Skip to content
Friday, July 17, 2026 Nepali Online Media

बाजुरामा ४० विपन्न परिवारलाई उन्नत जातका कुखुरा वितरण

By kit 3 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

पुस १९, बाजुरा (रासस) : बाजुराको बडीमालिका नगरपालिकाअन्तर्गतको पशु विकास शाखाले नगरपालिकाका चार वडाका ४० जना विपन्न परिवार र एकल महिलालाई बुधबार उन्नत जातका कुखुराका चल्ला वितरण गरेको छ ।

नगरपालिकाको पशु विकास शाखाले नगरपालिकाभित्रका चार वटा वडाका ४० परिवारलाई प्रतिपरिवार २० का दरले कुखुरा वितरण गरेको हो । शाखाले १, ७, ८ र ९ वडाका विपन्न र एकल महिलालाई कुखुराका चल्ला वितरण गरिएको बताइएको छ ।

नगरपालिकाभित्र रहेका एकल महिला र विपन्न परिवारको दैनिक आयआर्जनमा वृद्धि गर्न ब्ल्याक अष्टोलोप र न्युहेम्पसायर जातका कुखुराका चल्ला वितरण गरिएको शाखा प्रमुख शङ्कर सिंहले जानकरी दिनुभयो । उहाँले उन्नत जातका कुखुरा व्यवसायबाट प्रत्येक परिवारको जीवन सहज हुने भएकाले कुखुरा वितरण गरेको बताउनुभयो ।

कुखुरा व्यवसायबाट एकल महिला र विपन्न परिवारले कस्तो प्रगति गर्छन् त्यसकै आधारमा अर्को वर्ष पनि व्यवसाय हेरेर थप कुखुरा वितरण गर्ने शाखा प्रमुख सिंहको भनाइ छ ।

कुखुरा वितरण गरिएपछि नगरपालिकाभित्रका प्रत्येक वडाका दलित परिवार र विपन्न समुदायका एकल महिला बढी लाभान्वित भएका छन् । कुखुरापालन व्यवसायले आफ्नो परिवारको दैनिक आयआर्जनमा सहयोग हुने भएपछि एकल महिला र विपन्न परिवार खुशी भएका छन् ।