२८ पुष २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दाङ्ग - DNG

पाराभेटनरी एशोसन देउखुरीको साधारणसभा सम्पन्न

३० पुष २०७२, बिहीबार १२:२३

सन्तोषकुमार गुप्ता/ पुस ३०, भालुवाङ । नेपाल पाराभेटनरी एण्ड लाईभस्टक एशोसन क्षेत्रिय समिती देउखुरीको दास्रो बार्षिक साधारणसभा शनिबार लालमटियाको धार्मिक तथा पर्यटकीय स्थल हर्षेडाँडामा सम्पन्न भएको छ ।

एशोसनका क्षेत्रिय समिती अध्यक्ष चन्द्र खनालको अध्यक्षता एवम् एशोसनका जिल्ला अध्यक्ष निमकुमार आचार्यको प्रमुख आतिथ्यमा भएको साधारणसभामा बोल्ने बक्ताहरुले नेपाल पाराभेटनरी एण्ड लाईभस्टक एशोसन निजी क्षेत्रमा कार्यरत एग्रोभेट व्यवसायहरुको छाता संगठन भएकोले देशभरि पशुपालक किसानहरुका लागि परिचालन भएको बताएका थिए । उनीहरुले सरकारी क्षेत्रका कर्मचारी र निजी क्षेत्रका कर्मचारी बीच अझै पनि विभेद रहेकोले त्यसको अन्त्य हुनु पर्ने बताएका थिए ।

एशोसनका क्षेत्रिय समितीका सदस्य रामप्रसाद चौधरीको स्वागत मन्तव्यबाट शुरु भएको साधारणसभामा नेपाल पाराभेटनरी एण्ड लाईभस्टक एशोसनका केन्द्रिय पार्सद मोहन केसी, राप्ती उद्योग बाणिज्य संघका बरिष्ठ उपाध्यक्ष रिखीराम आचार्य, लमही कृषि सेवा केन्द्रका प्रमुख महेश अधिकारी, पशुसेवा केन्द्र लमहीका उपप्रमुख शिवराज न्यौपाने, पत्रकारहरु सन्तोषकुमार गुप्ता, बिदुर एमसी र ओमप्रकाश गुप्ता लगायतका बक्ताले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रमको सञ्चालन एशोसनका क्षेत्रिय समिती सचिव तिलक अधिकारीले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विशेष महाधिवेशन मङ्गलबारसम्म लम्बिने राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन आह्वान महामन्त्री शर्माको प्रस्तावः ‘पार्टीको विधान, कार्यशैली र कार्यक्रमलाई समयानुकूल बनाऔँ’ पाकिस्तान–अफगानिस्तान सीमा बन्द हुँदा अरबौंको घाटा, व्यापार र अर्थतन्त्रमा ठुलो झट्का त्रिवि शिक्षण अस्पतालद्वारा स्वास्थ्य बिमा कार्यक्रम बन्द प्रधानमन्त्री कार्कीसमक्ष इजरायली राजदूतको शिष्टाचार भेटवार्ता ग्रोकमाथि मलेसिया–इन्डोनेसियाको प्रतिबन्ध कांग्रेसलाई युवापुस्ताले विश्वास गर्नसक्ने बनाउने महामन्त्री थापाको प्रस्ताव नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट मुस्ताङमा ४८ घण्टादेखि विद्युत् सेवा अवरुद्ध महामन्त्री थापाद्वारा समसामयिक राजनीतिक प्रस्ताव पेस अमेरिकाले ग्रिनल्यान्डलाई ‘कुनै न कुनै तरिकाले’ लिनेछ : ट्रम्प इरान तनाव चर्किँदै, मृतक सङ्ख्या ५४४ पार्टीलाई विभाजन होइन, एकताबद्ध गरेर लैजान आवश्यक छ : नेता डा कोइराला कांग्रेस विशेष महाधिवेशन कार्यविधि पारित कांग्रेस विशेष महाधिवेशनको बन्दसत्र सुरु जिप दुर्घटना हुँदा तीनको मृत्यु कृत्रिम खुट्टाकै सहारामा सातै महादेशका शिखर आरोहण सुनचाँदीको मूल्य बढ्यो अल्पायुमै अस्ताए प्रशान्त…