२०८२, २२ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुगु - MG

मुगुमा माछापुच्छ्रे बैकको सेवा झन्झटिलो

२०७५, १० पुष मंगलवार ०७:२६

नन्द बहादुर रोकाया । पुस १०, मुगु । मुगुको पश्चिम खत्याड गाउँपालिकामा स्थापना गएिको माछापुच्छ्रे बैंकको शाखाबाट प्रवाह हुने सेवा सुस्त हुँदा सेवाग्राही मर्कामा परेका छन । 

गाउँपालिकाले सो बैकको शाखा स्थापना गरे पनि बैकको सेवा निकै झन्झटिलो भएको सेवाग्राहीले जनाएका छन । नयाँ बैक खाता खोल्न पुगेका सेवाग्राहीले चेक बुक एक हप्ता पछि मात्र पाउने गरेका छन । कुनै पनि उपभोक्ता समिति, समुहले संयुक्त बैक खाता खोल्नु परेमा चेकमा दस्तखत गर्ने सबैको अनिवार्य एकल खाता खोल्नु पर्ने , उपभोक्ता समितिको बैक खाता खोल्न गएिको निर्णयको प्रतिलिपी गाउँपालिकाले प्रमाणित गरि पठाए पनि सेवाग्राहीले अझै सास्ती व्यहोर्नु परिरहेको गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत मणिचन्द्र कार्कीले बताए । 

बैकले राजश्व जम्मा नगर्ने भएकाले गाउँपालिकामा संकलन हुने राजश्व करकटिट बाट आउने कम जम्मा गर्न सदमुकाम स्थित बाणिज्य बैकमा धाउनु पर्ने बाध्यता रहेको कार्कीको भनाई छ ।बैकले आफना ग्राहक बढाउन सेवा ग्राहीलाई दुख दिने काम गरिरहेको गाउँपालिकाका कृषि शाखा प्रमुख पञ्चलाल कार्कीले बताए । बैकले कुनै निजी फर्म वा कम्पनिको खाता खोल्नु पेरेमा निजी फर्म तथा कम्पनिका सञ्चालकले अनिवार्य व्यक्तिगत खाता खोल्नु पर्ने बाध्यता बैकले सिर्जना गरेका  उनको भनाई छ । थ्रि जि  र भिस्याट प्रविधीको ईन्टनेट सेवा सुस्त रहेको सौर्य उर्जाबाट सेवा प्रवाह गर्नु पर्ने भएकाले बैकको सेवा केही ढिलो हुने गरेको बैकका शाखा प्रमुख नविन चन्दले बताए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते