२०८२, २३ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

नवलपुर - NWL

सिमा अतिक्रमणका बिरुद्ध सुस्तामा बिरोध प्रर्दशन हुँदै

२०७५, ८ पुष आईतवार १५:२९

पुष ८, नवलपरासी | नेकपा (क्रान्तिकारी माओवादी) पश्चिम नवलपरासीले सिमा अतिक्रमणका बिरुद्ध सुस्तामा बिरोध प्रर्दशन गर्ने  भएको छ । सिमा अतिक्रमणका बिरुद्ध र राष्ट्रिय स्वाधीनताको पक्षमा भारतीय पक्षद्धारा अतिक्रमित सुस्ता भुमिमा पुष १० गते जनप्रर्दशन गर्ने क्रान्तिकारी माओवादी पश्चिम नवलपरासीका सेक्रेटरी चोलाले जानकारी दिनुभयो । सोही दिन  प्रदेश नम्बर ५ अन्तरगत १२ वटै जिल्लामा जनप्रर्दशन गर्ने माओवादीको तयारी रहेको छ  । 

प्रदेश नम्बर पाँचको निर्णय अनुसार पहिलो चरणमा पौष १० गते पाँच नम्बर प्रदेश अन्तरगतका १२ वटै जिल्लामा जनप्रर्दशन गर्ने तयारी गरेको हो । क्रान्तिकारी माओवादीले राष्ट्रियता जनतन्त्र र जनजिविकाको पक्षमा महंगी भष्ट्रचारी तस्करी दलाली र बलात्कारको बिरोधमा प्रर्दशन गर्ने तयारी गरेको पोलिटब्युरो सदस्य तथा प्रदेश सेक्रेटरी प्रमोदले बताउनुभयो । उहाँका अनुसार सिमा अतिक्रमणको बिरुद्ध पश्चिम नवलपरासीको सुस्तासंगै कपिलबस्तुको महलीसागर बाँध र बाँकेको लक्ष्मणपुरमा बिरोध प्रर्दशन गर्ने कार्यक्रम रहेको छ । 

त्यस्तै रुपन्देही जिल्ला समितिले पुष १० गते बुटवलमा जनप्रर्दशन गर्ने भएको छ । सो कार्यक्रममा पार्टी पोलिटब्युरो सदस्य केबी गुरुंगले सम्बोधन गर्ने र सुस्ताको कार्यक्रममा केन्द्रीय सदस्य पिताम्बर आचार्यले सम्बोधन गर्ने सो पार्टीले जनाएको छ । 

त्यस्तै गुल्मी अर्घाखाँची पाल्पा बर्दिया दाङमा समेत प्रर्दशनको तयारी गरिएको जनाइएको छ । त्यस्तै बैद्य माओवादीले लिपुलेक बिनाको नक्सा प्रयोगमा ल्याएका सरकारी कार्यालयहरुमा समेत माओवादीले अनुगमनको तयारी समेत गरेको बताइएको छ । जनप्रर्दशन पछि स्थानीय तहमा भएका भष्ट्रचारका बिरुद्ध कडा रुपमा प्रस्तुत हुदै जनप्रतिरोध गर्ने माओवादीको योजना रहेको छ ।

क्रान्तिकारी माओवादीको मंसिर १२ देखि १७ गते सम्म बुटवलमा बसेको केन्द्रीय समितिको बैठकको योजना मुताबिक प्रर्दशनको तयारी गरिएको थियो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते