पुष १३, बर्दिया । सेवाग्राहीसँग घुस लिएको आरोपमा बर्दियाको राजपुर नगरपालिका १० का वडा सदस्य पक्राउ परेका छन् ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले वडा सदस्य उत्तम चौधरीलाई पक्राउ गरेको हो ।
उनलाई २ लाख ५० हजार घुस सहित कोठियाघाटस्थित ईच्छा होटलबाट पक्राउ गरिएको अख्तियार दुरूपयोग अनुसन्धान आयोगले जनाएको छ ।