Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

बर्दियामा २ लाख ५० हजार घुससहित वडासदस्य पक्राउ

By kit 2 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

पुस १३, बर्दिया | बर्दियाको राजापुर नगरपालिका वडा नं. १० का वडा सदस्य उत्तम चौधरी २ लाख ५० हजार घुससहित पक्राउ परेका छन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले चौधरीलाई क्रसर उद्योगको दर्ता गर्न सिफारिस गरिदिने बहाना बनाएर घुस रकम माग गरिरहेको भन्ने उजुरीका आधारमा पक्राउ गरेको हो ।

वडासदस्य चौधरीलाई अख्तियारको टोलीले दुई लाख पचास हजार घुस रकमसहित कोठियाघाट स्थित ईच्छा होटलबाट बिहीबार नियन्त्रणमा लिएको हो ।

उनीबारे थप अनुसनधान थालिएको अख्तियारले जनाएको छ ।