२२ मंसिर २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दाङ्ग - DNG

देउखुरीका माघी मेला आजबाट शुरु, भालुवाङ र लालमटियाको माघी मेलाको उद्घाटन

३० पुष २०७२, बिहीबार १२:२२

सन्तोषकुमार गुप्ता/ पुस ३०, भालुवाङ । माघी सक्रान्तिको अवसरमा आज देखि भालुवाङ्ग र लालमटियामा एक साथ माघी मेला शुरु भएको छ । । लालमटिया—३ पुरानो भालुवाङ्गबजार स्थीत नमुना आँपखोली खानेपानी तथा सरसफाई व्यवस्थापन समितीको सहयोगार्थ ग्यालेक्सी म्युजिक प्रालि अनामनगर काठमाडौँको आयोजना एवम् स्थानिय संस्थाहरुको सहयोगमा नेपाल राष्ट्रिय मावि भालुवाङ्गको प्रगाणमा “ऐतिहासिक प्रथम भालुवाङ्ग माघी मेला २०७२” को बिहिबार एक कार्यक्रमको आयोजना गरी मेलाको उद्घाटन गरिएको हो ।

maghi mela dang 1
नमुना आँपखोली खानेपानी तथा सरसफाई व्यवस्थापन समितीका अध्यक्ष पदमबहादुर पुनको अध्यक्षता एवम् समाजसेवी तथा विकासप्रेमी केशवराज पन्तको प्रमुख आतिथ्य तथा राप्ती उद्योग बाणिज्य संघका अध्यक्ष ताराबहादुर डिसीको प्रमुख आतिथ्यमा मेला उद्घाटनको उद्घाटन गरिएको हो । समितीकी सचिव गोमाया केसीको स्वागत मन्तव्यबाट शुरु भएको कार्यक्रममा बोल्ने बक्ताहरुले भालुवाङ्ग कै इतिहासमा पहिलो पटक शुरु गरिएको माघी मेलालाई भालुवाङ्गबासीले निरन्तरता दिनु पर्ने बताएका थिए । उनीहरुले मेला पर्वहरु बाटै स्थानिय कलाकारहरु राष्ट्रिय कलाकार बनाउन सहयोग गर्ने भएकाले सबैको महत्वपूर्ण भुमिका हुने बताउका थिए ।

maghi mela - dang
कार्यक्रममा कार्यक्रमका अध्यक्ष धर्म रोका, राप्ती सामुदायिक वन उपभोक्ता समूहका कार्यलय सचिव मुक्तबहादुर केसी, कलाकार पियन सापकोटा, समाजसेवी रुद्रबहादुर झाँक्री मगर, पत्रकारहरु महेश रिजाल , बिदुर एमसी, सन्तोषकुमार गुप्ता, जमिर शाह , कमल गिरी र इराधा झाँक्री लगायतका बक्ताले शुभकामना मन्तव्य व्यक्त गर्नु भएको थियो । कार्यक्रमको सञ्चालन कलाकार गंगा पुनले गर्नु भएको थियो ।

माघ २ गते सम्म सञ्चालन हुने मेलामा एक लाख दर्शकले मेलाको अवलोकन गर्ने र एक करोडको आर्थिक कारोवार गर्ने लक्ष्य राखिएको “ऐतिहासिक प्रथम भालुवाङ्ग माघी मेला २०७२” मुल आयोजक समितीका कार्यक्रम संयोजक डोलराज बारघरेमगरले जानकारी दिनु भयो । पूर्वी देउखुरीको कला संस्कृति राष्ट्रिय तथा अन्तराििष्ट्रय क्षेत्रमा स्थापित गराई नमुना आँपखोली खानेपानी तथा सरसफाई व्यवस्थापन समितीको भौतिक पूर्वधार निर्माण तथा स्तर उन्नतीका लागि प्रत्येक बर्ष माघी सक्रान्तिमा माघी मेला सञ्चालनलाई निरन्तरता दिलाउन र भालुवाङ्गमा प्रत्येक बर्ष माघी मेला सञ्चालनका लागि स्थानियस्तरमा उर्जा प्रदान गर्न उद्देश्यले भालुवाङ्गको इतिहासमा पहिलो पटक माघी मेला सञ्चालन गरिएको कार्यक्रम संयोजक बारघरेमगरले जानकारी दिनु भयो ।

dang maghi mela 2

मेलामा स्थानीय तथा राष्ट्रिय स्तरका ख्याति प्राप्त कलाकारहरु भालुवाङ्गमा आउने क्रम जारी रहेको आयोजकले बताएको छ । मेलामा राष्ट्रिय तथा स्थानिय कलाकारहरुको माघ १ गते शुक्रबार बेजोड प्रस्तुति हुने बताईएको छ । मेलामा प्रवेशका लागि एक सय रुपैयाँको टिकट लाग्ने छ । जेष्ठ नागरिक, अपाङ्गता भएका ब्यक्ति र विद्यार्थीहरुका लागि बिशेष छुट गर्ने आयोजकले जनाएको छ ।

र देउखुरीको धार्मिक तथा पर्यटकीयस्थल लालमटियको हर्षेडाँडामा परम्परागत धार्मिक सांस्कृतिक तथा व्यपारिक मेलाको तयारी तीब्र पारिएको हो । मेलाबाट संकलन भएको रकमको खर्च कटाएर बचेको रकमको केही प्रतिशत रकम नमुना आँपखोली खानेपानी तथा सरसफाई व्यवस्थापन समितीको भौतिक पूर्वधार निर्माण तथा स्तर उन्नतीका उपलब्ध गराईने आयोजकले जनाएको छ ।

यस्तै देउखुरीको धार्मिक तथा पर्यटकीयस्थल हर्षेडाँडा लालमटियामा सञ्चालन हुने माघी मेलाको तयारी पुरा भएको छ । कालिका सामुदायिक वन उपभोक्ता समूह लालमटियाको आयोजनामा बिगतका बर्षहरुमा झै यस बर्ष पनि माघी मेला सञ्चालन गरिएको हो । मेलामा एक सय बढी व्यपारिक स्टल रहेको समूहका सचिव भिमकान्त भुसालले जानकारी दिनु भयो ।

मेलामा खेलाउन, व्यपारिक र होटेल लगायतका स्टल रहने सचिव भुसालले बताउनु भयो । मेलाको आज राती ८ बजे उद्घाटन गरिने छ । मेलामा परम्परागत थारु, मगर, अबधि सहितको न्यू डान्स क्रियसनको बिशेष सांस्कृतिक प्रस्तुत समेत रहने आयोजकले जनाएको छ । लालमटिया बजार देखि करिब १ किलोमिटर उत्तर तर्फ अवस्थीत उक्त धार्मिक तथा पर्यटकीयस्थल हर्षेडाँडामा परापूर्वकाल देखि पुस ३० गते देखि माघ २ गते सम्म माघी मेला सञ्चालन हुँदै आएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य