2026-09-13 02:53 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

डोटी - DT

सुदूरपश्चिम डोटीमा पुण्य कमाउने नाममा महीनावारी नहुँदै विवाह

 पुस १९, डोटी (रासस) | सुदूरपश्चिम प्रदेशको पहाडी जिल्ला डोटीका ग्रामीण क्षेत्रमा बालविवाहले विकराल रुप लिँदै आएको छ । सानै उमेरमा छोरीको विवाह गरे छोरीको भविष्य बिग्रिन्छ भन्ने जान्दाजान्दै पनि यहाँका स्थानीयवासी बालविवाह रोक्नुको साटो झन् फैलाउन लागिपरेका छन् । 

सानै उमेर अर्थात् महीनावारी नहुँदै छोरीको विवाह (कन्यादान) गरे पुण्य प्राप्त हुन्छ भन्ने अन्धविश्वासका कारण यहाँका स्थानीयवासी सानै उमेरमा छोरीको विवाह गराउने गरेको केआइसिंह गाउँपालिका–५ जमलकटियाका स्थानीयवासी चेतराज भट्टले बताउनुभयो । उहाँले भन्नुभयो, “महीनावारी नहुँदै छोरीको कन्यादान गरे ठूलै पुण्य प्राप्त हुन्छ भन्ने अन्धविश्वासले बालविवाह बढ्दै गयो, रोक्न सकिएको छैन ।” 

यहाँका गामीण क्षेत्रमा हुने बालविवाह रोक्नका लागि विभिन्न सङ्घसंस्थाहरु लागिपरे पनि रोक्न सकिएको छैन । स्थानीयवासीले छोरीको उमेर बढाएर भए पनि बालविवाह गर्न थालेका छन् । कुनै बेला यहाँका गाउँघरमा छोरीका नाममा धन खाने अर्थात् छोरीको विवाह गरे रकम लिने चलन भए पनि अहिले त्यो चलन हटेर पुण्य कमाउने भन्दै बालविवाह गर्ने चलन रहेको वासुदेवीका स्थानीयवासी करण ऐरले बताउनुभयो । उहाँले भन्नुभयो, “धन खाने चलन त हट्यो, बालविवाह गर्ने चलन हटाउन सकिएन ।” पछिल्लो समय जिल्ला प्रहरी कार्यालय डोटीमा बालविवाह र बहुविवाहका मुद्दा दर्ता गराउन आउनेको सङ्ख्या पनि बढिरहेको प्रहरीले जनाएको छ । 

जिल्ला प्रहरी कार्यालय डोटीको तथ्याङ्कअनुसार सानै उमेरमा बालविवाह गरेकाले नै पछि गएर अर्को विवाह गर्ने गरेका कारण बहुविवाहको मुद्दा दर्ता गर्नेको सङ्ख्या बढेको हो । 

डोटीका प्रमुख जिल्ला अधिकारी यादव सुवेदीले मुलुकी संहिता ऐन २०७४ अनुसार बालविवाह गरेकालाई नागरिकता नदिने भन्ने उल्लेख भएकाले जिल्ला प्रशासनमा सानै उमेरमा विवाह गरेकाले नागरिकताका लागि नआउने गरेको बताउनुभयो । उहाँले भन्नुभयो, “२० वर्ष उमेर नपुगी विवाह गरेकालाई नागरिकता नदिने भन्ने कानूनमा प्रस्ट उल्लेख छ, हामीकहाँ उमेर नपुगी विवाह गरेका नागरिकता लिन आउँदैनन् र गाउँपालिकाबाट पनि सिफारिश हुँदैन ।” 

बालविवाहले डोटीमा निकै असर पार्ने गरेको भन्दै बालविवाह गर्दा महिलाले झेल्नुपर्ने समस्या लगायतका विषयमा जानकारी दिँदै बालविवाह न्यूनीकरणको अभियानका लागि भूमिराज मावि सलेना विद्यार्थीहरु पछिल्लो समय सक्रिय हुन थालेको सो विद्यालयका शिक्षक जगतबहादुर बलायरले बताउनुभयो । उहाँका अनुसार विद्यार्थीहरूले सडक नाटक लगायतका जनचेतनामूलक कार्यक्रम गरेर बालविवाह न्यूनीकरणको अभियानमा लागेका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मलेसियाको FWCMS भित्र छिरेका २५० म्यानपावरको पूर्वस्वीकृति रोक्का, छानबिन सुरु ब्रिक्स समूह कसैको विरुद्धमा छैन : मोदी विपद्को पूर्वतयारी र प्रभावकारी व्यवस्थापन नहुँदा ठूलो मानवीय क्षति भयो : कुलमान घिसिङ महाधिवेशनको तयारीका लागि देउवा समूहले खटायो ७७ जिल्लामा प्रतिनिधि संविधान रक्षाका लागि सबै परिवर्तनकारी शक्ति एक हुनैपर्छ: माधव नेपाल भोटेकोशी बाढीले बगाएको गरगहनासहित एक जना पक्राउ नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्दै यूएईलाई हराउँदै नेपाल एसिया कपमा कम्युनिस्ट पार्टीहरू एकीकरण र सुदृढीकरण गर्दै नयाँ कार्यदिशामा अघि बढ्नुपर्छ : झलनाथ खनाल भोटेकोशी बाढीले १२ बैंकका १७ शाखामा क्षति भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार ३८४ पुग्यो, ४ हजार ८९ अझै बेपत्ता युएईमा अलपत्र नेपालीको उद्धार गर्न मन्त्री महावीर पुनको आग्रह तीन दिनभित्र कृष्णभीर सडक खण्डमा यातायात सञ्चालन गर्ने तयारी धादिङको परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १३ अर्ब २३ करोड रुपैयाँ विज्ञ र विदेशी प्राविधिक समयमै परिचालन गरेको भए अझ धेरैको ज्यान बच्थ्यो : प्रचण्ड प्रधानमन्त्री शाहले राष्ट्रसङ्घीय महासभालाई असोज ८ गते सम्बोधन गर्ने अब विदेश भ्रमणको विवरण नागरिक एपबाटै प्राप्त गर्न सकिने चिलिमे टनेलमा उद्धार टोली प्रवेशको तयारी अर्थसचिवले राष्ट्र बैंकमा अनावश्यक हस्तक्षेप गर्ने भन्ने हुँदैन : अर्थमन्त्री वाग्ले