2026-09-14 10:35 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

तनहुँ - TNH

फरार प्रतिवादी २० वर्षपछि पक्राउ

पुस १६, दमौली | करणी मुद्दामा तनहुँ जिल्ला अदालतबाट कैद सजाय तोकिएका एक फरार प्रतिवादी २० वर्षपछि पक्राउ परेका छन् । 

पक्राउ पर्नेमा भानु नगरपालिका–११ रुपाकोटका बमबहादुर भुजेल रहेका छन् । फरार प्रतिवादी पक्राउ अभियानअन्तर्गत भुजेललाई आज रुपाकोटबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले जानकारी दिनुभयो । 

विसं २०५५ वैशाख २१ गते सोही ठाउँकी एक महिलालाई करणी गरेको आरोपमा भुजेल फरार रहेका थिए । अदालतले भुजेललाई दोषी ठहर गरी एक वर्ष चार महिना २९ दिन कैद सजायको फैसला गरेको थियो । भुजेललाई फैसला कार्यान्वयनका लागि आजै कैद भुक्तानका लागि कारागार चलान गरिएको छ । 

यसैगरी नकबजनी, चोरी र लागुऔषध मुद्दामा कैद सजाय र जरिवाना तोकिएका दुई फरार प्रतिवादीलाई समेत प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा नकबजनी र चोरी मुद्दाका व्यास नगरपालिका–२ का बबिन शाक्य र लागुऔषध मुद्दाका सोही ठाउँका प्रदीप गोदार रहेका प्रहरीले जनाएको छ । अदालतले शाक्यलाई १३ दिन कैद तथा रु एक लाख ४३ हजार २७२ जरिवाना र गोदारलाई ६ महिना १६ दिन कैद तथा रु एक लाख जरिवानाको फैसला सुनाएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
चाडपर्वले विविधताबीचको एकता, आपसी सम्मान र सामाजिक सद्भावलाई बलियो बनाउँदै आएको छ : गगन थापा बाढी प्रभावित १५ स्थानीय तहका जनप्रतिनिधिसँग प्रधानमन्त्री शाहको छलफल भोटेकोशी बाढीमा १,३९२ जनाको मृत्यु, ४,०८९ अझै बेपत्ता देशभर हरितालिका तीज मनाइँदै सोमबार सुनचाँदीको मूल्य घट्यो मलेसियाको FWCMS भित्र छिरेका २५० म्यानपावरको पूर्वस्वीकृति रोक्का, छानबिन सुरु ब्रिक्स समूह कसैको विरुद्धमा छैन : मोदी विपद्को पूर्वतयारी र प्रभावकारी व्यवस्थापन नहुँदा ठूलो मानवीय क्षति भयो : कुलमान घिसिङ महाधिवेशनको तयारीका लागि देउवा समूहले खटायो ७७ जिल्लामा प्रतिनिधि संविधान रक्षाका लागि सबै परिवर्तनकारी शक्ति एक हुनैपर्छ: माधव नेपाल भोटेकोशी बाढीले बगाएको गरगहनासहित एक जना पक्राउ नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्दै यूएईलाई हराउँदै नेपाल एसिया कपमा कम्युनिस्ट पार्टीहरू एकीकरण र सुदृढीकरण गर्दै नयाँ कार्यदिशामा अघि बढ्नुपर्छ : झलनाथ खनाल भोटेकोशी बाढीले १२ बैंकका १७ शाखामा क्षति भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार ३८४ पुग्यो, ४ हजार ८९ अझै बेपत्ता युएईमा अलपत्र नेपालीको उद्धार गर्न मन्त्री महावीर पुनको आग्रह तीन दिनभित्र कृष्णभीर सडक खण्डमा यातायात सञ्चालन गर्ने तयारी धादिङको परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १३ अर्ब २३ करोड रुपैयाँ