२०८२, २२ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कपिलवस्तु - KPL

चन्द्रौटा ट्राफिकद्धारा चेकजाँचमा कडाई

२०७५, ९ पुष सोमबार १३:११

माधव बेल्वासे | पुष ९, कपिलवस्तु | चन्द्रौटा ट्राफिकले पछिल्लो समय सवारी चेकजाँचमा कडाइ गरेको छ ।पुर्व पश्चिम राजमार्गमा हिडने सवारीलाई ट्राफिकले नियमको पालना सिकाउदै कानुन विपरित चलाउने चालकलाई कारवाहि गर्ने गरेको छ । अस्थाई ट्राफिक पोष्ट चन्द्रौटाका प्रमुख रामशरण कुमालको टोली पश्चिमि क्षेत्रमा सवारी दुर्घटना न्युनिकरणका लागी विभिन्न कार्यक्रम समेत गरेको छ ।

अब्यवस्थित भएको गुनासो आए पछि शिबराज नगरपालिकामा रहेका अटो रिक्साहरुको ट्राफिक प्रहरी कार्यलय चन्द्रौटाले छड्के अनुगमन गरेको छ । तीव्र गतिमा हिड्ने, मनपरी भाडा लिने गरेको गुनासो आए पछि गरिएको अनुगमनमा ६० वटा अटोहरुको चेक जाँच गर्दा अधिकांस अटोहरु तोकिए भन्दा बढी यात्रु लिएर हिड्ने गरेको पाइएको छ ।

चालक सहित ४ जना बोक्न पाउने अटो रिक्साको नियम भएपनि ८ जना सम्म सवारी बोक्ने गरेको पाइएको अस्थाई ट्राफिक प्रहरी पोस्ट चन्द्रौटाका प्रमुख प्रहरी सहायक निरिक्षक रामशरण कुमालले जानकारी  दिए ।

चेकजाँच गर्दा एउटै अटोमा १८ जना सम्म बिद्यार्थी बोक्ने गरेको भेटिएको थियो । शिबराज नगरपालिकामा रहेका अधिकांश अटोहरु लाइसन्स बिना नै सञ्चालन भएको पाइएको छ । ५० वटा अटो चेक गर्दा ३५ वटा अटो लाइसेन्स नभएको भेटिएको छ भने क्षमता भन्दा बढी बोक्ने ९ वटा कुनै प्रकारको कागज पत्र नहुने ७ वटा अटोलाई कारवाही गरिएको कुमालले वताए ।

पहिलो पटक नियमको बारेमा जानकारी दिएर सम्झाई बुझाई पठाएको र फेरी पनि ओभरलोड बोक्ने तीव्र गतिमा हिड्ने, कागजपत्र नबोक्ने अटोलाई कारवाही गर्ने जनाए । लाइसेन्सको बारेमा भने केही सँग लाइसेन्स भएको, केहीले परिक्षा दिएर बसेको र अन्यको लाइसेन्स नभएकोले सबैलाई लाइसेन्सको प्रकृयामा ल्याउने प्रयास भइरहेको बताउदै समय समयमा यसरी नै छड्के चेकजाँच गर्ने कुमालले बताए ।


साइकलजस्ता साना सवारी साधनका कारण सडक दुर्घटना बढेको भन्दै जिल्लामै पहिलो पटक शिवराज नगरपालिकाको शिवपुरबाट उज्यालोमा चम्कने रिफ्लेक्टर स्टिकर टाँस्ने अभियानको थालनी गरेको ट्राफिक प्रहरी पोष्ट चन्द्रौटाका प्रमुख प्रहरी सहायक निरीक्षक रामशरण कुमाल वताए । रात्रिकालिन समयमा साइकलबाट दुर्घटना बढेको भन्दै साइकल तथा साना सवारीहरुम प्राथमिकतामा राखी स्टिकर टास्ने काम गरेको कुमालले जनाए  । त्यस्तै प्रहरीले सवारी चालकहरुलाई टाइमकार्ड तथा ट्राफिक नियम सिकाउने गरेको  वताइएको छ ।

यस्तै चन्द्रौटा वजार आसपासमा ट्राफिक व्यवस्थापनको लागी शिवराज नगरपालिकाले १ लाख वजेट विनियोजन गरेको छ । जसमा प्रहरी अहिले शिवराज नगरपालिका ५ चन्द्रौटा आसपासमा सवारी रोक्ने स्थान छनोट,गति नियन्त्रण गर्न कर्डन बार्क,डिवाइडर लगाएत राखिएको कुमालले जनाकारी दिए । यता ट्राफिक प्रहरीले कपिलवस्तुमा  टिप्परलाई टाइम कार्ड लागु गरेपछी गति कम गर्ने गरेको दावी गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते