२०८२, २३ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

म्याग्दी - MGD

जनप्रतिनिधिको तलब विपन्नको शिक्षामा

२०७५, १२ पुष बिहीबार ०५:५६

पुस १२, म्याग्दी | म्याग्दीको अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष डमबहादुर पुनले जनप्रतिनिधिका हैसियतमा आफूले पाएको सुविधा सामाजिक काममा लगानी गर्नुभएको छ । 

राज्यले जनप्रतिनिधिको तलबको रूपमा उपलब्ध गराएको रकम गरीब, विपन्न र अनाथ बालबालिकाको शिक्षामा परिचालन गर्नुभएको हो । अन्नपूर्ण गाउँपालिका–६ घारस्थित मुक्तिमार्ग माविले ६०औँ वार्षिकोत्सवको अवसरमा बुधबार आयोजना गरेको समारोहमा अध्यक्ष पुनले हालसम्म तलबभत्तावापत प्राप्त भएको रु सात लाख ३५ हजार कोषमा जम्मा गरेको जानकारी दिनुभयो । 

कोषबाट गत वर्ष पाउद्धार माविबाट एसइई उत्तीर्ण गरेका पाउद्धारका काजल रोकालाई इञ्जिनीयरिङ विषयको अध्ययनका लागि रु एक लाख पचास हजार सहयोग गरिसक्नुभएको छ । परिवारको कमजोर आर्थिक अवस्थाका कारण राम्रो जिपिए ल्याएर एसइई उत्तीर्ण गरेका रोका आफूले रोजेको विषयमा उच्च शिक्षा हासिल गर्न क्याम्पस भर्ना हुन नसकेर समस्यामा परेका थिए । 

यसैगरी कालीगण्डकी नदीमा आएको बाढीले बगाएको अन्नपूर्ण–४ कोप्चेपानीको धौलागिरि आधारभूत विद्यालयको भवन पुनःनिर्माण र ज्ञानप्रकाश माविलाई रु ५०÷५० हजार सहयोग गर्नुभएको छ । गाउँपालिकाका सामुदायिक माध्यमिक विद्यालयबाट एसइई परीक्षामा सर्वोकृष्ट जिपिए ल्याउने एक÷एक जना छात्रछात्रालाई रु ५०÷५० हजार पुरस्कार उपलब्ध गराउने अध्यक्ष पुनले बताउनुभयो । 

विकट र दुर्गम क्षेत्रका विपन्न बालबालिकाको उच्च शिक्षामा पहुँच बढाउन गरीब, विपन्न र अनाथ बालबालिकालाई सघाएको अध्यक्ष पुनको भनाइ छ । गण्डकी प्रदेश सरकारले गाउँपालिकाको अध्यक्षका लागि मासिक रु ३० हजार तलब तोकेको छ । 

तलबका अतिरिक्त विभिन्न बैठक, कार्यक्रममा सहभागी हुँदा प्राप्त गरेको भत्तालाई पनि उहाँले कोषमा जम्मा गर्नुभएको छ । पारिवारिक समस्याका कारण पढ्ने उमेरमा कक्षा ८ उत्तीर्ण भएपछि भारतीय गोर्खा सैनिकमा भर्ती हुन जानुपरेको आफ्नो जस्तो बाध्यता अरुलाई नपरोस् भनेर तलबलाई शिक्षामा परिचालन गर्ने निर्णय गरेको अध्यक्ष पुनले बताउनुभयो । 

भारतीय गोर्खा सैनिकका सेवानिवृत्त क्याप्टेन पुनले सेवानिवृत्त भएपछि म्याग्दीको पर्यटकीयस्थल घोडेपानीमा होटल व्यवसाय सञ्चालन गर्दै आउनुभएको छ । विसं २०७४ वैशाखमा भएको स्थानीय तह निर्वाचनमा उहाँ नेपाली काङ्ग्रेसको तर्फबाट निर्वाचित हुनुभएको थियो । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते