२०८२, १ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दाङ्ग - DNG

लालमटियामा क्षेत्र स्तरिय ८ औँ रनिङ्गशिल्ड प्रतियोगिता शुरु

२०७२, २ फाल्गुन आईतवार १३:४२

runningसन्तोषकुमार गुप्ता/फागुन २, भालुवाङ् । देउखुरी आदर्श उच्च माध्यमिक विद्यालय लालमटियामा आईतबार देखि क्षेत्र स्तरिय ८ औँ राष्ट्रपति रनिङ्गशिल्ड खेलकुद प्रतियोगिता शुरु भएको छ ।

आदर्श उच्च माध्यमिक विद्यालय लालमटियाको आयोजना एवम् जिल्ला खेलकुद विकास समिती दाङ्गको सहयोगमा प्रत्येक बर्ष झै यस बर्ष पनि दाङ्ग निर्वाचन क्षेत्र नम्बर २ स्तरिय विभिन्न विद्यालयमा आयोजना गरिने राष्ट्रपति रनिङ्गशिल्ड प्रतियोगिता यस बर्ष लालमटियामा आयोजना गरिएको हो । विद्यालयमा पढाईने बिषयबस्तु अन्र्तगत खेलकुद प्रतियोगिताको आयोजना गराई खेलकुदको विकासबाट राष्ट्रिय पहिचान कायम गराउन खेलकुल प्रतियोगिता आयोजना गरिएको हो ।

आदर्श उच्च माध्यमिक विद्यालयको व्यवस्थापन समितीका अध्यक्ष कृष्णप्रसाद आचार्यको अध्यक्षता एवम् जिल्ला खेलकुद विकास समितीका अध्यक्ष डिल्लीबहादुर डाँगीको प्रमुख आतिथ्य तथा विद्यालय निरक्षक बेगम केसीको बिशिष्ट आतिथ्यमा प्रतियोगिताको उद्घाटन गरिएको हो ।

विद्यालयका प्राचार्य दामोदर पाण्डेको स्वागत मन्तव्यबाट शुरु भएको कार्यक्रममा बोल्ने बक्ताहरुले अहिलेको आवश्यकता खेलकुदको विकास भएकोले खेलकुदको विकास नै प्रमुख बिषय भएको बताएका थिए । खेलकुदको विकासका लागि राज्यले खेलकुदमा लगानी र खेलाडी मनोबल बढाउने खालका कार्यक्रम ल्याउन सकेमात्र खेलकुदको विकासमा उल्लेखिनिय विकासमा टेवा पुग्ने बताएका थिए ।

मध्यपश्चिम खेलकुद विकास समितीका सदस्य देवेन्द्र बैरागी, कार्यक्रममा लालमटिया स्रोत केन्द्रका स्रोत व्यक्ति बिप्लब अधिकारी, लालमटिया गाविस सचिव दामोदर पोख्रेल, जिल्ला खेलकुद विकास समिती क्षेत्र नम्बर २ की संयोजक सिता चौधरी, ईलाका प्रहरी कार्यालय भालुवाङ्गका प्रहरी प्रमुख मदन केसी, आदर्श उच्च माध्यमिक विद्यालयको पूर्व व्यवस्थापन समितीका अध्यक्ष लालमणि शर्मा, सोही विद्यालयका शिक्षक अभिभावक संघका पूर्व संयोजक नुमाननद सुवेदी, आदर्श उच्च मावि देउपुरका प्राचार्य शशीधर ज्ञवाली र पत्रकार ओमप्रकाश गुप्ता लगायतका बक्ताले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

khel suru

आदर्श उच्च माध्यमिक विद्यालयका शिक्षक अभिभावक संघका संयोजक बुद्धिराम चौधरीले धन्यबाद ज्ञापन गरेको कार्यक्रममा एनडिसी ग्रुपका कलाकारहरुले विभिन्न सांस्कृतिक प्रस्तुतिहरु समेत देखाएका थिए । कार्यक्रमको सञ्चालन शिक्षक जीवराज शर्माले गरेका थिए ।

फागुन ४ गते तीन सम्म सञ्चालन हुने राष्ट्रपति रनिङ्गशिल्ड खेलकुद प्रतियोगितामा दाङ्ग निर्वाचन क्षेत्र नम्बर २ अन्र्तगतका १३ वटा सामुदायिक तथा निजी बिद्यालयले भाग लिएको क्षेत्र स्तरिय ८ औँ राष्ट्रपति रनिङ्गशिल्ड खेलकुद प्रतियोगिता मूल समितीका सदस्य तथा खेलकुद संयोजक शिक्षक ठाकुर भुसालले जानकारी दिएका छन् ।

