Skip to content
Thursday, July 16, 2026 Nepali Online Media
December 28, 2018 दाङ्ग - DNG, समाज

करेन्ट लागेर एकको मृत्यु, लमही बसपार्कमा बेवारिसे शव फेला

By साझासवाल 2 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

पुष १३, नारायणपुर (रासस) | करेन्ट लागेर दाङमा एक जनाको मृत्यु भएको छ ।

मृत्युहुनेमा घोराही उपमहानगरपालिका–६ चैनपुरका २८ वर्षीय शङ्कर चौधरी रहेको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता रामप्रसाद घर्तीले जानकारी दिनुभयो ।

घोराहीबाट जन्द्रा गाउँतर्फ जाँदै गरेको रा१ख ४६८ नं.को बस रोकेर सामान झार्ने क्रममा बसका साहु घोराही उपमहानगरपालिका–१७ बस्ने चौधरी बिजुलीको तारमा छोइएर गम्भीर घाइते भएका चौधरीको उपचारका लागि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ल्याउने क्रममा बाटोमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

बेवारिसे शव फेला

दाङको लमही नगरपालिका–५ बसपार्कमा आज एक पुरुषको बेवारिसे अवस्थामा शव भेटिएको छ । नाम थर नखुलेको अन्दाजी ४५÷४६ वर्षको तराईमूलका जस्तो देखिने पुरुषको शव भेटिएको प्रहरीले जनाएको छ ।

मृतक पुरुष केहीवर्षदेखि सोही स्थानमा मागेर खाने बस्ने गरेको भन्ने बुझिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।