२०८२, २२ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बाजुरा - BJR

बाजुरामा ४० विपन्न परिवारलाई कुखुरा वितरण

२०७५, १८ पुष बुधबार ११:०९

  पुस १८, मार्तडी (रासस) | बाजुराको बडिमालिका नगरपालिका अन्तर्गतको पशु विकास शाखाले नगरपालिकाका चार वडाका ४० विपन्न परिवार र एकल महिलालाई कुखुरा वितरण गरेको छ । नगरपालिकाको पशु विकास शाखाले प्रति परिवार २० का दरले कुखुरा वितरण गरेको हो । शाखाले १, ७, ८ र ९ वडाका विपन्न र एकल महिलालाई कुखुराका चल्ला वितरण गरेको हो । 

विपन्न परिवारको दैनिक आयआर्जनमा वृद्धि गर्न बल्याक अष्टोलोप र न्यूहेम्पसायर जातका कुखुराका चल्ला वितरण गरिएको शाखा प्रमुख शङ्कर सिंहले जानकरी दिनुभयो । उहाँले कुखुरा व्यवसायबाट प्रत्येक परिवारको आयआर्जन गरेर जीवन धान्न सजिलो हुने भएकोले कुखुरा वितरण गरेको बताउनुभयो । 

कार्यक्रमको प्रगति हेरेर त्यसकै आधारमा अर्को वर्ष पनि व्यवसाय हेरेर थप कुखुरा वितरण गर्ने शाखा प्रमुख सिंहको भनाइ छ । कुखुरा वितरणपछि नगरपालिकाभित्रका प्रत्येक वडाका दलित परिवार र विपन्न समुदायका एकल महिला बढी लाभान्वित भएका छन् । कुखुरापालन व्यवसायले आफ्नो परिवारको दैनिक आयआर्जनमा सहयोग हुने भएपछि एकल महिला र विपन्न परिवार खुशी भएका छन् । नगरपालिकाको आर्थिक सहयोग तथा पशुविकास शाखाको वार्षिक कार्यक्रम अनुसार उन्नत जातका कुखुराका चल्ला वितरण गरिएको नगर प्रमुख पदम बडूवालले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते