2026-09-14 10:57 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

म्याग्दी - MGD

पशुपालनबाट वार्षिक १२ लाख आम्दानी

पुस १४, बेनी | यहाँकी एक महिला पशुपालनबाट राम्रो आम्दानी गर्न सफल हुनुभएको छ । 

म्याग्दीको रघुगङ्गा गाउँपालिका–३ पिप्लेकी सन्तोषी भण्डारीले विगत आठ वर्षदेखि पाँच रोपनी जग्गा भाडामा लिएर भैँसी, बाख्रा, कुखुरा र बङ्गुर पाल्दै आउनुभएको छ । स्वदेशमै आत्मनिर्भर बन्ने अठोट बोकेर व्यावसायिक पशुपालनमा होमिएकी ३१ वर्षीया उहाँले ‘समिर पुशपक्षीपालन केन्द्र’ स्थापना गरेर अहिले वार्षिक रु १२ लाख आम्दानी गरिरहनुभएको छ । 

‘‘पहिला पनि कुखुरापालन गर्थे, व्यावसायिक रुपमा गरेको २०६७ देखि मात्रै हो, त्यतिबेला मसँग लगानी गर्ने पूँजी थिएन, थोरै सङ्ख्याबाट कुखुरापालन थालेँ, त्यसबाट हुने आम्दानीलाई लगानी गर्दै जाँदा व्यवसायलाई विस्तार गर्न सकेँ”, उहाँले भन्नुभयो । 

अहिले आफ्नो फर्ममा २० लाख बढी लगानी भइसकेको उहाँको भनाइ छ । उहाँले १६ कुखुराबाट शुरु गरेको व्यवसाय अहिले सो स्तरको भएको हो । गलेश्वर–पिप्ले हुँदै भगवती जोड्ने सडक छेउमै व्यवसाय गर्दै आएकी भण्डारीले यातायातको सहज पहुँच भएकाले उत्पादित कुखुराको निर्यात र आवश्यक दानालगायतका सामग्री ढुवानीमा सहज भएको बताउनुभयो 

कुखुरापालनको लागि उहाँले पाँचवटा खोर निर्माण गर्नुभएको छ । हरेक महीना एक हजारदेखि दुई हजारसम्म नियमित कुखुरा पाल्दा रु एक लाख आम्दानी हुने उहाँको अनुभव छ । कुखुरासँगै बाख्रापालनसमेत गर्दै आएकी उहाँको फर्ममा अहिले ९३ वटा बाख्रा छन् । वार्षिक २० वटासम्म खसी, बोका बिक्री हुने गरेका छन् । 

त्यस्तै उहाँ व्यावसायिक रुपमै भैँसीपालन समेत गर्दै आउनुभएको छ । उहाँले भन्नुभयो, “एउटै व्यवसायबाट लगानी उठाउन कठिन हुने भएपछि व्यवसायको क्षेत्र फराकिलो बनाएको हुँ, सबैबाट वार्षिक रु ५० लाख बराबरको कारोबार हुन्छ, आम्दानी भन्दा पनि व्यवसायबाट पाएको उपलब्धिबाट सन्तुष्ट छु”, उहाँले भन्नुभयो, “दुई छोराको पढाइ र घरखर्च चलाएर वार्षिक रु आठ लाख बढी आम्दानी गर्छु ।” 

आफ्नो व्यावसायिक सफलतामा बुबा रेशमबहादुर र आमा हरिकुमारीको साथले अगाडि बढ्न थप आत्मबल मिलेको उहाँले बताउनुभयो । युवा महिला उद्यमी भण्डारीले गरेको पशुपालन नमूना रहेको रघुगङ्गा गाउँपालिका–३ का वडाध्यक्ष जीवन मल्लले बताउनुभयो । 

“उहाँले गरेको व्यवसाय अन्य युवाका लागि पनि प्रेरणादायी छ, हामीले प्रोत्साहनमूलक कार्यक्रम ल्याउने तयारी गरेका छौँ”, उहाँले भन्नुभयो, “उहाँजस्ता सफल कृषक र उद्यमीको पाठले स्वदेशमै युवाहरुलाई परिश्रम गर्ने सन्देश मिलेको छ ।”रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
चाडपर्वले विविधताबीचको एकता, आपसी सम्मान र सामाजिक सद्भावलाई बलियो बनाउँदै आएको छ : गगन थापा बाढी प्रभावित १५ स्थानीय तहका जनप्रतिनिधिसँग प्रधानमन्त्री शाहको छलफल भोटेकोशी बाढीमा १,३९२ जनाको मृत्यु, ४,०८९ अझै बेपत्ता देशभर हरितालिका तीज मनाइँदै सोमबार सुनचाँदीको मूल्य घट्यो मलेसियाको FWCMS भित्र छिरेका २५० म्यानपावरको पूर्वस्वीकृति रोक्का, छानबिन सुरु ब्रिक्स समूह कसैको विरुद्धमा छैन : मोदी विपद्को पूर्वतयारी र प्रभावकारी व्यवस्थापन नहुँदा ठूलो मानवीय क्षति भयो : कुलमान घिसिङ महाधिवेशनको तयारीका लागि देउवा समूहले खटायो ७७ जिल्लामा प्रतिनिधि संविधान रक्षाका लागि सबै परिवर्तनकारी शक्ति एक हुनैपर्छ: माधव नेपाल भोटेकोशी बाढीले बगाएको गरगहनासहित एक जना पक्राउ नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्दै यूएईलाई हराउँदै नेपाल एसिया कपमा कम्युनिस्ट पार्टीहरू एकीकरण र सुदृढीकरण गर्दै नयाँ कार्यदिशामा अघि बढ्नुपर्छ : झलनाथ खनाल भोटेकोशी बाढीले १२ बैंकका १७ शाखामा क्षति भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार ३८४ पुग्यो, ४ हजार ८९ अझै बेपत्ता युएईमा अलपत्र नेपालीको उद्धार गर्न मन्त्री महावीर पुनको आग्रह तीन दिनभित्र कृष्णभीर सडक खण्डमा यातायात सञ्चालन गर्ने तयारी धादिङको परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १३ अर्ब २३ करोड रुपैयाँ