2026-09-14 10:18 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

पर्वतमा लप्सी प्रशोधन गर्न भ्याइनभ्याई

लक्ष्मीप्रसाद सापकोटा | पुस १२, पर्वत | लप्सी जिल्लाका रूपमा परिचित पर्वतमा यस वर्ष फलेका लप्सी टिपेर प्रशोधन गर्न यतिबेला कृषकलाई भ्याइनभ्याई भएको छ । 

नेपालमै सबैभन्दा बढी लप्सी उत्पादन हुने यस जिल्लाका विभिन्न तीन स्थानमा प्रशोधन उद्योग सञ्चालित छन् । जिल्लाको मुडिकुवामा सञ्चालित सामुदायिक खाद्य प्रशोधन उद्योग, झाक्रीसल्ला लप्सी तथा खाद्यान्न उद्योग, दुर्लुङ्ग र लप्सी विकास समूह खानीगाउँमा रहेका तीन वटा उद्योगले यसै सातादेखि प्रशोधन थालेका हुन् । धान कोदो जस्ता मुख्य खाद्यान्न बाली थन्क्याइसकेपछि उनीहरूले प्रशोधन शुरु गरेका हुन् । 

गत वर्ष जिल्लामा झण्डै ६० टन लप्सी प्रशोधन गरिएकामा यस वर्ष एक सय टन लप्सी प्रशोधन गर्ने लक्ष्य राखिएको छ । जिल्लामा कूल १३० मेट्रिक टन लप्सी उत्पादन भए पनि अझै ३० मेट्रिक टन लप्सी प्रशोधन हुन सकेको छैन । जनशक्ति र प्रविधिको अभाव तथा पर्याप्त बजार नहुँदा उत्पादित सबै लप्सी प्रशोधन गर्न नसकिएको पर्वत सामुदायिक खाद्य प्रशोधन उद्योगका सञ्चालक थानेश्वर भुसालले जानकारी दिनुभयो । उहाँले आफ्नो उद्योगमा मात्र यस वर्ष झण्डै ५० टन लप्सी प्रशोधन गर्ने योजना रहेको बताउनुभयो । 

जलवायु परिवर्तनको असरका कारण अहिलेसम्म लप्सी नपाकेको र गाउँ गाउँमा रहेका ठूला बोटका लप्सी टिप्ने जनशक्तिको अभाव भएकाले पनि गत वर्षभन्दा यस वर्ष प्रशोधनमा ढिलाइ भएको हो । भुसालका अनुसार अहिले उद्योगमा जति बढी लप्सी आए पनि प्रशोधन गर्ने योजना रहेको सुनाउनुभयो । तीन वर्षपहिले उत्पादित लप्सीका दश लाख बराबरका परिकारहरू अमेरिका पठाएका भुसालले नेपालमा भन्दा पनि बढी विदेशमा माग रहेको बताउनुभयो । उहाँले व्यावसायिक हिसाबले उद्योगबाटै थोकमा विदेश नगए पनि गत वर्ष विदेश जाने नेपालीबाट खुद्रा बिक्रीका रूपमा झण्डै १५ टन विदेश गएको बताउनुभयो । 

लप्सीबाट माडा, अचार, क्याण्डी, तितौरा, जाम, लप्सी धुलो, पिरो क्याण्डी लगायतका परिकार बन्दै आएका छन् । एक गाउँ एक उत्पादनअन्तर्गत नेपाल सरकारबाट लप्सी प्रशोधनसम्बन्धी आधुनिक मेशिन भित्रिएपछि गत वर्षदेखि प्रशोधनमा समेत सहज भएको कृषकको भनाइ छ । पर्वतमा १६ वर्षअघि देखि लप्सी प्रशोधनका लागि स्थापित सामुदायिक खाद्य प्रशोधन उद्योगले मात्रै यस वर्ष ५० मेट्रिक टन प्रशोधन गर्ने लक्ष्य राखेको छ भने अन्य दुई उद्योगले पनि २०÷२० टन प्रशोधन गर्ने योजना बनाएको बताएका छन् । 

