२८ पुष २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दाङ्ग - DNG

रेडक्रस लालमटिया उपशाखाको निर्वाचन माघ १७ गते हुने

१० माघ २०७२, आईतवार ०८:५४

सन्तोषकुमार गुप्ता/ माघ १०, भालुवाङ ।  नेपाल रेडक्रस सोसाईटी लालमटिया उपशाखाको यही माघ १७ गते नयाँ कार्य समिती चयन गर्न निर्वाचन हुने भएको छ । 

माघ १६ गते हुने ८ औँ उपशाखा सभा तथा तेस्रो अधिवेशनमा सर्वसहमतिको सम्भावना कम देखिए पछि निर्वाचनको मिति तय गरे संगै निर्वाचन प्रक्रिया समेत अगाडि बढाएको छ । उपशाखा सभापति गंगाराम भट्ठराईको अध्यक्षता एवम् नेपाल रेडक्रस सोसाईटी जिल्ला शाखा दाङका मन्त्री मदन गौतमको बिशेष उपस्थीतिमा भएको बैठकले अगामी चार बर्षे कार्यकालका लागि नयाँ नेतृत्व चयन गर्न निर्वाचनमा जाने निर्णय गरेको हो ।

redcross - dang district

बैठकले निर्वाचन सम्पन्न गर्न संस्थाको विधान अनुसार उपशाखाको निर्वाचनका लागि नेपाल रेडक्रस सोसाईटी जिल्ला शाखा दाङका मन्त्री मदन गौतमलाई निर्वाचन अधिकृतको जिम्मेवारी प्रदान गरेको छ । साथै माघ १६ गते शनिबार लालमटियाको रेडक्रस भवन मसुरियामा बिहान ११ बजे ८ औँ उपशाखा सभा तथा तेस्रो अधिवेशन गर्ने निर्णय समेत गरेको छ ।

बैठकमा उपशाखाका कार्य समिती सदस्यहरु बिन्दु ज्ञवाली, महेश रिजाल, शान्ता अधिकारी, शान्तराज शर्मा, महेश अधिकारी, समाजसेवी दोर्ण भुसाल, देवराज न्यौपाने र पत्रकार सन्तोषकुमार गुप्ता लगायतकाले आ—आफ्नो धारणा राखेका थिए । बैठकको सहर्जीकरण उपशाखाका सचिव प्रमोद पौडेलले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विशेष महाधिवेशन मङ्गलबारसम्म लम्बिने राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन आह्वान महामन्त्री शर्माको प्रस्तावः ‘पार्टीको विधान, कार्यशैली र कार्यक्रमलाई समयानुकूल बनाऔँ’ पाकिस्तान–अफगानिस्तान सीमा बन्द हुँदा अरबौंको घाटा, व्यापार र अर्थतन्त्रमा ठुलो झट्का त्रिवि शिक्षण अस्पतालद्वारा स्वास्थ्य बिमा कार्यक्रम बन्द प्रधानमन्त्री कार्कीसमक्ष इजरायली राजदूतको शिष्टाचार भेटवार्ता ग्रोकमाथि मलेसिया–इन्डोनेसियाको प्रतिबन्ध कांग्रेसलाई युवापुस्ताले विश्वास गर्नसक्ने बनाउने महामन्त्री थापाको प्रस्ताव नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट मुस्ताङमा ४८ घण्टादेखि विद्युत् सेवा अवरुद्ध महामन्त्री थापाद्वारा समसामयिक राजनीतिक प्रस्ताव पेस अमेरिकाले ग्रिनल्यान्डलाई ‘कुनै न कुनै तरिकाले’ लिनेछ : ट्रम्प इरान तनाव चर्किँदै, मृतक सङ्ख्या ५४४ पार्टीलाई विभाजन होइन, एकताबद्ध गरेर लैजान आवश्यक छ : नेता डा कोइराला कांग्रेस विशेष महाधिवेशन कार्यविधि पारित कांग्रेस विशेष महाधिवेशनको बन्दसत्र सुरु जिप दुर्घटना हुँदा तीनको मृत्यु कृत्रिम खुट्टाकै सहारामा सातै महादेशका शिखर आरोहण सुनचाँदीको मूल्य बढ्यो अल्पायुमै अस्ताए प्रशान्त…