२३ मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

म्याग्दी - MGD

पशुपालनबाट वार्षिक १२ लाख आम्दानी

१४ पुष २०७५, शनिबार ०८:५८

पुस १४, बेनी | यहाँकी एक महिला पशुपालनबाट राम्रो आम्दानी गर्न सफल हुनुभएको छ । 

म्याग्दीको रघुगङ्गा गाउँपालिका–३ पिप्लेकी सन्तोषी भण्डारीले विगत आठ वर्षदेखि पाँच रोपनी जग्गा भाडामा लिएर भैँसी, बाख्रा, कुखुरा र बङ्गुर पाल्दै आउनुभएको छ । स्वदेशमै आत्मनिर्भर बन्ने अठोट बोकेर व्यावसायिक पशुपालनमा होमिएकी ३१ वर्षीया उहाँले ‘समिर पुशपक्षीपालन केन्द्र’ स्थापना गरेर अहिले वार्षिक रु १२ लाख आम्दानी गरिरहनुभएको छ । 

‘‘पहिला पनि कुखुरापालन गर्थे, व्यावसायिक रुपमा गरेको २०६७ देखि मात्रै हो, त्यतिबेला मसँग लगानी गर्ने पूँजी थिएन, थोरै सङ्ख्याबाट कुखुरापालन थालेँ, त्यसबाट हुने आम्दानीलाई लगानी गर्दै जाँदा व्यवसायलाई विस्तार गर्न सकेँ”, उहाँले भन्नुभयो । 

अहिले आफ्नो फर्ममा २० लाख बढी लगानी भइसकेको उहाँको भनाइ छ । उहाँले १६ कुखुराबाट शुरु गरेको व्यवसाय अहिले सो स्तरको भएको हो । गलेश्वर–पिप्ले हुँदै भगवती जोड्ने सडक छेउमै व्यवसाय गर्दै आएकी भण्डारीले यातायातको सहज पहुँच भएकाले उत्पादित कुखुराको निर्यात र आवश्यक दानालगायतका सामग्री ढुवानीमा सहज भएको बताउनुभयो 

कुखुरापालनको लागि उहाँले पाँचवटा खोर निर्माण गर्नुभएको छ । हरेक महीना एक हजारदेखि दुई हजारसम्म नियमित कुखुरा पाल्दा रु एक लाख आम्दानी हुने उहाँको अनुभव छ । कुखुरासँगै बाख्रापालनसमेत गर्दै आएकी उहाँको फर्ममा अहिले ९३ वटा बाख्रा छन् । वार्षिक २० वटासम्म खसी, बोका बिक्री हुने गरेका छन् । 

त्यस्तै उहाँ व्यावसायिक रुपमै भैँसीपालन समेत गर्दै आउनुभएको छ । उहाँले भन्नुभयो, “एउटै व्यवसायबाट लगानी उठाउन कठिन हुने भएपछि व्यवसायको क्षेत्र फराकिलो बनाएको हुँ, सबैबाट वार्षिक रु ५० लाख बराबरको कारोबार हुन्छ, आम्दानी भन्दा पनि व्यवसायबाट पाएको उपलब्धिबाट सन्तुष्ट छु”, उहाँले भन्नुभयो, “दुई छोराको पढाइ र घरखर्च चलाएर वार्षिक रु आठ लाख बढी आम्दानी गर्छु ।” 

आफ्नो व्यावसायिक सफलतामा बुबा रेशमबहादुर र आमा हरिकुमारीको साथले अगाडि बढ्न थप आत्मबल मिलेको उहाँले बताउनुभयो । युवा महिला उद्यमी भण्डारीले गरेको पशुपालन नमूना रहेको रघुगङ्गा गाउँपालिका–३ का वडाध्यक्ष जीवन मल्लले बताउनुभयो । 

“उहाँले गरेको व्यवसाय अन्य युवाका लागि पनि प्रेरणादायी छ, हामीले प्रोत्साहनमूलक कार्यक्रम ल्याउने तयारी गरेका छौँ”, उहाँले भन्नुभयो, “उहाँजस्ता सफल कृषक र उद्यमीको पाठले स्वदेशमै युवाहरुलाई परिश्रम गर्ने सन्देश मिलेको छ ।”रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य