२२ मंसिर २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बाजुरा - BJR

बाजुरामा ४० विपन्न परिवारलाई उन्नत जातका कुखुरा वितरण

१९ पुष २०७५, बिहीबार ०८:२८

 पुस १९, बाजुरा (रासस) : बाजुराको बडीमालिका नगरपालिकाअन्तर्गतको पशु विकास शाखाले नगरपालिकाका चार वडाका ४० जना विपन्न परिवार र एकल महिलालाई बुधबार उन्नत जातका कुखुराका चल्ला वितरण गरेको छ । 

नगरपालिकाको पशु विकास शाखाले नगरपालिकाभित्रका चार वटा वडाका ४० परिवारलाई प्रतिपरिवार २० का दरले कुखुरा वितरण गरेको हो । शाखाले १, ७, ८ र ९ वडाका विपन्न र एकल महिलालाई कुखुराका चल्ला वितरण गरिएको बताइएको छ । 

नगरपालिकाभित्र रहेका एकल महिला र विपन्न परिवारको दैनिक आयआर्जनमा वृद्धि गर्न ब्ल्याक अष्टोलोप र न्युहेम्पसायर जातका कुखुराका चल्ला वितरण गरिएको शाखा प्रमुख शङ्कर सिंहले जानकरी दिनुभयो । उहाँले उन्नत जातका कुखुरा व्यवसायबाट प्रत्येक परिवारको जीवन सहज हुने भएकाले कुखुरा वितरण गरेको बताउनुभयो । 

कुखुरा व्यवसायबाट एकल महिला र विपन्न परिवारले कस्तो प्रगति गर्छन् त्यसकै आधारमा अर्को वर्ष पनि व्यवसाय हेरेर थप कुखुरा वितरण गर्ने शाखा प्रमुख सिंहको भनाइ छ । 

कुखुरा वितरण गरिएपछि नगरपालिकाभित्रका प्रत्येक वडाका दलित परिवार र विपन्न समुदायका एकल महिला बढी लाभान्वित भएका छन् । कुखुरापालन व्यवसायले आफ्नो परिवारको दैनिक आयआर्जनमा सहयोग हुने भएपछि एकल महिला र विपन्न परिवार खुशी भएका छन् । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य