Skip to content
Friday, July 17, 2026 Nepali Online Media

बेलौरीमा तीनदिने माघी मेला आयोजना हुने

By kit 3 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

पुस १३, कञ्चनपुर | कञ्चनपुरको बेलौरी नगरपालिकामा थारु संस्कृति जगेर्ना गर्ने उद्देश्यले तीनदिने माघी मेलाको आयोजना हुने भएको छ ।

थारु कल्याणकारणी सभा बेलौरी नगर समितिको आयोजना तथा बेलौरी नगरपालिकाको सह आयोजनामा पुस २७ गतेदेखि २९ गतेसम्म बेलौरीको खुला मञ्चमा ‘थारु एकता हमार शान, शिक्षा भाषा, संस्कृति पौरहैती लैजिना हमर अभियान’ भन्ने मूल नाराका साथ प्रथम बेलौरी माघी मेला २०७५ आयोजना हुने भएको हो ।

मेलाको पहिलो दिन रक्तदान कार्यक्रम र थारु जातिको परिकार रहनसहनका साथै वेषभूषासम्बन्धी १५ वटा सांस्कृतिक कक्ष राखिने प्रचारप्रसार समितिका संयोजक कृष्ण गुम्बा चौधरीले जानकारी दिनुभयो ।

थारु जातिको परम्परागत कला संस्कृत झल्किने झाँकी, मघौटा नाच, मुङ्हरवा नाच, झुम्रा नाच, थारु नृत्य, थारु र गैर थारु राष्ट्रिय कलाकारको प्रस्तुति रहने प्रचारप्रसार समितिका संयोजक चौधरीले बताउनुभयो ।

उहाँका अनुसार मेला सम्पन्न गर्नका लागि रु पाँच लाख १० हजार खर्च लाग्ने अनुमान गरिएको छ । मेला १० हजारभन्दा बढीले अवलोकन गर्ने बताइएको छ ।