२०८२, २३ फाल्गुन शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

ललितपुर - LLT

घरेलु श्रममा रमाउँदै महिला श्रमिक

२०७५, ८ पुष आईतवार ११:०५

 संच्चिता घिमिरे  पुस ८, ललितपुर (रासस) |  वैदेशिक रोजगारीमा गएका श्रीमान् फर्किएर पनि नआउने र उताबाट पैसा पनि नपठाउँदा अञ्जना पाठकले घरेलु श्रमिकका रुपमा काम गर्न थाल्नुभएको थियो । 

त्यतिबेला काम गर्दा अरुको भान्सामा काम गर्ने, भाँडा माझ्ने र लुगा धुने भन्दै धेरैले त्यो कामलाई अपहेलना गर्थे । समाजले सम्मान नगरेपनि बाध्यताले गर्दा उहाँले काम छाड्न सक्नुभएन र निरन्तरता दिइरहनुभयो । सामाखुशी र आसपासका परिवारमा काम गर्दागर्दै उहाँ श्रमिक सङ्गठनमा संलग्न हुनुभयो । त्यतिबेला भन्दा अहिले मजदूर एक भएकाले मजदूरका अधिकार स्थापित हुँदै गएको उहाँको अनुभव छ । 

धेरै दिदीबहिनी विदेशमा घरेलु श्रमिकका रुपमा गएर दुःख पाएर फर्किरहँदा उहाँ भने खुशी भएर स्वदेशमै काम गर्नुहुन्छ । आफ्ना दिदीबहिनी र साथीलाई समेत घरेलु श्रमिकका रुपमा काम गर्न उहाँ सल्लाह दिनुहुन्छ । उहाँले भन्नुभयो, “विदेशको कानून फरक भएकाले दुःख भए पनि यहाँ काम गर्दा त्यस्तो समस्या पर्दैन ।” 

घरेलु श्रमिकका रुपमा काम गर्न विदेशमा भन्दा स्वदेशमा सजिलो भएको अञ्जनाले बताउनुभयो । दिनभर काम गरे पनि बिहान साँझ आफ्ना सन्तानसँग टाढा हुनुपर्र्दैन । उहाँ एकै दिनमा दुई तीन वटा घरसम्म काम गर्नुहुन्छ । कुनै घरमा भान्साको काम मात्रै त कतै बालबालिका र कतै ज्येष्ठ नागरिकको हेरचाह गर्नुहुन्छ । उहाँ भन्नुहुन्छ, “विदेशिका आमाबुबा र छोराछोरी हेर्नु भन्दा थोरै पैसामा भए पनि नेपालीका घरपरिवारमा काम गरौं भनेर विदेशबाट फर्किएकालाई सम्झाउँछु ।” 

विदेश जानका लागि एक दशक पहिले काठमाडौँ आउनुभएको मनिषा घिमिरे अहिले बसुन्धाराको एउटा घरमा काम गर्नुहुन्छ । अरुको लहैलहैमा उहाँ साउदी अरब जाने योजना बनाउँदै हुनुहुन्थ्यो । घरेलु श्रमिकका रुपमा गएका मानिसको त्यहाँ हत्या भएको सुनेपछि डराएर स्वदेशमै केही गर्ने योजना बनाउनुभयो । 

नजिकैका घरबाट बोलाएपछि उहाँ बिहान साँझ यो काम गर्न थाल्नुभयो । अहिले भने पूरै समय एउटा परिवारका लागि काम गर्नुहुन्छ । यही कामबाट कमाएरै मनिषाले छोरालाई पढाउनुभएको छ । विदेशमा बगाउने पसिना यहीँ बगाउँदा राम्रो कमाउन सकिने उहाँको अनुभव छ । उहाँले भन्नुभयो, “यहाँ पनि १८ घण्टा काम गर्दा उता बराबर कमाउन नसकिएला, तर परिवार पाल्न सक्ने कमाइन्छ ।” 

काठमाडौँ उपत्यकालगायतका शहरी क्षेत्रमा एकल परिवार बढ्दै जाँदा वा कामकाजी महिला बढ्दा घरेलु श्रमिकको सङ्ख्या बढ्दै छ । काम अनुसारको पारिश्रमिक नपाए पनि धेरै श्रमिकले यही कामबाट जीविकोपार्जन समेत गरिरहेका छन् । पहिले सम्मान नभएको कामका रुपमा लिइएको घरेलु श्रमलाई विस्तारै परिवार र समाजले स्वीकार गर्न थालेको घरेलु श्रमिक बताउँछन् । 

शर्मिला खत्री मैतीदेवीमा एउटी वृद्धाको स्याहार गर्नुहुन्छ । त्यस घरका श्रीमान्श्रीमती नै कार्यालय गएदेखि फर्किएर आउँदासम्म वृद्धालाई खाना र औषधि खुवाउने, लुगा धुनेलगायतका काम गर्नुहुन्छ । श्रीमान्ले अर्काे विवाह गरेपछि उहाँले यो घरमा काम शुरु गर्नुभएको थियो । 

कतिपय महिला श्रीमान्लाई आर्थिक रुपमा सहयोग गर्ने उद्देश्यले घरेलु श्रमिकका रुपमा काम गरेका छन् भने धेरैले श्रीमान्ले अर्काे विवाह गर्दा, आर्थिक सहयोग नगर्दा वा श्रीमान्ले नकमाउँदा काममा लागेका छन् । श्रीमान्ले आर्थिक सहयोग नगर्दा पनि महिलाले खान बस्नदेखि सन्तानको शिक्षा यही कामबाट पूरा गरिगरिरहेका छन् ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नुवाकोट- २ मा रास्वपाका अचुतम लामिछाने विजयी गोरखा १ मा रास्वपाका सुधन गुरूङको सुरुवाती अग्रता ५० स्थानको अन्तिम मतपरिणाम आउँदा रास्वपालाई ३९ सिट, ८० स्थानमा अगाडि झापा ५ मा बालेन शाह ३८ हजार ६५ मतले अग्रता समानुपातिकतर्फ १ लाख मत कटाउने पहिलो दल रास्वपा फरक मत राख्नेहरुलाई पनि सम्मान गछौं, कसैलाई पनि खेद्ने काम गर्दैनौं: रवि लामिछाने रौतहट-४ मा ३५४ मत पाएर ऋषि धमला छैटौँ स्थानमा ४१ स्थानको अन्तिम मतपरिणाम सार्वजनिक झापा ५ मा बालेन शाहले केपी ओलीलाई ३१ हजारभन्दा बढी मतले पछि पारे धादिङको दुई वटै निर्वाचन क्षेत्रमा रास्वपाको अग्रता चार निर्वाचन क्षेत्रमा अझै मतगणना सुरु हुन सकेन समानुपातिकतर्फ पनि रास्वपाको बढी मत प्राप्त प्रतिनिधिसभा निर्वाचन : रास्वपा २७ स्थानमा विजयी, ९० क्षेत्रमा अग्रता धादिङ-२ मा नेकपाको अग्रता, कांग्रेस दोस्रो काठमाडौँ – ६ मा रास्वपाका शिशिर खनाल विजयी झापा ५ मा बालेन्द्र साहले केपी ओलीलाई ८ हजार मतले पछि पारे रुकुम पूर्वबाट प्रचण्ड भारी मतान्तरले विजयी १३० क्षेत्रको मतगणना जारी, ९४ स्थानमा रास्वपा अगाडि रुकुम पूर्वमा मत गणना स्थगित सर्लाही–४ मा अमरेशको फराकिलो अग्रता