लप्सी प्रशोधनबाट यस वर्ष झण्डै एक करोडको कारोवार गर्ने तीनवटै उद्योग सञ्चालकहरूको अपेक्षा रहेको छ । सामुदायिक खाद्य प्रशोधन उद्योगले मात्र विगतका वर्षहरूमा ३० लाखभन्दा बढीको कारोवार गर्र्दै आएकामा यस वर्ष धेरै प्रशोधन गर्ने लक्ष्य राखिएकाले कारोवार पनि बढ्ने सञ्चालक थानेश्वर भुसालले बताउनुभयो । एक जिल्ला एक उत्पादनअन्तर्गत लप्सी छनोट हुनुले उद्योगको विस्तार र विकासमा थप हौसला मिलेको हो । जिल्लाका साविकका ३५ गाविसमा लप्सीको उत्पादन हुँदै आएको छ । कुनै बेला जङ्गलमा त्यसै झरेर कुहिने लप्सी पछिल्लो समय प्रशोधन गर्न थालेपछि आम्दानीको राम्रो स्रोत बनेको छ । लप्सी प्रशोधनमा तत्कालीन जिल्ला वन कार्यालय, जिल्ला कृषि विकास कार्यालय र घरेलु तथा साना उद्योग विकास समितिले समेत सघाउ पु¥याउँदै आएका थिए । 

कृषि उद्यमी तथा नेपाली काङ्ग्रेसका पूर्वमुख्य सचिव ऋषिकेश तिवारीले २०५५ सालदेखि पर्वतमा लप्सीको सम्भावना देखेर यसको प्रशोधन प्रक्रिया शुरु गर्नुभएको थियो । पर्वत सामुदायिक विकास संस्थामार्फत उद्योग सञ्चालनका लागि प्राविधिक प्रक्रियामा लाग्नुभएका तिवारीको सक्रियतामा लामो सङ्घर्षपछि उद्योग सञ्चालनमा ल्याइएको थियो । वनपाखामा त्यसै खेर जाने लप्सीबाट आम्दानी गर्न सकिने भएपछि पर्वतका झण्डै साबिकका ३५ गाविसमा यसको व्यावसायिक खेतीसमेत शुरु भएको छ । पर्वतमा लप्सीसँगै अदुवा, अलैँची, अमला, बेसार, टिमुर, खुर्सानी लगायतको प्रशोधनसमेत हुँदै आएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
चाडपर्वले विविधताबीचको एकता, आपसी सम्मान र सामाजिक सद्भावलाई बलियो बनाउँदै आएको छ : गगन थापा बाढी प्रभावित १५ स्थानीय तहका जनप्रतिनिधिसँग प्रधानमन्त्री शाहको छलफल भोटेकोशी बाढीमा १,३९२ जनाको मृत्यु, ४,०८९ अझै बेपत्ता देशभर हरितालिका तीज मनाइँदै सोमबार सुनचाँदीको मूल्य घट्यो मलेसियाको FWCMS भित्र छिरेका २५० म्यानपावरको पूर्वस्वीकृति रोक्का, छानबिन सुरु ब्रिक्स समूह कसैको विरुद्धमा छैन : मोदी विपद्को पूर्वतयारी र प्रभावकारी व्यवस्थापन नहुँदा ठूलो मानवीय क्षति भयो : कुलमान घिसिङ महाधिवेशनको तयारीका लागि देउवा समूहले खटायो ७७ जिल्लामा प्रतिनिधि संविधान रक्षाका लागि सबै परिवर्तनकारी शक्ति एक हुनैपर्छ: माधव नेपाल भोटेकोशी बाढीले बगाएको गरगहनासहित एक जना पक्राउ नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्दै यूएईलाई हराउँदै नेपाल एसिया कपमा कम्युनिस्ट पार्टीहरू एकीकरण र सुदृढीकरण गर्दै नयाँ कार्यदिशामा अघि बढ्नुपर्छ : झलनाथ खनाल भोटेकोशी बाढीले १२ बैंकका १७ शाखामा क्षति भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार ३८४ पुग्यो, ४ हजार ८९ अझै बेपत्ता युएईमा अलपत्र नेपालीको उद्धार गर्न मन्त्री महावीर पुनको आग्रह तीन दिनभित्र कृष्णभीर सडक खण्डमा यातायात सञ्चालन गर्ने तयारी धादिङको परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १३ अर्ब २३ करोड रुपैयाँ