2026-09-14 10:57 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

तनहुँ - TNH

विद्यालयका छात्रछात्रालाई न्यानो कपडा वितरण

पुस १४, दमौली | जिल्ला बालकल्याण समितिले व्यास नगरपालिका–११ राम्चेस्थित सूर्योदय आधारभूत विद्यालयका छात्रछात्रालाई न्यानो कपडा वितरण गरेको छ । 

सिर्जनशील बालविकास संस्था पोखराको समन्वयमा समितिले विद्यालयमा अध्ययनरत २२ छात्रछात्रालाई शुक्रबार न्यानो कपडा र झोलासहित शैक्षिक सामग्री वितरण गरेको हो । 

उक्त समितिका अध्यक्ष एवं प्रमुख जिल्ला अधिकारी भरतकुमार शर्माले बालबालिकालाई न्यानो कपडा वितरण गर्दै यसले विद्यार्थीलाई अध्ययनमा सहयोग पु¥याउने बताउनुभयो । उहाँले भन्नुभयो, “चिसोका कारण न्यानो कपडा नहुँदा विद्यार्थी विद्यालयमा अनुपस्थित हुने क्रम बढ्दो छ, न्यानो कपडाले उनीहरुलाई विद्यालय आउने वातावरण सिर्जना गर्ने अपेक्षा गरेका छौँ ।” 

यसैगरी रोटर्याक्ट क्लब अफ दमौली र रोटर्याक्ट क्लब मनोहरा काठमाडौँले समेत शुक्रबार व्यास नगरपालिका–११ शेरास्थित तातोपानी आधारभूत विद्यालयका छात्रछात्रालाई न्यानो कपडा र झोला वितरण गरेको थियो । 

अध्ययनकार्यमा सहयोग पुर्याउने उद्देश्यले उक्त विद्यालयमा अध्ययनरत २६ छात्रछात्रालाई न्यानो कपडा र झोला वितरण गरिएको रोट¥याक्ट क्लब अफ दमौलीका अध्यक्ष विपीन श्रेष्ठले जानकारी दिनुभयो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
चाडपर्वले विविधताबीचको एकता, आपसी सम्मान र सामाजिक सद्भावलाई बलियो बनाउँदै आएको छ : गगन थापा बाढी प्रभावित १५ स्थानीय तहका जनप्रतिनिधिसँग प्रधानमन्त्री शाहको छलफल भोटेकोशी बाढीमा १,३९२ जनाको मृत्यु, ४,०८९ अझै बेपत्ता देशभर हरितालिका तीज मनाइँदै सोमबार सुनचाँदीको मूल्य घट्यो मलेसियाको FWCMS भित्र छिरेका २५० म्यानपावरको पूर्वस्वीकृति रोक्का, छानबिन सुरु ब्रिक्स समूह कसैको विरुद्धमा छैन : मोदी विपद्को पूर्वतयारी र प्रभावकारी व्यवस्थापन नहुँदा ठूलो मानवीय क्षति भयो : कुलमान घिसिङ महाधिवेशनको तयारीका लागि देउवा समूहले खटायो ७७ जिल्लामा प्रतिनिधि संविधान रक्षाका लागि सबै परिवर्तनकारी शक्ति एक हुनैपर्छ: माधव नेपाल भोटेकोशी बाढीले बगाएको गरगहनासहित एक जना पक्राउ नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्दै यूएईलाई हराउँदै नेपाल एसिया कपमा कम्युनिस्ट पार्टीहरू एकीकरण र सुदृढीकरण गर्दै नयाँ कार्यदिशामा अघि बढ्नुपर्छ : झलनाथ खनाल भोटेकोशी बाढीले १२ बैंकका १७ शाखामा क्षति भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार ३८४ पुग्यो, ४ हजार ८९ अझै बेपत्ता युएईमा अलपत्र नेपालीको उद्धार गर्न मन्त्री महावीर पुनको आग्रह तीन दिनभित्र कृष्णभीर सडक खण्डमा यातायात सञ्चालन गर्ने तयारी धादिङको परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १३ अर्ब २३ करोड रुपैयाँ