२४ मंसिर २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बझाङ्ग - BJN

शिक्षा ऐन विपरित सरुवा गरेको भन्दै शिक्षकहरु आक्रोशित

१७ पुष २०७५, मंगलवार ११:०९

सम्राट सिंह । पौष १७, बझाङ । जिल्लाको खप्तड छान्ना गाँउपालिकामा रहेका बिभिन्न बिद्यालयमा कार्यरत शिक्षकहरुलाई  शिक्षा ऐन विपरित सरुवा गरेको भन्दै सरुवा गरिएका शिक्षकहरु आक्रोशित भएका छन ।

खप्तड छान्ना गाउँपालिकाका अध्यक्ष वर्क बहादुर रोकायाले कुनै समन्वय नै नगरी आफुखुसी वेपायक पर्ने स्थानमा सरुवा गरेको भन्दै शिक्षकहरु आक्रोशित भएका हुन ।

गाउँपालिकाले विभिन्न विद्यालयका स्थायी ११ र बालशिक्षा २७ गरी ३८ जना शिक्षकहरु आफुखुसी सरुवा गरिएको बुझिएको छ । यसरी राजनितिक रंग दिएर एक्कासी बेपायक पर्ने विद्यालयमा सरुवा भएको जानकारी भएपछि शिक्षकहरु विभिन्न निकायहरुमा हचुवामा गरिएको सरुवा बदरको माग गरेका छन । 

समन्वय विना नियम विपरित पायक पर्ने मष्टा सामुदायिक विद्यालयबाट बेपायक पर्ने बाठपाला सामुदायिक विद्यालयमा सरुवा गरी गाउँपालिकाले अनावश्यक दुःख दिन खोजेको  बाल शिक्षा शिक्षिका मेनाका जोशी ल बताइन् । उनले भन्नि यसरी कुनै शिक्षा एकाइहरुसँग समन्वय नै नगरी हचुवाको भरमा एक्कासी सरुवा गर्दा आफु लगायत झण्डै ३८ जना शिक्षक÷शिक्षिकाहरु समस्यामा परेका छन ।  

गाउँपालिका ले शिक्षा नियमावली नवन्दासम्म पुरानो शिक्षा नियमावली ८औ संशोधन अनुसार काम गर्नुपर्ने जनाएको छ  । अध्यक्ष वर्क रोकायाले नेपाली काँग्रेसमा आस्था राख्ने केहि शिक्षकहरुलाई सरुवा नगरेको र सरुवा गरेका शिक्षकहरुलाई पायक पर्ने स्थानमा सरुवा गरेको र फरक राजनितिमा आस्था राख्नेलाई वेपायक पर्ने विद्यालयमा सरुवा गरेको स्थानिय शिक्षकहरुको आरोप छ ।

अध्यक्ष रोकायाले नेपाली काँग्रेसबाट विजयी भएका वडा नम्बर ३ का वडा अध्यक्ष मंगल सुनार की भाई बुहारी चमेली सुनार, खप्तड छान्ना गाउँपालिकाका विद्यालय निरिक्षक खडक राज जोशीकी भान्जी बुहारी, काँग्रेसका नेता उत्तम रोकायाकी श्रीमती भगवती खडका÷ रोकाया लगायतलाई सरुवा नगरेको र काँग्रेसबाटै विजय भएका वडा नम्बर ६ का वडा अध्यक्ष तिलक खडकाकी श्रीमतीलाई वेपायक पर्ने विद्यालयबाट पाएक पर्ने विद्यालयमा सरुवा गरेको र अन्य फरक आस्था राख्ने शिक्षकहरुलाई पायक पर्ने विद्यालयबाट वेपायक पर्ने विद्यालयमा सरुवा गरेको स्थानिय बिक्रम खडकाले बताए । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको २०७५ पौष १२ गतेको निर्णयमा शिक्षा सम्बन्धी सम्पूर्ण कार्यहरु संघीय सरकारसँग समन्वय गरेर र संघिय कानुनसँग नबाँझिने गरी बनाउनु पर्ने ठाउँमा अध्यक्ष वर्क बहादुर रोकायाले समन्वय नै नगरी हचुवाको भरमा सरुवा गर्दा समस्या भएको शिक्षक संगठनका अध्यक्ष हरि जोशीले बताए । नयाँ शिक्षा नियमावली नबन्दा सम्म पुरानो शिक्षा नियमावली (आठौ संशोधन) अनुसार काम गर्नुपर्ने उनको भनाइ छ ।

गाँउपालिकाले शिक्षा बिकास तथा सम्बन्धित इकाईहरुसँग कुनै छलफल वा परामर्श नलिई सरुवा गरेको आरोप लगाइ रहेका शिक्षकहरुले यो निर्णय नसच्याए कडा आन्दोलन गर्ने चेतावनी दिएका छन । चार पाँच महिना सम्म विभिन्न पक्षहरुसँग छलफल गरी शिक्षकहरु सरुवा गरेको र आफुले सरुवामा कुनै राजनितिक रंग नदिएको खप्तड छान्ना गाउँपालिकाका अध्यक्ष वर्क बहादुर रोकायाले बताए ।  


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ओमानमा जोडिएको प्रेम सम्बन्ध बानेश्वरमा गोलीले टुट्यो… भ्रष्टाचारविरुद्धको लडाइँ एक दिनको अभियान होइन निरन्तरको सङ्घर्ष होः संयोजक दाहाल चार वटा फर्मलाई जरिवानासहित कारबाही प्रधानमन्त्री कार्कीसँग भारतीय विदेश अतिरिक्त सचिव महावरको भेट रङ्गशाला निर्माणको भुक्तानी सहजीकरणका लागि महानगरको टोली सिंहदरबारमा ठेक्का प्रणालीको उचित व्यवस्थापन नहुँदा अर्थतन्त्र र रोजगारीमा असर परेको छः मन्त्री घिसिङ निर्वाचनका लागि सहयोग गर्ने भारतको प्रतिबद्धता सरकार सुशासनका लागि तीव्र गतिमा कार्यरत छः प्रधानमन्त्री कार्की चीनले १५६ करोड डलर घुस लिएको आरोपमा पूर्व वरिष्ठ ‘बैङ्कर’लाई मृत्युदण्ड चलचित्र परानले गर्‍यो करिब १७ करोडको व्यापार, अरुको कति ? समृद्ध र जिम्मेवार राज्य निर्माणका लागि भ्रष्टाचार नियन्त्रण अपरिहार्य : मुख्यमन्त्री आचार्य सुनको मूल्य घट्यो सार्कलाई थप गतिशील बनाउने नयाँ संकल्प आवश्यक छ : प्रधानमन्त्री कार्की एनपिएल : पहिलो क्वालिफायरमा सुदूरपश्चिम र विराटनगर आमनेसामने मङ्सिर २६ सम्म मतदाता नामावलीमा दाबी विरोध गर्न सकिने समानुपातिक निर्वाचन प्रणालीका लागि एमालेद्वारा दल दर्ता राष्ट्रिय वाणिज्य बैङ्कको ‘विजनेस मिट’ सम्पन्न नारायणी अस्पतालको भवन निर्माण सङ्घीय सरकारको प्राथमिकतामा छ : स्वास्थ्य मन्त्री गौतम जिल्ला प्रशासनमा जेनजी सुशासन योद्धाको नामावली राख्न गृहको परिपत्र एनपिएलमा यस्तो छ खेलाडीको प्रदर्शन