2026-09-14 10:57 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

दुई सय ६१ सङ्क्रमितद्वारा एआरटी सेवन

 पुस १५, वालिङ (रासस) | स्याङ्जामा हाल २६१ एचआइभी सङ्क्रमितले एआरटी औषधि नियमित सेवन गर्दै आएका छन् । 

जिल्ला अस्पतालमा विगत आठ वर्षदेखि र गह्रौँ घ्याङलिङ प्राथमिक स्वास्थ्य केन्द्र वालिङमा विगत दुई वर्षदेखि उक्त सेवा सञ्चालनमा रहेको एआरटी परामर्शकर्ता शङ्कर जिसीले बताउनुभयो । उहाँका अनुसार गह्रौँ घ्याङलिङबाट हाल ७८ महिला, ७२ पुरुष, पाँच बालिका, चार बालक गरी १५९ जना छन् । 

यस्तै जिल्ला अस्पतालबाट ६५ महिला, ३७ पुरुषसहित १०२ गरी कूल २६१ जनाले नियमितरुपमा एआरटी सेवन गर्दै आएका छन् । सो तथ्याङ्क हेर्र्दा जिल्लामा एआरटी सेवन गर्नेमा पुरुषभन्दा महिलाको सङ्ख्या बढी देखिएको छ । सो दुई ठाउँका साथै पोखरा, पाल्पा, बुटवल तथा काठमाडौँसम्म पनि पुगेर एआरटी सेवन गर्नेको सङ्ख्या झण्डै २०० कै हाराहारीमा रहेको उहाँले जानकारी दिनुभयो । 

“एचआइभी सङ्क्रमितहरु बिस्तारै खुल्ने र नियमित औषधि सेवन तथा परामर्शका लागि आउने गर्नुहुन्छ”, परामर्शकर्ता जिसीले भन्नुभयो, “गत आर्थिक वर्षमा मात्रै १७ जना नयाँ सङ्क्रमित भेटिएका थिए ।” सिडिफोर र भाइरल लोड परीक्षणका लागि काठमाडौँ नै पुर्याउनुपर्ने समस्या रहेको छ । 

औषधि सेवन तथा परामर्शका लागि टाढाटाढाबाट आउने सङ्क्रमितहरुलाई एचआइभीकै क्षेत्रमा काम गर्दै आइरहेको सङ्कल्प सहयोग समूहले वालिङ नजीकै खान, बस्नका लागि ‘केयर होम’ को व्यवस्था गरेको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
चाडपर्वले विविधताबीचको एकता, आपसी सम्मान र सामाजिक सद्भावलाई बलियो बनाउँदै आएको छ : गगन थापा बाढी प्रभावित १५ स्थानीय तहका जनप्रतिनिधिसँग प्रधानमन्त्री शाहको छलफल भोटेकोशी बाढीमा १,३९२ जनाको मृत्यु, ४,०८९ अझै बेपत्ता देशभर हरितालिका तीज मनाइँदै सोमबार सुनचाँदीको मूल्य घट्यो मलेसियाको FWCMS भित्र छिरेका २५० म्यानपावरको पूर्वस्वीकृति रोक्का, छानबिन सुरु ब्रिक्स समूह कसैको विरुद्धमा छैन : मोदी विपद्को पूर्वतयारी र प्रभावकारी व्यवस्थापन नहुँदा ठूलो मानवीय क्षति भयो : कुलमान घिसिङ महाधिवेशनको तयारीका लागि देउवा समूहले खटायो ७७ जिल्लामा प्रतिनिधि संविधान रक्षाका लागि सबै परिवर्तनकारी शक्ति एक हुनैपर्छ: माधव नेपाल भोटेकोशी बाढीले बगाएको गरगहनासहित एक जना पक्राउ नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्दै यूएईलाई हराउँदै नेपाल एसिया कपमा कम्युनिस्ट पार्टीहरू एकीकरण र सुदृढीकरण गर्दै नयाँ कार्यदिशामा अघि बढ्नुपर्छ : झलनाथ खनाल भोटेकोशी बाढीले १२ बैंकका १७ शाखामा क्षति भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार ३८४ पुग्यो, ४ हजार ८९ अझै बेपत्ता युएईमा अलपत्र नेपालीको उद्धार गर्न मन्त्री महावीर पुनको आग्रह तीन दिनभित्र कृष्णभीर सडक खण्डमा यातायात सञ्चालन गर्ने तयारी धादिङको परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १३ अर्ब २३ करोड रुपैयाँ