जस अन्र्तगत आईतबार भएको पन्ध सय मिटर दौड फाईनल छात्र तर्फ ज्ञानोदय मावि पथरगढवाका आर्षिश चौधरी प्रथम, सर्वोदय उमावि सिसहनियाँका भक्तबीर बिरकट्टा द्धितीय, नेपाल राष्ट्रिय मावि भालुवाङ्गका टार्जन रोकामगर तृतीय, सोही प्रतियोगिताको फाईन छात्रा तर्फ उच्च मावि मौरीघाटकी आसा खड्का प्रथम, सर्वोदय उमावि सिसहनियाँकी सन्जु चौधरी द्धितीय, बालकल्याण मावि पहरुवाकी सुस्मिता चौधरी तृतीय भएको खेलकुद संयोजक शिक्षक ठाकुर भुसालले जानकारी दिए ।

shild

त्यसैगरी सटफुट छात्र तर्फ ज्ञानोदय मावि पथरगढवाका पवन चौधरी प्रथम, सर्वोदय उमावि सिसहनियाँका अनिल चौधरी द्धितीय, आर्दश उच्च मावि लालमटियाका परिवर्तित केसी तृतीय, सोही प्रतियोगिताको फाइृनल छात्रा तर्फ ज्ञानोदय मावि पथरगढवाकी सिमा चौधरी प्रथम, शंकर मावि पिपरीकी इन्दु चौधरी द्धितीय, सर्वोदय उमावि सिसहनियाँकी अम्बिका चौधरी तृतीय भएको खेलकुद संयोजक शिक्षक भुसालले जानकारी दिए । यो समाचार तयार पार्दा सम्म आईतबार सम्पन्न हुने एक सय मिटर, चार सय मिटर छात्र छात्रा फाईनल दौड र छात्र छात्रा फाईनल लमजम जारी रहेको आयोजकले जानकारी दिए ।

फागुन ३ गते सोमबार तीन हजार मिटर, आठ सय मिटर, दुई सय मिटर छात्र छात्रा फाईनल दौड, चार मिटर गुणा ४, दुई सय मिटर हिट रिले छात्र छात्रा फाईनल, छात्रा छात्र फाईनल हाईजम, ज्याबलिङ्ग थ्रो हुने आयोजकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
फागुनमा पाथीभरामा ३१ लाखभन्दा बढी भेटी सङ्कलन एमालेमा नेतृत्व परिवर्तन हुँदैन: महेश बस्नेत प्रतिनिधिसभा निर्वाचनमा ४.७ प्रतिशत मत बदर स्वदेश फर्कन चाहने नेपालीहरूलाई आवेदन दिन कतारस्थित दूतावासको अनुरोध श्रम संस्कृति पार्टीले टुंग्यायो चार जना समानुपातिक सांसदकाे नाम सभापति थापालाई ३० बढी नेताहरूले पदबाट राजीनामा नदिन आग्रह ग्याँस र इन्धनको कृतिम अभाव सिर्जना गर्ने तथा कालोबजारी गर्नेमाथि महानगरपालिकाको निगरानी एमालेको सचिवालय बैठक जारी इनिशा बिक हत्या प्रकरणमा दोषीलाई कारबाहीको माग गर्दै विरोध प्रदर्शन मध्यपूर्वको द्वन्द्वप्रति सरकार गम्भीर छ : परराष्ट्रमन्त्री शर्मा कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलायो भैरहवामा ग्यासको अभाव हुँदा उपभोक्ता मारमा रास्वपाको सचिवालय बैठक सर्यो निर्वाचन समीक्षा र समानुपातिक सांसदको टुंगो लगाउन एमाले सचिवालय बैठक बस्दै साउदीमा इरानको भीषण आक्रमण, पाँच अमेरिकी विमान क्षतिग्रस्त कांग्रेस उठ्नेछ, जित्नेछ र देशलाई फेरि नेतृत्व गर्नेछ: देवराज चालिसे ज्ञानेन्द्र शाहीको चुनावी खर्च विवरण सार्वजनिक, खर्च २० लाख ५५ हजार इरानी नागरिकलाई आगमन भिसा नदिने गृह मन्त्रालयको निर्णय ऋषि धमलाको चुनावी खर्च विवरण सार्वजनिक, १२ लाख ६५ हजार खर्च कम्बोडियाबाट २१ नेपालीको उद्धार