२३ मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दाङ्ग - DNG

विद्यालयको शैक्षिक विकासका लागि सबै पक्ष जिम्मेवार बन्नु पर्छ: सांसद राईमाझी

२२ फाल्गुन २०७२, शनिबार ०९:५८

barshik utsabसन्तोषकुमार गुप्ता/फागुन २२, भालुवाङ् । व्यवस्थापिका संसदका सांसद धनबहादुर राईमाझीले विद्यालयको शैक्षिक विकासका लागि सबै पक्ष, बर्ग जिम्मेवार हुनु पर्ने बताएका छन् । सरस्वती उच्च मावि बाङ्गेसाल प्यूठानको ३४ औँ बार्षिक उत्सव तथा अभिभावक दिवसको शुक्रबार उद्घाटन गदै सांसद राईमाझीले यस्तो बताएका हुन् ।

उनले जब सम्म हामी जिम्मेवार बन्दैनौँ तब सम्म न त विद्यालयको विकास हुन्छ, न त कुनै समाजिक विकास नै हुन सक्छ त्यसैले विकासका सवालका सबै दल, बर्ग र समुदाय दलगत तथा व्यक्तिगत स्वार्थ त्यागेर समाजिक विकासमा सरिक हुन आग्रह समेत गरे । कार्यक्रमका प्रमुख अतिथी समेत रहेका सांसद राईमाझीले विद्यालय हाम्रो गहना हो, यसको संरक्षण सम्र्बन गर्ने दायित्व पनि हाम्रै हो शिक्षा कै कारण आज हामी यो स्थान सम्म आई पुगेका हौँ त्यसैले शिक्षा क्षेत्रको विकासका लागि राज्यले शिक्षालाई प्रमुख एजेण्डा बनाउनु पर्छ उनले भने ।

विद्यालय व्यवस्थापन समितीका अध्यक्ष खेमराज आचार्यको अध्यक्षतामा भएको कार्यक्रममा विद्यालयका निमित्त प्राचार्य भक्त मर्साङ्गीले आर्थिक बर्ष तथा शैक्षिक सत्र २०७१÷०७२ को १ करोड २३ लाख २६ हजार २ सय १९ रुपैयाँ ८२ पैसाको आय—व्यय तथा आर्थिक बर्ष तथा शैक्षिक सत्र २०७२÷०७३ को ९७ लाख १० हजार ७ सय ५१ रुपैयाँ अनुमानित बजेट सहितको शैक्षिक प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए । विद्यालयका शिक्षक शान्तराज बिसीको स्वागत मन्तव्य तथा विद्यार्थी सुजाता थापा र सिर्जना जिसीको स्वागत गीतबाट शुरु भएको कार्यक्रममा बोल्ने बक्ताहरुले विद्यालयको भौतिक विकास निर्माण देखि गुणस्तरिय शिक्षामैत्री विद्यालय बनाउनका लागि शिक्षक, अभिभावक र विद्यार्थी स्वम् सक्रिय बन्नु पर्ने बताउका थिए ।

barshik

कार्यक्रममा बाङ्गेसाल गाविसका निवर्तमान अध्यक्ष तथा विद्यालय व्यवस्थापन समितीका पूर्व अध्यक्ष लालमणि शर्मा, नेकपा एमालेका हरिप्रसाद पौडेल, राष्ट्रिय जनमोर्चाका झबिन्द्र पौडेल, स्रोत व्यक्ति पूर्णबहादुर केसी, विद्यालय व्यवस्थापन समितीका पूर्व अध्यक्ष कृष्णबहादुर राईमाझी, शिक्षक अभिभावक संघका पूर्व संयोजक टंकप्रसाद सुनार, रेडियो लिस्ने अवाजका स्टेशन म्यानेजर नुमराज पौडेल, पत्रकार सन्तोषकुमार गुप्ता, हरि भण्डारी, बिदुर एमसी र विद्यार्थी वेदप्रसाद सुनार लगायतका बक्ताले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

सो अवसरमा विभिन्न प्रतियोगिताका बिजय प्रतियोगी र विभिन्न छात्रबृत्ति कोषबाट पुरुस्कृत समेत गरिएको छ । यसरी पुरुस्कृत हुनेहरुमा भुपु कल्याण कोषबाट कक्षा ८ की समिक्षा आचार्य, बालकुमार रावत र मनोज विक पुरुस्कृत भएका छन् । त्यसैगरी भुरेय छात्रबृत्ति कोषबाट एसएलसी परिक्षामा विज्ञान बिषयमा उत्कृष्ट कक्षा १० की दिपा आचार्य, कक्षा ८ की बालकुमारी राउत र सोही कक्षाका दृष्टि खड्का पुरुस्कृत भएका छन् । त्यस्तै अतिरिक्त क्रियाकलापमा उत्कृष्ट कक्षा ९ का पदम गाहा र समिक्षा आचार्यलाई पनि पुरुस्कृत गरेको छ ।

त्यसैगरी बार्षिक उत्सवको अवसरमा आयोजित अभिभावक घैँटा फोर तर्फ इन्द्रकला सुनार बिजय तथा विद्यालय व्यवस्थापन समिती र शिक्षक अभिभाव संघ बीच भएको कुर्सी दौड प्रतियोगितामा कृष्ण राईमाझी प्रथम, सालिकराम पौडेल द्धितिय र खेमराज आचार्य तृतीय भएका थिए । बिजय प्रतियोगिहरुलाई पनि पुरुस्कार प्रदान गरिएको थियो । विभिन्न सांस्कृतिक प्रस्तुति सहित भएको बार्षिक उत्सव तथा अभिभावक दिवस कार्यक्रमको सञ्चालन शिक्षक खिमबहादुर राउतले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मङ्सिर २६ सम्म मतदाता नामावलीमा दाबी विरोध गर्न सकिने समानुपातिक निर्वाचन प्रणालीका लागि एमालेद्वारा दल दर्ता राष्ट्रिय वाणिज्य बैङ्कको ‘विजनेस मिट’ सम्पन्न नारायणी अस्पतालको भवन निर्माण सङ्घीय सरकारको प्राथमिकतामा छ : स्वास्थ्य मन्त्री गौतम जिल्ला प्रशासनमा जेनजी सुशासन योद्धाको नामावली राख्न गृहको परिपत्र एनपिएलमा यस्तो छ खेलाडीको प्रदर्शन भूमिहीन सुकुम्वासी समस्या समाधानको पहल गरिदिन आग्रह सुडानमा नागरिक बस्तीमा आक्रमण, बालबालिकासहित ११४ को मृत्यु गत हप्तादेखि पुँजीबजार निरन्तर ओरालो एमालेमा नेतृत्व हस्तान्तरण र पुस्तान्तरणमा जोड पोर्चुगल पठाइदिने भन्दै ठगी गर्ने महर पक्राउ मानवअधिकारको रक्षा गर्दै लोकतन्त्रलाई संस्थागत गराउन लागि प्रतिबद्ध छौँ : गृहमन्त्री अर्याल अण्डाको मूल्य हालसम्मकै उच्च मुग्लिन–मलेखु सडकको तीन ठाउँको भित्तो काटिँदै मानव जीवन बचाउन विश्वले ध्यान दिनुपर्ने : संयुक्त राष्ट्र गोवाको क्लबमा भएको आगलागीमा, चार नेपालीसहित २५ जनाको मृत्यु चार महिने छोराको हत्या अभियोगमा नेपाल प्रहरीका असई पक्राउ सञ्चारमन्त्री खरेलद्वारा एनसेल कार्यालय अवलोकन पृथ्वीराजमार्गको नागढुङ्गा–मलेखु खण्ड एक साताको लागि आंशिक बन्द हुने सुनको मूल्य बढ्यो