४ पुष २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दैलेख - DLK

दैलेखको चामुण्डामा ‘नगर भ्यू टावर’बन्ने

७ पुष २०७५, शनिबार १२:३९

दैलेख, ७ पौष । दैलेखको पश्चिम क्षेत्रमा पर्ने चामुण्डाविन्द्रासैनी नगरपालिकाले नगरपार्क निर्माण गर्ने भएको छ । नगरपालिकाको वडा नं. ६ को वत्काचौरमा नगर पार्क निर्माण गरिने भएको छ । हिन्दु राष्ट्रको सन्देश दिन यो पार्कको वत्काचौरमा भ्यु टावर राख्ने नगरपालिकाले तयार पारेको डिजाइनमा देख्न सकिन्छ ।


पार्कलाई थप आर्कषण बनाउन भ्यु टावर निर्माण गरिने बताईएको छ । हाल भ्यु टावरको लागि डिजाईन तयार भईसकेको चामुण्डाविन्द्रासैनी नगरपालिका प्राविधिक प्रमुख प्रकाश विक्रम शाहीले जानकारी दिए । पार्कलाई सुरक्षित बनाउन घेराबार गर्ने काम दु्रत गतिमा भईरहेको प्राविधिक प्रमुख शाहीले बताए । नगर पार्क भित्र बन्ने संरचनाहरू नेपाली वास्तुकलामा आधारित हुनेछन् । चामुण्डाविन्द्रासैनी नगरपालिका–६ को बत्काचौरमा करिब १० हेक्टर जमिनलाई घेरबार गरी पार्क बन्न लागेको चामुण्डाविन्द्रासैनी नगरपालिकाका नगर प्रमुख सुर्यबहादुर शाहीले बताए । उक्त पार्कलाई विभिन्न संरचनाहरु निर्माण हुनेछन । जसमध्य ‘भ्यु टावर’ ‘मनोरञ्जन क्षेत्र’ ‘संस्थागत क्षेत्र’ ‘धार्मिक क्षेत्र’ बनाईनेछ । यस क्षेत्रमा विभिन्न प्रजातिका फूल तथा बोटबिरुवाको बगैंचा, पिकनिक स्थलहरूका साथै मृगस्थली पनि रहनेछन् ।

यस क्षेत्रमा हालै जनसहयोगबाट निर्मित भगवती मन्दिर वरिपरि क्षेत्रको थप विकासको लागि सामुदायिक कार्यहरू सञ्चालन गरिने छ । पार्कको थालनी गत आर्थीक बर्ष बाट सुरु गरिएको छ । आर्थिक वर्ष २०७४÷०७५ मा करिब ९ सय मिटरमा घेरवार गर्ने काम सम्पन्न भएको छ । गत आर्थिक वर्ष घेरवारका लागि नगरपालिकाले ४० लाख बजेट विनियोजित गरेको थियो । चालु आर्थिक वर्षमा ३५ लाख बजेट विनियोजित गरेर टेन्डर प्रकृया सुरु भएको नगरपालिकाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वास्थ्यमन्त्रीसँग डब्लुएचओका महानिर्देशकको शिष्टाचार भेट निर्वाचन सुनश्चित भइसकेकोछ, अब शङ्का नगर्नुस् : मन्त्री खरेल राष्ट्रपतिद्वारा प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन) अध्यादेश २०८२ जारी सभापति लामिछाने पार्टी जिम्मेवारीमा फर्कँदै : रास्वपा चौध दिनदेखि बेपत्ता राईको खोजीका लागि परिवारको आग्रह युक्रेनमा लक्ष्य हासिल हुने पुटिनको दाबी ट्रम्प प्रशासनद्वारा अमेरिकाको ग्रिन कार्ड लटरी स्थगित स्वास्थ्य परीक्षण शुल्कमा पुनरावलोकन गर्दै मन्त्रालय एमालेको काँधमा असाधारण जिम्मेवारी छ ः अध्यक्ष ओली मानसिक स्वास्थ्यबारे खुलेर कुरा गर्न सञ्चारमन्त्री खरेलको आग्रह कटुवा पेस्तोलसहित युवा पक्राउ भैरहवाको मौसम नखुलेपछि भरतपुरतर्फ उडे रवि लामिछाने टिकटक–अमेरिका संयुक्त उद्यम सम्झौता गायनबाट अभिनयतर्फ समीर स्वदेशमै दुःख गर्नसके विदेशिनु पर्दैन देशभर स्थानीय उत्पादनको प्रयोगलाई बढावा दिऔँः मन्त्री घिसिङ योजना र नतिजा विश्लेषणबिनाको खर्चले राज्यप्रतिको विश्वास घट्दै गयो: उद्योगमन्त्री सिन्हा एमाले नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक बस्दै सुनको मूल्य तोलामा २ हजारले घट्यो विदेश पठाइदिने भन्दै ४९ लाख १४ हजार ठगी गर्ने पक्राउ