२०८२, २१ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कालिकोट - KLK

कालिकोटलाई मदिरा निषेधित क्षेत्र घोषणा नगर्न आदेश

२०७५, १२ पुष बिहीबार १५:४५

पौष १२, कालिकोट । कालिकोट जिल्लाको समन्वय समितिको दोस्रो सभाले जिल्लालाई मदिरा निषेधित क्षेत्र घोषणा गर्ने गरेको निर्णय कार्यान्वयन नगराउन उच्च अदालत सुर्खेतको जुम्ला इजालसले फैसला गरेको छ । उच्च अदालत जुम्लाका न्यायाधीश तेजबहादुर कार्कीको एकल इजालसले निर्णय कार्यान्वयन नगर्न आदेश जारी गरेको हो ।


उद्योग बाणिज्य संघ कालिकोटका कोषाध्यक्ष भानुभक्त आचार्यले कालिकोट जिल्लालाई मदिरा निषेधित क्षेत्र घोषणा गर्ने निर्णयबिरुद्धमा उच्च अदालत सुर्खेतको जुम्ला इजलासमा मुद्दा दायर गरेका थिए । जिल्ला समन्वय समितिका प्रमुख अनिपाल शाही, जिल्ला समन्वय समिति, जिल्ला प्रहरी कार्यालय र रास्कोट नगरपालिकालाई विपक्षी बनाएर दायर गरिएको मुद्दामा ‘प्रस्तुत निवेदन पत्रमा माग भएको अन्तरिम आदेश सम्बन्धमा विचार गर्दा विपक्षी रास्कोट नगरपालिकाले प्रहरीको सहयोगमा २०७५ पुस ०२ मदिरा जफत गरेको कार्य न्यायोचित छैन भनी प्रस्तुत निवेदन पत्रमा उल्लेख भएको र यससम्बन्धी भर्पाइ संग्लन गरेको स्थितिमा यो निवेदनको अन्तिम टुंगो लागेका बखत ठहरे बमोजिम हुने गरी हाललाई सुविधा सन्तुलनको दृष्टिकोणले प्रचलित कानुनबमोजिम अन्तशुल्क लागेको मदिरा जफत गर्ने कार्य नगर्नु नगराउनु भनी विपक्षी नं. ३ रास्कोट नगरपालिका कालिकोट र विपक्षी नं. ४ जिल्ला प्रहरी कार्यालय कालिकोटका नाममा उच्च उदालतको नियमावली २०७३ को नियम ४२ (२) बमोजिम अन्तरिम आदेश जारी गरिएको छ’ फैसलामा भनिएको छ । 

हौसियो उद्योग बाणिज्य संघ मदिरा निषेधित क्षेत्रबिरुद्धमा रहेको कालिकोट उद्योग बाणिज्य संघले उच्च अदालतको फैसलापछि बिहीबार पत्रकार सम्मेलन गरेर उच्च अदालतको फैसलाका विषयमा जानकारी गराएको छ । उद्योग बाणिज्य संघ, कालिकोटका अध्यक्ष सूर्यबहादुर शाहीले कार्यान्वयन नहुने निर्णय लागू गर्न उपयुक्त नभएको बताए । ‘जिल्ला समन्वय समितिले गरेको निर्णय कुनै आधारमा लागू नहुने निर्णय भएको थियो ।’ उनले भने, ‘उच्च अदालतले हाम्रो पक्षमा फैसला गरेको छ ।’ उच्च अदालतले सही फैसला गरेको र जिल्ला समन्वय समितिले आफ्नो अधिकार क्षेत्र मिचेर काम गरेको हुनाले निर्णय लागु हुन समस्या भएको उद्योग बाणिज्य संघ कालिकोटका कानुनी सल्लाहकार अधिवत्ता हिक्मतबहादुर बिष्टले बताए । ‘जिल्ला समन्वय समितिले कानुनले तोकेको क्षेत्राधिकार बाहिर गएर निर्णय गरेको थियो।’ उनले भने,‘यो निर्णय कार्यान्वयन नहुने निश्चित छ ।’

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते नागरिकका आवाजलाई दमन गर्ने वा नागरिकका मुद्दा बन्देज लगाउने व्यवहार अब हुँदैन: रवि लामिछाने