2026-09-28 06:57 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

तेह्रथुम - TRT

खड्गबहादुर बचाउ अभियानमा ५५ लाख सङ्कलन

पुस १२, तेह्रथुम | तेह्रथुमको फेदाप गाउँपालिका–२, ओयाक्जुङ घर भई हाल दुबई जेलमा रहेका खड्गबहादुर जोगीलाई स्वदेश फर्काउन रु ५५ लाख जम्मा भएको छ । 

जोगी बचाउ अभियानका अनुसार उनलाई स्वदेश फर्काउन आवश्यक पर्ने ‘ब्लडमनि’ रु ६२ लाख करीब–करीब जम्मा भइसकेको छ । हालसम्म नेपाल बैंकको खातामा रु ५५ लाख बढी रकम जम्मा भएको र अझै देश विदेशमा जम्मा भएको रकम आउन बाँकी रहेकाले स्वदेश फर्काउन आवश्यक रकम सङ्कलन भइसकेको अभियानले जनाएको छ । जोगीलाई स्वदेश फर्काउन समाजसेवी राधिका पोखरेलले रु एक लाख प्रदान गर्नुभएको छ । 

यस्तै युवटुवर भाग्य न्यौपानेले पनि जोगीका बारेमा भिडियो बनाई सहयोग सङ्कलन गरी रु १० लाख एकमुष्ट हस्तान्तरण गर्नुभएको अभियन्ता मित्र नेपालीले बताउनभयो । जोगी २०७० सालमा युएई गएका आफूसँगै काम गर्ने फिलिपिनी नागरिकको हत्या आरोपमा चार वर्षदेखि जेल सजाय भोगिरहेका छन् । 

परिवारका अनुसार २०१४ मे ६ मा खड्गबहादुरसँगै काम गर्ने फिलिपिन्सका नागरिक गाडीबाट खसेका थिए । साथी गाडीबाट खसेपछि उनले कम्पनीमा खबर गरे । कम्पनीकै गाडीमा राखेर अस्पताल पुर्याउँदा साथीको मृत्यु भएको थियो । फिलिपिनी साथीको मृत्यु भएकै दिन प्रहरीले खड्गबहादुरलाई अनुसन्धानका लागि पक्राउ गरेको थियो । खड्गबहादुरलाई अदालतले पाँच वर्ष कैद र रु दुई लाख जरिवाना तिर्नुपर्ने फैसला गरेको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेस महाधिवेशनले पार्टीको भविष्यको दिशा तय गर्नेछ : शशांक कोइराला निरन्तर वर्षाले रामघाटमा सेती नदी थुनियो, नदीतटीय बासिन्दालाई सतर्क रहन आग्रह विदेशमा रहेका नेपालीको मतदानबारे निर्वाचन आयोगले अघि बढायो छलफल रुकुम पश्चिममा खोलाले बगाउँदा ५८ वर्षीया महिलाको मृत्यु स्वदेश फर्किए प्रधानमन्त्री बालेन्द्र शाह कांग्रेस महाधिवेशन : अधिकांश निर्वाचन क्षेत्रमा क्षेत्रीय अधिवेशन जारी बल्खुमा एक युवकमाथि खुकुरी प्रहार गर्ने चार जना पक्राउ साउदीमाथि हुथीको आक्रमण तीव्र कृष्णभीरको पहिरो पन्छाइयो, नागढुंगा–मुग्लिन सडकमा सवारी सञ्चालन सप्तकोसीमा पानीको बहाव घट्दै, कोसी ब्यारेजमा ३९ ढोका खुला नारायणीमा बाढीको उच्च जोखिम: जलस्तर ८.७ मिटर पुग्यो भोटेकोसी बाढीपछि ५ हजार २८५ जना सम्पर्कविहीन, १ हजार ४५१ जनाको शव भेटियो कोशी ब्यारेजमा खतराको तह पार, ५६ मध्ये ४३ ढोका खोलिए प्रधानमन्त्री बालेन्द्र शाह आज स्वदेश फर्किँदै पहिरोले राजमार्ग अवरुद्ध, ११ सडकखण्डमा यातायात प्रभावित मौसम पूर्वानुमान महाशाखाद्वारा विशेष चेतावनी, आज र भोलि उच्च सतर्कता अपनाउन आग्रह वर्षाका कारण फोहोर व्यवस्थापन प्रभावित, केही समय फोहोर बाहिर ननिकाल्न महानगरको आग्रह कांग्रेस अधिवेशनमा विराटनगरमा दुई पक्षबीच कुटाकुट टिभी चलाउने क्रममा करेन्ट लागेर १० वर्षीय बालकको मृत्यु, बचाउन खोज्दा चार घाइते कान्ति लोकपथको पहिरो हटाइयो, सावधानीपूर्वक यात्रा गर्न आग्रह