२२ मंसिर २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खोटाङ्ग - KTG

दिक्तेल बराहपोखरी गाउँपालिकाको कामकाज विद्यालयको टहराबाटै

१७ पुष २०७५, मंगलवार ०७:१३

  पुस १७, खोटाङ् केदार मगर (रासस) | एउटा लामो टहरा । टहराभित्र प्रवेश गरेपछि शुरु हुन्छ स्थानीय सरकारको दैनिक कामकाज । स्थानीय तह गठन भएको डेढ वर्ष पार भइसकेको छ । 

देशभरिका अरु स्थानीय तहको छुट्टै शान छ । कयौँ कार्यालय व्यवस्थापकीय हिसाबले मजबुत छन् । यहाँको एउटा स्थानीय तह टहरामा सञ्चालित छ । जिल्लाको प्रमुख व्यापारिक केन्द्र दिक्तेलदेखि सुदुरदक्षिण क्षेत्रमा अवस्थित बराहपोखरी गाउँपालिकाको कामकाज विद्यालयको टहरामा सञ्चालन गरिँदै आएको छ । 

स्थानीय बालकन्या आधारभूत विद्यालयले दिएको टहरामा स्थानीय सरकारको सम्पूर्ण काम हुन्छ । एउटा कोठा भएको उक्त टहराभित्र दर्ता चलानी शाखादेखि लिएर गाउँपालिका अध्यक्ष बस्नेसम्मको ठाउँ लहरै छ । धुलोमाटोको कक्षाकोठामा केटाकेटीलाई शिक्षकले पढाइरहेको अवस्थाभन्दा पनि नाजुक छ गाउँपालिकाको अवस्था । एउटै टहराभित्र लहरै राखिएका टेबल कुर्सीको पछाडिपट्टि कागजमा लेखिएको छ, दर्ता चलानी, योजना तथा अनुगमन शाखा, सूचना तथा प्रविधि शाखा, कृषि, पशु, महिला तथा बालबालिका शाखा, शिक्षा एकाइ, स्वास्थ्य, प्रशासन, प्राविधिक फाँट, लेखा शाखा र प्रमुख प्रशासकीय अधिकृत कक्ष । 

गाउँपालिकाका अध्यक्ष, उपाध्यक्ष र गाउँ कार्यपालिकाका सदस्य अन्य कर्मचारी बसिसकेपछि मात्रै बाँकी रहेको कुर्सीमा बस्ने गर्छन् । “ठाउँ अभावले बेञ्चमा बस्नुपर्ने बाध्यता छ,” गाउँपालिकाका अध्यक्ष शालिकराम बञ्जराले भन्नुभयो, “तत्कालका लागि अस्थायी रूपमा विद्यालयले दिएको टहराबाट सेवा प्रवाह गरिरहेका छौँ । चाँडै व्यवस्थित भवन बनाउने योजना छ ।” हाल एउटै कोठाबाट सबै काम गर्न असहज भइरहेको उहाँको भनाइ छ । 

उपाध्यक्ष गोमा मगरका अनुसार गाउँपालिकाको आफ्नै भवन बनाउनका लागि बजेट विनियोजन गरिएको छ । चालू आर्थिक वर्षभित्र निर्माण गर्ने तयारी छ । भवन निर्माणका लागि गाउँपालिकाले रु ८० लाख विनियोजन गरिसकेको छ । भवन निर्माणका लागि स्थानीयवासीले ३७ रोपनी जग्गा निःशुल्क उपलब्ध गराएका छन् । 

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत धनेन्द्र भुजेलले एउटै टहराबाट सबै प्रकारको सेवा प्रवाह गर्दा सेवाग्राहीलाई असहज हुने गरेको बताउनुभयो । संस्थागत, भौगोलिक, भौतिक तथा कानूनी हिसाबले पनि यस गाउँपालिका अन्यभन्दा पछाडि रहेको अधिकृत भुजेलले बताउनुभयो । सेवाग्राहीका लागि एउटै कोठामा गाउँपालिकाको सबै काम भए पनि कर्मचारीका लागि असहज भएको छ । “यसै वर्षभित्र १६ कोठे व्यवस्थित भवन निर्माण गरिँदैछ,” भुजेलले भन्नुभयो । भवनका लागि सर्वेक्षण र डिजाइनको काम भइसकेको छ ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य