Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...
२०८३, २१ जेष्ठ बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बाग्लुङ्ग - BGL

जमीनमुनि लुकाइएको लागुऔषध बरामद

२०७५, १९ पुष बिहीबार ०६:०४

  पुस १९, गलकोट रासस | बागलुङ जिल्ला प्रहरी कार्यालयले ठूलो मात्रमा लागुऔषध बरामद गर्न सफल भएको छ । 

बागलुङ नगरपालिका–४ उपल्लाचौरस्थित विजय खाजाघरका सञ्चालिका बागलुङ नगरपालिका–१३ पैयुँपाटा निवासी ४३ वर्षीया शान्तिदेवी कुँवरको खाजाघर पछाडिको खाली जमीनमुनि लुकाइछिपाइ राखेको स्थानमा बुधबार दिउसो उत्खनन् गर्दा प्लाष्टिकको बोरामा प्लाष्टिककै डिब्बाभित्र दुई मिलीग्रामका डाइजेपाम १०५, फेनार्गन १०५ र नुर्फिन १०५ एम्पुल बरामद गरिएको थियो । 

उक्त कार्यालयका अनुसार उपल्लाचौरस्थित नेपाली सेनाको २३ नं बाहिनी अड्डा नजिकै खाजाघर सञ्चालन गरी बस्ने कुँवरले खाजाघरमा अवैध लागुऔषध लुकाइछिपाइ राखी बिक्री वितरण गर्ने गरेकामा तत्काल पैसा तिर्न नसक्ने लागुऔषध प्रयोगकर्ताको मोबाइल, ल्यापटपलगायत सामग्री समेत धितो लिने गरेको अनुसन्धानबाट पत्ता लागेको थियो । 

कुँवरलाई पुस १४ गते प्रहरीले नियन्त्रणमा लिएर खाजाघर खानतलासी गर्दा माथिल्लो तलामा लुकाइछिपाइ राखेको अवस्थामा दुई एमएल लेखिएको डाइजेपाम, फेनार्गन र नुर्फिन दुई÷दुई एम्पुल र लागुऔषध प्रयोगकर्ताले धितो राखेका सामसुङ मोबाइल ५ थान, कलर्स मोबाइल चारथान, नोकिया मोबाइल एक थान, डाइमण्ड मोबाइल एक थान, सोलारपावर बैँक एक थान, आइफोन एक थान, इण्टेल लेखिएको ट्याब एक थान, एसर ल्यापटप एक थानसमेत बरामद गरी थप अनुसन्धान थालिएको प्रहरी उपरीक्षक दीपक रेग्मीले बताउनुभयो । 

सीसी क्यामरा जडान 

गाउँपालिकाले जनतालाई प्रदान गर्ने सेवासुविधा चुस्त बनाउन बागलुङ जिल्लाको काठेखोला गाउँपालिकाको कार्यालयमा सीसी क्यामरा जडान गएिको छ । कर्मचारीले जनताको सेवालाई प्रभावकारी रूपमा प्रदान गरेनगरेको अवलोकन तथा गाउँपालिकामा हुनसक्ने अनियमित गतिविधि निस्तेज पार्न कार्यालयमा पाँच सीसी क्यामरा जडान गरिएको गाउँपालिकाले जनाएको छ । 

गाउँपालिकाका अध्यक्ष अम्मरबहादुर थापाले भन्नुभयो, “यहाँ आउने जनतालाई महसुस हुनेगरी काम गर्न आवश्यक ठानेर र कर्मचारीबाट प्रदान गरिने सेवा चुस्त र दुरुस्त पार्न सीसी क्यामरा जडान गरेका हौँ ।” 

जिल्लाका छ गाउँपालिका तथा चार नगरपालिकामध्ये सूचना प्रविधिको हिसाबले उक्त गाउँपालिका अगाडि छ । “गाउँपालिकाले जनताको गुनासो सुन्न मोबाइल एप्स तथा योजना तथा कार्यक्रम सार्वजनिक गर्न वेवसाइटको प्रयोग गर्दै आइरहेकामा यसलाई थप सूचना तथा प्रविधिमैत्री बनाउँदै लाने क्रममा सीसी क्यामरा पनि जडान गरिएको हो”, प्रमुख प्रशासकीय अधिकृत खिमबहादुर विश्वकर्माले भन्नुभयो। 

सीसी क्यामरा जडान गरिएपछि जनताले पाउने सेवासुविधा प्रभावकारी भएको सेवाग्राहीले बताएका छन् । गाउँपालिकामा कर्मचारीहरुलाई व्यवस्थित गर्नका लागि ई–हाजिरीसमेत सञ्चालनमा ल्याइएपछि कार्यालय समयभन्दा ढिलो कार्यालय आउने कर्मचारी समयमै आउने र सेवाग्राहीलाई समयमै सेवाप्रदान गर्न सहज भएको गाउँपालिकाले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मेरो व्यक्तिगत वा पार्टीगत कुनै माग छैन, मेरा मुद्दा नेपाल र नेपालीको उन्नतिसँग सम्बन्धित छन्: रवि लामिछाने परराष्ट्रमन्त्री खनाल भारत भ्रमणमा जाँदै सुशासन सबैभन्दा ठूलो जनअपेक्षा हो: सभामुख अर्याल राप्रपा छाडेका धवलशमशेरले गरे नयाँ पार्टी खोल्ने घोषणा मलेसियाविरुद्ध नेपालले पहिला ब्याटिंग गर्दै विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा ४ जना पक्राउ सुनचाँदीको मूल्यमा सामान्य गिरावट मोदीसँगको भेटपछि रविले भने- भारतसँग नयाँ विकास कूटनीतिको युग अघि बढ्छ शीतल निवासमा राखिएका हात्तीका दाह्रा चोरी गरेको आरोपमा पाँच जना पक्राउ धादिङको त्रिपुरासुन्दरीमा तीर्थ​यात्रु सवार भ्यान दुर्घटना नेपाल वैदेशिक रोजगार व्यवसायी संघमा निर्वाचन प्रक्रिया अघि बढ्यो नेपालले कसैको एक इन्च पनि जमिन मिचेको छैन: ओली राष्ट्रियसभाको बैठक स्थगित रवि लामिछाने र नरेन्द्र मोदीबीच भेटवार्ता मेरो सम्पत्ति विवरण त्यही खरानी हो, त्यही उठाएर लैजा सरकार : ओली राष्ट्रिय सभामा आज पनि विपक्षी दलहरूको विरोध २१ फागुनको चुनाव नाटक मात्रै थियो: केपी शर्मा ओली सुनको मूल्य स्थिर, चाँदीको मूल्य घट्यो आगामी जेठ २५ गते सम्मका लागि प्रतिनिधि सभाको बैठक स्थगित प्रधानमन्त्री कति दिन संसदमा आउनु भयो, कतिचोटी हाजिर गर्नु भयो ? संसदको अभिलेखमा देखाइयोस्: हर्क साम्पाङ