२८ पुष २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

डोटी - DT

सुदूरपश्चिम डोटीमा पुण्य कमाउने नाममा महीनावारी नहुँदै विवाह

१९ पुष २०७५, बिहीबार ०९:१८

 पुस १९, डोटी (रासस) | सुदूरपश्चिम प्रदेशको पहाडी जिल्ला डोटीका ग्रामीण क्षेत्रमा बालविवाहले विकराल रुप लिँदै आएको छ । सानै उमेरमा छोरीको विवाह गरे छोरीको भविष्य बिग्रिन्छ भन्ने जान्दाजान्दै पनि यहाँका स्थानीयवासी बालविवाह रोक्नुको साटो झन् फैलाउन लागिपरेका छन् । 

सानै उमेर अर्थात् महीनावारी नहुँदै छोरीको विवाह (कन्यादान) गरे पुण्य प्राप्त हुन्छ भन्ने अन्धविश्वासका कारण यहाँका स्थानीयवासी सानै उमेरमा छोरीको विवाह गराउने गरेको केआइसिंह गाउँपालिका–५ जमलकटियाका स्थानीयवासी चेतराज भट्टले बताउनुभयो । उहाँले भन्नुभयो, “महीनावारी नहुँदै छोरीको कन्यादान गरे ठूलै पुण्य प्राप्त हुन्छ भन्ने अन्धविश्वासले बालविवाह बढ्दै गयो, रोक्न सकिएको छैन ।” 

यहाँका गामीण क्षेत्रमा हुने बालविवाह रोक्नका लागि विभिन्न सङ्घसंस्थाहरु लागिपरे पनि रोक्न सकिएको छैन । स्थानीयवासीले छोरीको उमेर बढाएर भए पनि बालविवाह गर्न थालेका छन् । कुनै बेला यहाँका गाउँघरमा छोरीका नाममा धन खाने अर्थात् छोरीको विवाह गरे रकम लिने चलन भए पनि अहिले त्यो चलन हटेर पुण्य कमाउने भन्दै बालविवाह गर्ने चलन रहेको वासुदेवीका स्थानीयवासी करण ऐरले बताउनुभयो । उहाँले भन्नुभयो, “धन खाने चलन त हट्यो, बालविवाह गर्ने चलन हटाउन सकिएन ।” पछिल्लो समय जिल्ला प्रहरी कार्यालय डोटीमा बालविवाह र बहुविवाहका मुद्दा दर्ता गराउन आउनेको सङ्ख्या पनि बढिरहेको प्रहरीले जनाएको छ । 

जिल्ला प्रहरी कार्यालय डोटीको तथ्याङ्कअनुसार सानै उमेरमा बालविवाह गरेकाले नै पछि गएर अर्को विवाह गर्ने गरेका कारण बहुविवाहको मुद्दा दर्ता गर्नेको सङ्ख्या बढेको हो । 

डोटीका प्रमुख जिल्ला अधिकारी यादव सुवेदीले मुलुकी संहिता ऐन २०७४ अनुसार बालविवाह गरेकालाई नागरिकता नदिने भन्ने उल्लेख भएकाले जिल्ला प्रशासनमा सानै उमेरमा विवाह गरेकाले नागरिकताका लागि नआउने गरेको बताउनुभयो । उहाँले भन्नुभयो, “२० वर्ष उमेर नपुगी विवाह गरेकालाई नागरिकता नदिने भन्ने कानूनमा प्रस्ट उल्लेख छ, हामीकहाँ उमेर नपुगी विवाह गरेका नागरिकता लिन आउँदैनन् र गाउँपालिकाबाट पनि सिफारिश हुँदैन ।” 

बालविवाहले डोटीमा निकै असर पार्ने गरेको भन्दै बालविवाह गर्दा महिलाले झेल्नुपर्ने समस्या लगायतका विषयमा जानकारी दिँदै बालविवाह न्यूनीकरणको अभियानका लागि भूमिराज मावि सलेना विद्यार्थीहरु पछिल्लो समय सक्रिय हुन थालेको सो विद्यालयका शिक्षक जगतबहादुर बलायरले बताउनुभयो । उहाँका अनुसार विद्यार्थीहरूले सडक नाटक लगायतका जनचेतनामूलक कार्यक्रम गरेर बालविवाह न्यूनीकरणको अभियानमा लागेका छन् ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मुस्ताङमा ४८ घण्टादेखि विद्युत् सेवा अवरुद्ध महामन्त्री थापाद्वारा समसामयिक राजनीतिक प्रस्ताव पेस अमेरिकाले ग्रिनल्यान्डलाई ‘कुनै न कुनै तरिकाले’ लिनेछ : ट्रम्प इरान तनाव चर्किँदै, मृतक सङ्ख्या ५४४ पार्टीलाई विभाजन होइन, एकताबद्ध गरेर लैजान आवश्यक छ : नेता डा कोइराला कांग्रेस विशेष महाधिवेशन कार्यविधि पारित कांग्रेस विशेष महाधिवेशनको बन्दसत्र सुरु जिप दुर्घटना हुँदा तीनको मृत्यु कृत्रिम खुट्टाकै सहारामा सातै महादेशका शिखर आरोहण सुनचाँदीको मूल्य बढ्यो अल्पायुमै अस्ताए प्रशान्त… विशेष महाधिवेशन : आज बिहानैदेखि प्रतिनिधिको नाम दर्ता सुरु निर्वाचनका लागि कर्णालीमा नौ हजार सात सयभन्दा बढी ‘म्यादी’ प्रहरीको माग आयल निगम प्रतिस्पर्धी बन्नुपर्नेमा मन्त्री सिन्हाको जोड निर्वाचनमैत्री वातावरण बनाउनमा अध्यक्ष ओलीको जोड ‘बालेन-रवि सहयात्राले निर्वाचन सुनिश्चित भएको छ’ ग्रिनल्याण्डसँग अमेरिकाले ‘सजिलो’ वा ‘कडा’ तरिका प्रयोग गर्नेछ : राष्ट्रपति ट्रम्प कठिन परिस्थितिमा पनि प्रहरी सुरक्षामा प्रतिबद्ध छः प्रहरी महानिरीक्षक कार्की चार खानी मजदुरको निस्सासिएर मृत्यु एमालेको दोस्रो केन्द्रीय कमिटी बैठक सुरु