२० मंसिर २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पाँचथर - PCT

फेसबुकको सहायताले विद्यालयलाई सहयोग(भिडियो)

१७ पुष २०७५, मंगलवार ०६:३२

   कमल घिमिरे।पौष१७।पाँचथर, सामाजिक सञ्जाल फेसबुक लाइ सही सदुपयोग गर्दा राम्रो फाइदा हुन्छ भन्ने उदाहरण देखाएका छन् सिंहदेवी आधारभुत विद्यालयका पुर्व विद्यार्थी र स्थानिय समुहले ।

    फिदिम नगरपालिका–५, सल्लेरीस्थित सिंहदेवी आधारभूत विद्यालयका बिद्यार्थीलाई सोमबार स्कुल ब्याग र स्विटर लगायतका सामग्री वितरण गरिएको छ । 


सोही विद्यालयमा अध्ययन गरेका पूर्व विद्यार्थी र स्थानीयको एक समूहले सामाजिक सञ्जाल फेसबुकको सहायताले रकम संकलन गरी सामग्री खरिद गरेर वितरण गरेका हुन् । विद्यालयमा अध्ययनरत कक्षा १–३ सम्मका २४ जना छात्र–छात्रालाई स्कूल ब्याग, स्विटर र कपि कलम वितरण गरिएको हो । त्यस्तै कक्षा ४ र ५ मा अध्ययनरत १७ जना छात्रा–छात्रालाई स्विटर र कपि कलम वितरण गरिएको सामग्री वितरण अभियानमा सक्रिय फबिन तुम्बापोले बताए । त्यस्तै फुटवल लगायतका अन्य खेलकुदका सामग्री, फोहोर फाल्ने डस्टबिन, घन्टि, भित्ते घडि, विद्यार्थीका लागि उपयोगि पुस्तक लगायतका सामग्री गरी ४० हजार बराबरको सामग्री वितरण गरिएको हो । उक्त सामग्री हाल झापाको बिर्तामोडमा बसोबास गर्दै आएका सो विद्यालयका पूर्व बिद्यार्थी गणेश ढुंगेल, मात्रिका खतिवडा, पूर्व विद्यार्थी ओमकाजी श्रेष्ठ, रुमा ढुंगेल, तुलसी ढुंगेल र धनबहादुर आचार्यको उपस्थितिमा वितरण गरिएको थियो । सो सामग्रीहरु सोमबार विद्यालयमै आयोजित एक कार्यक्रमकाबीच साबिक चोकमागु गाविसका पूर्व अध्यक्ष वीरेन्द्र तुम्बापो, फिदिम नगरपालिका–५, का वडा अध्यक्ष लीलाराज तुम्बापो, समाजसेवी जीवन कुमार तुम्बापो, देवमान तुम्बापो लगायतले वितरण गरेका थिए ।

 देश तथा विदेशमा रहेका विद्यालयका पूर्व बिद्यार्थी र स्थानीय ओमकाजी श्रेष्ठ, इन्द्र तुम्बापो, श्री तुम्बापो, फबिन तुम्बापो, अम्बिका ढुंगेल, तीबेन्द्र श्रेष्ठ, नवीन श्रेष्ठ, देवराज श्रेष्ठ, चन्द्र तुम्बापो, तुलसी ढुंगेल, भुवन ढुंगेल, गणेश ढुंगेल, मात्रिका खतिवडा, बन्दना ढुंगेल, रुमा ढुंगेल, रमेश खतिवडा, धनबहादुर आचार्य, मदन खतिवडा, मनिषा खतिवडा र स्वर्गिय कमल प्रसाद खतिवडाबाट उक्त रकम संकलन भएको बताइएको छ । जाडोको सिजनमा न्यानो लुगा, स्कूल ब्याग र शैक्षिक सामग्री पाउँदा विद्यार्थी हर्षित भएका छन् । कार्यक्रममा विद्यार्थी र विद्यालयका लागि सामग्री वितरण गर्ने पूर्व विद्यार्थी लगायतको टिमलाई प्रधानाध्यापक कमल प्रसाद अर्यालले धन्यवाद दिए । कार्यक्रम विद्यालय व्यवस्थापन समिति अध्यक्ष बिचारी श्रेष्ठको अध्यक्षतामा सम्पन्न भएको थियो



प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य गौरीघाट पुलमा सवारीसाधन रोक्न सिँढी निर्माण निर्वाचन आयोगका पदाधिकारीसहितको सर्वपक्षीय बैठक बालुवाटारमा सुरु सभापति देउवा र अध्यक्ष ओलीबीच भेटवार्ता एमालेको महाधिवेशनलाई एकताको महाधिवेशन बनाउनुपर्छ: उपाध्यक्ष थापा भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागिरहनुपर्छः प्रधानमन्त्री कार्की भारतलाई इन्धन आपूर्ति जारी राख्ने पुटिनको आश्वासन एनपिएलः जनकपुर टस जितेर ब्याटिङमा प्रधानमन्त्री कार्कीसँग राजदूत तोरुको शिष्टाचार भेट एनपिएलः ‘प्लेअफ’को सम्भावनामा चार टिम, आजको खेल कति महत्वपूर्ण ? इन्डिगो उडान रद्द हुँदा भारतीय विमानस्थलमा अव्यवस्था अमेरिकी व्यापार दबाबपछि भारतले ब्याज दर घटायो सवारी चालक र सहचालकप्रति हेर्ने दृष्टिकोण सकारात्मक हुनुपर्छः मन्त्री गुप्ता मानसिक स्वास्थ्य सुधारका लागि मनोपरामर्शसँगै आध्यात्मिक जीवनशैली उपयोगी हुन्छः स्वास्थ्यमन्त्री गौतम विभिन्न संस्थान र निकायमा सरकारको नौ खर्ब ३० अर्ब लगानी दिल्लीमा मोदी–पुटिन भेट : रणनीतिक साझेदारीको नयाँ चरण प्रधानमन्त्री कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दै अस्ट्रेलियामा चार अर्ब ६० करोड डलरको एआई केन्द्र आज अन्तरराष्ट्रिय स्वयंसेवक दिवस, विश्व माटो दिवस पनि आजै समानुपातिक निर्वाचन प्रणालीतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आह्वान