Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

भीमदत्त नगरपालिकाको जैविक मार्गमा म्याराथन मार्च

By साझासवाल 12 मिनेट पढाइ

पढ्न करिब 5 मिनेट लाग्छ
प्रकाशित:

पुस १५, महेन्द्रनगर | भीमदत्त नगरपालिकामा जैविक धार्मिक पर्यटन मार्ग म्याराथन मार्च गरिएको छ । सुदूरपश्चिम प्रदेशमा पहिलो पटक आयोजना गरिएको म्याराथनमा म्याराथन धावक बैकुण्ठ मानन्धर सहित हजारौ स्थानीय सहभागी भएका छन् ।

भीमदत्त नगरपालिकाले भीमदत्त समृद्धिको आधार, पर्यटन, शिक्षा, कृषि र व्यापार भन्ने नाराका साथ आयोजना गरेको प्रतियोगितामा एक हजार तीन सय ४७ खेलाडीले भाग लिएका छन् । मार्चमा हजारौ स्थानीय सहभागी भएका छन् ।

म्याराथन धावक मानन्धर प्रतिस्पर्धीसंगै दौडमा समेत सहभागी भए ।

खुला मञ्चबाट हाफ म्याराथन (२१ किलोमिटर) तथा र बैजनाथ माध्यमिक विद्यालय नयाँ तिलकपुरबाट छात्र छात्र र महिला खुला दौड प्रतियोगिता सुरु गरिएको हो । ब्रह्मदेबस्थित सिद्धनाथ मन्दिरमा भव्य कार्यक्रम गरी म्याराथन मार्च समापन गरिएको छ ।

हाफ म्याराथनमा सशस्त्र प्रहरीका सन्तोस विष्ट प्रथम भएका छन् । भीमदत्त नगरपालिका १ भाँसीका विष्ट सशस्त्र प्रहरी प्रधान कार्यालयमा कार्यरत छन् । घर विदामा आएका विष्टले नगद ३० हजार सहित प्रमाण पत्र हात पारेका छन् । उनले एक घण्टा ११ मिनेटमा दुरी पार गरेका हुन् ।

जितेन्द्र दंगाल र मोहन जोशीले दोस्रो र तेस्रो स्थान हासिल गरेका छन् । उनीहरुले २० हजार र १० हजार नगद सहित प्रमाण पाए ।

खुला मञ्चबाट सुरु हाफ म्याराथनमा ब्रह्मदेब बजारसम्मको दुरी पार गरिएको छ । हाफ म्याराथनका विजेता विष्टले प्रतियोगितामा सहभागी भएर प्रथम भएकोमा खुसी भएको बताए ।

‘घर विदामा आएको थिए, गुरुले भनेपछि फराम भरे, आज प्रथम हुँदा निकै खुसी छु’ उनले भने,‘यो निकै ठूलो काम हो, आगामी दिनमा यसलाई निरन्तरता दिन आवश्यक छ ।’

यसैगरी महिला खुला (१० किलोमिटर) दौडमा पुष्पा पाण्डेय प्रथम भएकी छन् । फटलब खेलाडी पाण्डेयले नगद १५ हजार सहित र प्रमाण हात पारिन् । उनी बेदकोट नगरपालिकाकी हुन् । यसै गरी २५ नम्बर बाहिनीका लक्ष्मी सुतारा द्वितीय र खैरभट्टीकी पूजा ओड तृतीय भएकी छन् । उनीहरुलाई नगद १० हजार र ७ हजार पुरस्कार सहित प्रमाण पत्र प्रदान गरिएको छ ।

छात्रा छात्र दौड प्रतियोगितामा छात्रातर्फ लक्ष्मी मावि बागफाँटाकी लक्ष्मी बम प्रथम, सिद्धनाथ अमर मावि गड्डाचौकीकी रेखा चन्द द्वितीय र पूर्णा मावि ऐरीकी ममता भट्ट तृतीय भएकी छन् । छात्र दौडमा पूर्णा मावि ऐरीका विवेक सुनार, डायमण्ड पब्लिक एकेडेमीका सञ्जिव नेपाली र बैजनाथ माविका लक्ष्मण भण्डारी तृतीय भएका छन् ।

छात्र छात्रा दौडका विजेताहरुलाई क्रमशः १० हजार, ७ हजार र ५ हजार नगद पुरस्कार सहित प्रमाण पत्र प्रदान गरिएको छ । छात्र छात्राको ५ किलोमिटर र खुला महिला १० किलोमिटर दौड दुरी राखिएको छ ।

