२०८२, २३ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दाङ्ग - DNG

दाङमा सवारी चालकको निःशुल्क स्वास्थ्य परीक्षण

२०७५, ११ पुष बुधबार १२:११

पुस ११, दाङ | सवारी दुर्घटना मानवीय कमजोरीले हुने गरेको भन्दै प्रदेश नम्बर ५ को प्रहरीले दुर्घटना न्यूनीकरण गर्न सवारी चालकलाई निःशुल्क स्वास्थ्य जाँच शिविर शुरु गरेको छ । 

लमही राजमार्गमा लामो तथा छोटो दूरीका सवारी चालकलाई बाटोमा नै निःशुल्क स्वास्थ्य परीक्षण गरिएको प्रदेश नम्बर ५ का प्रहरी प्रवक्ता पुष्पराज मल्लले जानकारी दिनुभयो । सो शिवरमा १३५ चालकको स्वास्थ्य परीक्षण (रक्तचाप र आँखा) गरिएको थियो । लमही नगरपालिका, नेपाल नेत्रज्योति सङ्घ लमही आँखा अस्पताल र लमही अस्पतालको सहयोगमा सो शिविर सञ्चालन गरिएको थियो । त्यस्तो शिविर प्रदेशका अन्य स्थानमा पनि सञ्चालन गरिने प्रवक्ता मल्लले जानकारी दिनुभयो । 

गत शुक्रबार तुलसीपुर उपमहानगरपालिका–३ राम्रीमा भएको बस दुर्घटनामा परी विद्यार्थी, शिक्षक, बस चालक र सहचालक गरी २३ को ज्यान जानुका साथै १४ घाइते भएका थिए । घाइतेमध्ये सात जना उपचारपछि फर्किसकेका छन् । त्यसैगरी गत मङ्सिर मसान्तका दिन चितवनबाट दुलही लिएर बाँकेको राप्ती सोनारी गाउँपालिकातर्फ आउँदै गरेको जन्तीको गाडी दुर्घटना हुँदा दुलाहाका बुबा आमासहित छ जनाको लमही नगरपालिका–९ रिहारमा मृत्यु भएको थियो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते