२७ मंसिर २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कपिलवस्तु - KPL

चन्द्रौटा ट्राफिकद्धारा चेकजाँचमा कडाई

९ पुष २०७५, सोमबार १३:११

माधव बेल्वासे | पुष ९, कपिलवस्तु | चन्द्रौटा ट्राफिकले पछिल्लो समय सवारी चेकजाँचमा कडाइ गरेको छ ।पुर्व पश्चिम राजमार्गमा हिडने सवारीलाई ट्राफिकले नियमको पालना सिकाउदै कानुन विपरित चलाउने चालकलाई कारवाहि गर्ने गरेको छ । अस्थाई ट्राफिक पोष्ट चन्द्रौटाका प्रमुख रामशरण कुमालको टोली पश्चिमि क्षेत्रमा सवारी दुर्घटना न्युनिकरणका लागी विभिन्न कार्यक्रम समेत गरेको छ ।

अब्यवस्थित भएको गुनासो आए पछि शिबराज नगरपालिकामा रहेका अटो रिक्साहरुको ट्राफिक प्रहरी कार्यलय चन्द्रौटाले छड्के अनुगमन गरेको छ । तीव्र गतिमा हिड्ने, मनपरी भाडा लिने गरेको गुनासो आए पछि गरिएको अनुगमनमा ६० वटा अटोहरुको चेक जाँच गर्दा अधिकांस अटोहरु तोकिए भन्दा बढी यात्रु लिएर हिड्ने गरेको पाइएको छ ।

चालक सहित ४ जना बोक्न पाउने अटो रिक्साको नियम भएपनि ८ जना सम्म सवारी बोक्ने गरेको पाइएको अस्थाई ट्राफिक प्रहरी पोस्ट चन्द्रौटाका प्रमुख प्रहरी सहायक निरिक्षक रामशरण कुमालले जानकारी  दिए ।

चेकजाँच गर्दा एउटै अटोमा १८ जना सम्म बिद्यार्थी बोक्ने गरेको भेटिएको थियो । शिबराज नगरपालिकामा रहेका अधिकांश अटोहरु लाइसन्स बिना नै सञ्चालन भएको पाइएको छ । ५० वटा अटो चेक गर्दा ३५ वटा अटो लाइसेन्स नभएको भेटिएको छ भने क्षमता भन्दा बढी बोक्ने ९ वटा कुनै प्रकारको कागज पत्र नहुने ७ वटा अटोलाई कारवाही गरिएको कुमालले वताए ।

पहिलो पटक नियमको बारेमा जानकारी दिएर सम्झाई बुझाई पठाएको र फेरी पनि ओभरलोड बोक्ने तीव्र गतिमा हिड्ने, कागजपत्र नबोक्ने अटोलाई कारवाही गर्ने जनाए । लाइसेन्सको बारेमा भने केही सँग लाइसेन्स भएको, केहीले परिक्षा दिएर बसेको र अन्यको लाइसेन्स नभएकोले सबैलाई लाइसेन्सको प्रकृयामा ल्याउने प्रयास भइरहेको बताउदै समय समयमा यसरी नै छड्के चेकजाँच गर्ने कुमालले बताए ।


साइकलजस्ता साना सवारी साधनका कारण सडक दुर्घटना बढेको भन्दै जिल्लामै पहिलो पटक शिवराज नगरपालिकाको शिवपुरबाट उज्यालोमा चम्कने रिफ्लेक्टर स्टिकर टाँस्ने अभियानको थालनी गरेको ट्राफिक प्रहरी पोष्ट चन्द्रौटाका प्रमुख प्रहरी सहायक निरीक्षक रामशरण कुमाल वताए । रात्रिकालिन समयमा साइकलबाट दुर्घटना बढेको भन्दै साइकल तथा साना सवारीहरुम प्राथमिकतामा राखी स्टिकर टास्ने काम गरेको कुमालले जनाए  । त्यस्तै प्रहरीले सवारी चालकहरुलाई टाइमकार्ड तथा ट्राफिक नियम सिकाउने गरेको  वताइएको छ ।

यस्तै चन्द्रौटा वजार आसपासमा ट्राफिक व्यवस्थापनको लागी शिवराज नगरपालिकाले १ लाख वजेट विनियोजन गरेको छ । जसमा प्रहरी अहिले शिवराज नगरपालिका ५ चन्द्रौटा आसपासमा सवारी रोक्ने स्थान छनोट,गति नियन्त्रण गर्न कर्डन बार्क,डिवाइडर लगाएत राखिएको कुमालले जनाकारी दिए । यता ट्राफिक प्रहरीले कपिलवस्तुमा  टिप्परलाई टाइम कार्ड लागु गरेपछी गति कम गर्ने गरेको दावी गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली महिला तथा बालबालिकामन्त्री श्रेष्ठद्वारा पदभार ग्रहण उपचारको क्रममा कैदीबन्दीको मृत्यु आगामी निर्वाचनमा सही नेतृत्व चयन गर्न मन्त्री घिसिङको आग्रह नागढुङ्गाबाट खैरो हेरोइनसहित दुई जना पक्राउ विदेशमा पनि मतदानको व्यवस्था मिलाउन प्रमुख आयुक्तलाई अनुरोध नवनियुक्त चार मन्त्रीले लिए शपथ महाधिवेशनबाट २० प्रतिशत युवा केन्द्रीय कमिटीमा ल्याउनुपर्छः उपाध्यक्ष पाण्डे आसन्न निर्वाचनमा सशस्त्र प्रहरी दोस्रो घेरामा परिचालित हुने फोहर व्यवस्थापन केन्द्रमा आगलागी हुँदा रु ६७ लाखको क्षति सशस्त्रद्वारा दुर्घटनामा आधारित कृत्रिम उद्धार अभ्यास प्रस्तुत अमेरिकी व्यापार नीतिको असर, जर्मनीको वृद्धि दर घट्ने सङ्केत ट्रकमा कार ठोक्किँदा वृद्धको मृत्यु जिप दुर्घटनामा तीन जनाको मृत्यु, आठ घाइते हरेक कार्यक्रममा युवापुस्तालाई समेट्नुपर्नेमा सञ्चारमन्त्रीको जोड मन्त्रिपरिषद् विस्तार हुँदै, थपिए चार मन्त्री ‘अण्डा’को लागत मूल्य बढ्यो सुनचाँदीको मूल्य निरन्तर उकालोतिर नागढुङ्गा मलेखु सडकखण्ड : शुक्रबार र शनिबार आंशिक बन्द नहुने