Skip to content
Monday, July 20, 2026 समाचार, वैदेशिक रोजगार र समसामयिक जानकारी
२०७५ पुष ०८ गते, बिहान ४:१७ बजे
समाज

मिर्चैया प्रहरीले गर्यो सरपराईज चेकिङ, दर्जनौ कारवाहीमा परे

By साझासवाल 3 मिनेट पढाइ

पढ्न करिब 2 मिनेट लाग्छ
प्रकाशित:

राम नारायण पंडित | पुष ८, सिरहा | ईलाका प्रहरी कार्यालय मिर्चैयाले गरेको सरपराईज चेकि¨मा दर्जनौ सवारीसाधन कारवाहीमा परेका छन् । खासगरी मोटरसाइकल चालकमा छडापन बढेपछि  चेकि¨मा कडाई गरेर शनिबार दर्जनौ सबारी साधन नियन्त्रणमा लिएको मिर्चैयाका प्रहरी नायब उपरिक्षक (डिएसपी) सुकदेब खनालले बताए । उनले भने “यहाँ खास गरेर मोटरसाईल चालकमा छाडापन देखिएको छ, मोटरसाइकल चलाउँदा कागजात नबोक्ने, समात्दा लोकल हुँ भन्दै धाक लगाउँने जस्ता क्रियाकलाप बढेकाले चेकजाँचमा कडाई गरेको छु ।” 

चेकजाँचको क्रममा मोटरसाईकल, ट्रयाक्टर, म्याजिक, जिप लगायत ६ दर्जन भन्दा बढी सबारी साधन नियन्त्रणमा लिएको डिएसपी खनालले बताए । जसमा मोटरसाइकल झण्डै ५ दर्जनको हाराहारीमा रहेको छ । पक्राउ परेका सबारी साधनलाई प्रकृति हेरी कारबाही गरिरहेको उनले दाबी गरे ।

दिनहुँ फरक–फरक स्थानमा छड्के चेकजाँच गरी त्यस्ता सबारी साधनलाई नियन्त्रणमा लिई कारबाही गरिरहेको उनले बताए । डिएसपी खनालले ट्राफिक प्रहरी सहित आफै सडकमा चेकजाँचमा खटिएपछि कारबाहीमा पर्ने डरले चालकहरु आफै सर्तक हुन थालेका छन् । मोटरसाइकल चलाउँदा हेलमेट प्रयोग नगर्ने, दुईजना भन्दा बढी सबार भई यात्रा गर्ने, मादक पदार्थ सेबन गरी सबारीसाधन चलाउँने, कागजात नबोक्ने प्रबृति बढ्दै गएकोले आम जनताको सुरक्षा र अपराध नियन्त्रणका विशेष अभियान नै  संचालन गरिएको डिएसपी खनालले दाबी गरे ।  

सवारीसाधन चेकजाँचमा कडाई गरेपछि राजस्वमा समेत बृद्धि भएको छ ।