Skip to content
Friday, July 17, 2026 Nepali Online Media

नवलपरासीबाट लागुऔषधसहित दुई युवा पक्राउ

By kit 2 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

<p>पुस १३, काठमाडौं | नवलपरासीमा प्रहरीले लागुऔषधसहित दुई युवालाई पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय नयाँबेलहानी, दुम्कीबास नवलपरासीले लागुऔषधसहित नवलपरासी सरावल गाउँपालिका–७ निवासी २१ वर्षीय इमामुद्दिन अलि र गैँडाकोट नगरपालिका–२ निवासी २० वर्षीय मञ्जित क्षेत्रीलाई लागुऔषधसहित प्रक्राउ गरेको हो ।&nbsp;<br></p><p>बिहीबार साँझ पक्राउ परेका उनीहरुको साथबाट स्पासोरिड २५२ ट्याब्लेट, नाइट्रोभेट २८७ ट्याब्लेट, इप्पल ६८, फेनेरागन ६८ र डाइजापाम ६८ एम्पुल, ज्लेनाकफ सय मिलीलिटरको दुई बोतल बरामद गरेको छ । पक्राउ परेका दुवै जनालाई लागुपदार्थ ओसारपसार असभयोगमा मुद्दा दायर गरी थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।&nbsp;</p>