Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...
२०८३, २१ जेष्ठ बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

म्याग्दी - MGD

रु एक करोडको अक्षयकोष स्थापना

२०७५, १७ पुष मंगलवार ०३:३०

पुस १७, बेनी (रासस) | म्याग्दी प्रवासी नेपाली सङ्घ (मोना)ले महिला र बालबालिकाको क्षेत्रमा काम गर्ने गरी रु एक करोडको अक्षयकोष स्थापना गरेको छ । 

जिल्लामा महिला तथा बालबालिकाको हितमा उपयोग गर्ने गरी स्थापना गरिएको सो अक्षयकोषमा अहिलेसम्म करीब रु ९० लाख सङ्कलन भइसकेको मोना अन्तर्राष्ट्रियका अध्यक्ष चक्रबहादुर थापाले जानकारी दिनुभयो । दरबाङमा सम्पन्न मोनाको सम्मेलनमा रु २५ लाख सङ्कलन भएको थियो । विभिन्न मुलुकमा रहेका यहाँका बासिन्दाले रकम सङ्कलन गर्दै आएका छन् । 

गत कात्तिकमा पोर्चुगलमा भएको साधारणसभाले अक्षयकोषका लागि आर्थिक सङ्कलन अभियानलाई तीव्रता दिन विभिन्न देशमा अभियान सञ्चालन गर्ने निर्णय गरेको थियो । सामाजिक, आर्थिक, स्वास्थ्य, शिक्षा र मानव विकासका लागि प्रमुख समस्या मानिएको बालविवाह र महिला हिंसाको समस्या न्यूनीकरणका लागि परिचालन गर्ने गरी अक्षयकोष खडा गरिएको हो । कोषलाई व्यवस्थित बनाउन कार्यविधि तयार गरी कार्यसमितिलाई प्रस्ताव पेश गर्न योगेन्द्र क्षेत्री, लोक राना, चक्र थापा, योगकुमार फगामी र मुक्ति रोका सदस्य रहेको समिति गठन गरिएको छ । विश्वका विभिन्न देशमा पुगेका म्याग्देली मोनामार्फत सङ्गठित भएका छन् ।  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राप्रपा छाडेका धवलशमशेरले गरे नयाँ पार्टी खोल्ने घोषणा मलेसियाविरुद्ध नेपालले पहिला ब्याटिंग गर्दै विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा ४ जना पक्राउ सुनचाँदीको मूल्यमा सामान्य गिरावट मोदीसँगको भेटपछि रविले भने- भारतसँग नयाँ विकास कूटनीतिको युग अघि बढ्छ शीतल निवासमा राखिएका हात्तीका दाह्रा चोरी गरेको आरोपमा पाँच जना पक्राउ धादिङको त्रिपुरासुन्दरीमा तीर्थ​यात्रु सवार भ्यान दुर्घटना नेपाल वैदेशिक रोजगार व्यवसायी संघमा निर्वाचन प्रक्रिया अघि बढ्यो नेपालले कसैको एक इन्च पनि जमिन मिचेको छैन: ओली राष्ट्रियसभाको बैठक स्थगित रवि लामिछाने र नरेन्द्र मोदीबीच भेटवार्ता मेरो सम्पत्ति विवरण त्यही खरानी हो, त्यही उठाएर लैजा सरकार : ओली राष्ट्रिय सभामा आज पनि विपक्षी दलहरूको विरोध २१ फागुनको चुनाव नाटक मात्रै थियो: केपी शर्मा ओली सुनको मूल्य स्थिर, चाँदीको मूल्य घट्यो आगामी जेठ २५ गते सम्मका लागि प्रतिनिधि सभाको बैठक स्थगित प्रधानमन्त्री कति दिन संसदमा आउनु भयो, कतिचोटी हाजिर गर्नु भयो ? संसदको अभिलेखमा देखाइयोस्: हर्क साम्पाङ प्रतिनिधि सभा बैठकमा विपक्षी दलहरूले अवरोध जारी निर्धारित समयको डेढ घण्टासम्म पनि शुरू भएन प्रतिनिधिसभा बैठक राष्ट्रियसभा बैठक स्थगित