सिद्धनाथ मन्दिरमा गरिएको समापन कार्यक्रममा कार्यक्रम प्रमुख अतिथि पूर्व मन्त्री संघीय सरकारका साँसद घनश्याम भुसाल, भीमदत्त नगरपालिकाका नगर प्रमुख विष्ट, म्थाराथन धावक बैकुण्ठ मानन्धर, भीमदत्तका नगर उप प्रमुख सुशिला चन्द सिह, नेकपा नेता रण बहादुर नेताले प्रतियोगिताका विजेताहरुलाई पुरस्कार प्रमाण पत्र प्रदान गरे ।

प्रतियोगितामा सबैभन्दा बढी हाफ म्याराथन खुल्लामा ७ सय १३ जनाले प्रतिस्पर्धा गरेका छन् । यसैगरी १ सय ९७ छात्रा र २ सय ६९ छात्रले भाग लिएका छन् । खुला महिलाामा १ सय ६९ जनाले प्रतिस्पर्धा गरेका छन् ।

पूर्व मन्त्री भुसालले प्रतियोगिता उद्घाटन गरे । कार्यक्रममा कञ्चनपुर क्षेत्र नं. ३ का साँसद डा. दिपक प्रकाश भट्ट, सुदूरपश्चिम सरकारका वन, वातावरण, उद्योग तथा पर्यटन राज्यमन्त्री प्रकाश रावल, प्रदेश सभा सदस्यहरु लाल बहादुर खड्का, मान बहादुर सुनार, भीमदत्त नगरपालिकाका पूर्व नगर उप प्रमुख ईश्वरी प्रसाद खरेल, जनप्रतिनिधि, खेलाडी, प्रशिक्षक स्थानीय सहभागी भएका छन् ।

समापन कार्यक्रममा पूर्व मन्त्री भुसालले भीमदत्तको म्याराथन मार्च भीमदत्तको विकास र समृद्धिका लागि कोसेढुङ्गा हुने बताए ।

‘भीमदत्तको समृद्धिमा यो कोसेढुङ्गा सावित हुनेछ, मुलुकको विकास र समृद्धि म्याराथन अघि बढोस’ भुसालले भने,‘यस्ता म्याराथन ६÷६ महिनामा आयोजना गर्दै जानु होला, ताकी यसबाट देशभरका अरुले पनि सिक्ने छन् ।’

भीमदत्त नगरपालिकाले जैविक मार्ग निर्माण गरी म्याराथन धावक मानन्धरलाई सहभागी गराई म्याराथन मार्च आयोजना गरेकामा धन्यवाद दिए । वस्ती र जङ्गल छुट्याएर बनेको जैविक मार्ग निर्माणले जनतालाई तल्लो तहसम्म अधिकार दिए रचनात्मक कार्य हुने सन्देश दिएको बताए ।

‘वस्ती र जङ्गल छुट्याएर बाटो निर्माण गरिएको छ, यसले तल अधिकार र स्रोत दिएपछि दुरुपयोग हुन्छ भन्ने थियो’ उनले भने,‘जैविक मार्गले रचनात्मक कार्य हुने सन्देश दिएको छ ।

कञ्चनपुर क्षेत्र नं. ३ का साँसद डा. भट्टले जैविक धार्मिक पर्यटनलाई मध्यनजर गरी निर्माण गरिएको जैविक मार्गमा छिट्टै यातायात सञ्चालनमा आउने बताए । भीमदत्त नगरपालिकाका नगर प्रमुख विष्टले सुदूरपश्चिम प्रदेशको चाड पुसे १५ को अवसर पारी समृद्ध नगरका लागि पहिलो पटक म्याराथन मार्च गरिएको बताए ।

‘हामी समृद्ध नगर बनाउन चाहन्छौ, भीनपा समृद्ध भए पछि मात्रै सुदूरपश्चिम समृद्ध बन्छ, यो त्रिदेशीय नाकाका रुपमा विकास हुँदैछ’ उनले भने,‘त्यसका लागि समृद्ध बनाउने योजना र नीति सहित अघि बढेका छौ ।’

भीमदत्तमा खेल पर्यटन अघि बढाउन जैविक मार्गमा म्याराथन आयोजना गरिएको उल्लेख गर्दैै उनले आगामी दिनमा यसलाई निरन्तरता दिने बताए ।

कार्यक्रममा म्याराथन धावक मानन्धरले म्याराथन प्रतियोगितामा सहभागी भएकोमा खुसी व्यक्त गरे । भीमदत्तका पूर्व नगर उप प्रमुख खरेलले नगर प्रमुख विष्टले प्राथमिकता दिएर बनाएको जैविक मार्गले घाँडीघाँच क्षेत्रको मुहार फेरिएको बताए ।

नगर प्रमुख विष्टको अध्यक्षतामा गरिएको समापन कार्यक्रममा नगर उप प्रमुख चन्द स्वागत मन्तव्य राखेकी थिइन् । प्रतियोगिता तयारी मूल समितिका संयोजक हरक सिह धामीले कार्यक्रम सञ्चालन गरेका थिए ।