२०८२, २३ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दाङ्ग - DNG

दुई सय पचास बिद्यार्थीलाई छात्रबृत्ति बितरण

२०७२, १७ माघ आईतवार ०८:४७

सन्तोषकुमार गुप्ता/ माघ १७, भालुवाङ ।  नेपाल राष्ट्रिय माध्यमिक विद्यालय भालुवाङ्गमा अध्ययनरत दुई सय पचास जना विद्यार्थीहरुलाई बुधबार विद्यालयमै एक कार्यक्रमको आयोजना गरी छात्रबृत्ति वितरण गरिएको छ ।

विद्यालयमा अध्ययनरत कक्षा १ देखि कक्षा ८ सम्मका दलित तर्फ छात्र—छात्रा र अन्य छात्रा विद्यार्थीहरुलाई जनही चार सयका दर उक्त छात्रबृत्ति वितरण गरिएको हो । जिल्ला शिक्षा कार्यालय दाङ्गको अनुदानमा बार्षिक कार्यक्रम अन्र्तगत यस बर्ष जम्मा एक लाख रुपैयाँ छात्रबृत्ति वितरण गरिएको विद्यालयले जनाएको छ ।

विद्यालय व्यवस्थापन समितीका अध्यक्ष हेमराज रोकामगरको अध्यक्षतामा भएको छात्रबृत्ति वितरण कार्यक्रममा विद्यालयका प्रधानध्यापक डिलबहादुर कुमालले आर्थिक बर्ष २०७१/०७२ को ४७ लाख ७० हजार ४ सय ९७ रुपैयाँ ७९ पैसा सहितको सामाजिक प्रतिवेदन प्रस्तुत गरेका थिए । कार्यक्रममा विद्यालय व्यवस्थापन समितीका सदस्य नरेन्द्रमान केसी, महिला सदस्य जीवन गुप्ता, शिक्षक अभिभावक संघका संयोजक रामजीप्रसाद गुप्ता र पत्रकार बिदुर एमसी लगायतका बक्ताले मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रमको सञ्चालन शिक्षिका यशोदा पुनले गरेकी थिईन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
श्रम स्वीकृति रोक्का र शुल्क कडाइको असर: वैदेशिक रोजगारको माग क्रमश खुम्चदै विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी