मध्यपहाडी लोकमार्गमा दुर्घटनाको जोखिम बढ्यो, ट्राफिक निस्किृय (भिडियो सहित)

Posted on: 30 Dec, 2018


मध्यपहाडी लोकमार्ग अन्तरगत पर्वत खण्डमा सवारी दुर्घटनाको जोखिम बढेको छ । पोखरा बागलुङ राजमार्ग अन्तरगतको पर्वत खण्डमा सडक विस्तारको काम भइरहेका कारण दुर्घटनाको जोखिम बढेको हो ।


अव्यवस्थीत तरिकाले सडकको विस्तार कार्य चलिरहेका कारण पनि सवारी दुर्घटनाको भय रहेको देखिन्छ । सडकभरी बालुवा, ढुंगा, गिटीको रासले भरिएका छन् भने काम गर्नेहरुको भीड नै हुन्छ । सडकको वैकल्पिक मार्गको व्यवस्थापन हुन नसक्दा कुन बेला कहाँ ठूलो दुर्घटना हुने हो भन्ने खतरा बढेको हो ।


कुश्मादेखि बागलुङका लागि छुट्ने सवारी साधनहरुको तोकिएकै समयमा पुग्नुपर्ने व्यवस्था भएका कारण तीब्र गतिमा सवारी हाँक्ने हुदाँ जुनसुकै बेलामा पनि दुर्घटनाको भय रहेको छ । ठाउँठाउँमा प्रहरीले चेकपोष्ट निर्माण गरी अनुगमन गर्नुपर्ने देखिएको छ । तर ट्राफिक प्रहरी कुनाकप्चेरामा लुकीछिपी चेकजाँच गर्ने गरेको तर बाटो अवरोध हुने ठाउँमा नबस्ने गरेको गुनासो पनि उत्तिकै छ ।


भिडियो


 

यस बिषयमा तपाइको प्रतिक्रिया...!