सिमा अतिक्रमणका बिरुद्ध सुस्तामा बिरोध प्रर्दशन हुँदै

Posted on: 23 Dec, 2018

पुष ८, नवलपरासी | नेकपा (क्रान्तिकारी माओवादी) पश्चिम नवलपरासीले सिमा अतिक्रमणका बिरुद्ध सुस्तामा बिरोध प्रर्दशन गर्ने  भएको छ । सिमा अतिक्रमणका बिरुद्ध र राष्ट्रिय स्वाधीनताको पक्षमा भारतीय पक्षद्धारा अतिक्रमित सुस्ता भुमिमा पुष १० गते जनप्रर्दशन गर्ने क्रान्तिकारी माओवादी पश्चिम नवलपरासीका सेक्रेटरी चोलाले जानकारी दिनुभयो । सोही दिन  प्रदेश नम्बर ५ अन्तरगत १२ वटै जिल्लामा जनप्रर्दशन गर्ने माओवादीको तयारी रहेको छ  । 

प्रदेश नम्बर पाँचको निर्णय अनुसार पहिलो चरणमा पौष १० गते पाँच नम्बर प्रदेश अन्तरगतका १२ वटै जिल्लामा जनप्रर्दशन गर्ने तयारी गरेको हो । क्रान्तिकारी माओवादीले राष्ट्रियता जनतन्त्र र जनजिविकाको पक्षमा महंगी भष्ट्रचारी तस्करी दलाली र बलात्कारको बिरोधमा प्रर्दशन गर्ने तयारी गरेको पोलिटब्युरो सदस्य तथा प्रदेश सेक्रेटरी प्रमोदले बताउनुभयो । उहाँका अनुसार सिमा अतिक्रमणको बिरुद्ध पश्चिम नवलपरासीको सुस्तासंगै कपिलबस्तुको महलीसागर बाँध र बाँकेको लक्ष्मणपुरमा बिरोध प्रर्दशन गर्ने कार्यक्रम रहेको छ । 

त्यस्तै रुपन्देही जिल्ला समितिले पुष १० गते बुटवलमा जनप्रर्दशन गर्ने भएको छ । सो कार्यक्रममा पार्टी पोलिटब्युरो सदस्य केबी गुरुंगले सम्बोधन गर्ने र सुस्ताको कार्यक्रममा केन्द्रीय सदस्य पिताम्बर आचार्यले सम्बोधन गर्ने सो पार्टीले जनाएको छ । 

त्यस्तै गुल्मी अर्घाखाँची पाल्पा बर्दिया दाङमा समेत प्रर्दशनको तयारी गरिएको जनाइएको छ । त्यस्तै बैद्य माओवादीले लिपुलेक बिनाको नक्सा प्रयोगमा ल्याएका सरकारी कार्यालयहरुमा समेत माओवादीले अनुगमनको तयारी समेत गरेको बताइएको छ । जनप्रर्दशन पछि स्थानीय तहमा भएका भष्ट्रचारका बिरुद्ध कडा रुपमा प्रस्तुत हुदै जनप्रतिरोध गर्ने माओवादीको योजना रहेको छ ।

क्रान्तिकारी माओवादीको मंसिर १२ देखि १७ गते सम्म बुटवलमा बसेको केन्द्रीय समितिको बैठकको योजना मुताबिक प्रर्दशनको तयारी गरिएको थियो । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!