्मात् पेट दुखेपछि तत्कालै राजविराजस्थित अस्पताल पठाइएकोमा उपचारका क्रममा मृत्यु भएको निमित्त जेलर सत्यनारायण यादवले जानकारी दिनुभयो । सात महीनाको अवधिमा उनलाई तीन पटक न्युरो अस्पतालमा उपचार गराएरसमेत ल्याएको जेलर यादवले बताउनुभयो । शुक्रबार अपराह्न पानीपुरी खाएका अग्रवालले गस्तीका बेला आफूसँग कुराकानीसमेत गरेको जेलर यादवले उल्लेख गर्नुभयो । 

अग्रवालकी श्रीमती मोनिका समेत कीर्ते नागरिकतामा फरार रहेकाले श्रीमान्को शव बुझ्न आएकी छैनन् । भारतको हरियाणा जिल्ला इशार नगरपालिका उगालन ग्राम पञ्चायतका अग्रवालले कर्मचारीको मिलेमतोमा ०६४ मङ्सिर २५ गते नागरिकताको प्रतिलिपि लिएको भन्दै सप्तरी प्रहरीले कारवाही चलाएको थियो । 

राजविराज नगरपालिका–१ घर खुलाई वंशजको आधारमा २०५२ असार १५ गते ५९४३२ नम्बरको नेपाली नागरिकता लिएको झुठा अभिलेख विवरण खडा गरी नागरिकताको प्रतिलिपि दिएको आरोपमा अग्रवालसमेत तीन जना कर्मचारीमाथि समेत मुद्दा चलिरहेको छ । नागरिकता प्रतिलिपिका लागि अनुसूची फारममा सही गरेको आरोपमा राजविराज नगरपालिकाका तत्कालीन वडासचिव राजकुमार देव, अनुसूचीको पछाडि हुँदै नभएको अभिलेखको व्यहोरा भनी लेखेको आरोपमा तत्कालीन फाँटवाला भगवान दाहाल र अभिलेख रुजु नगरी प्रतिलिपि जारी गरेको आरोपमा प्रशासकीय अधिकृत जनक कोइरालामाथि समेत कारवाही चलिरहेको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते